काठमाडौं– दरबारमार्गमा रहेको 'दा मिलानो' स्टोरमा शुद्ध इटालियन छालाका उत्पादनहरु छुटसहित पाइने भएको छ।
इटालियन ब्राण्ड दा मिलानो र रोसो ब्रुनालोका दुई ब्राण्डका उत्पादन उक्त स्टोरमा पाइन्छ। यसअन्तर्गत दुईवटा ब्राण्ड रहेका छन्– दा मिलानो र रोसो ब्रुनालो।
इटालियन काफ लेदर प्रयोग गरेका सामाग्रीहरु स्टोरमा पाउन सकिन्छ। दा मिलानोमा खरिद गरिएका सामाग्रीमध्ये इटालियन काफमा लाइफ टाइम सर्भिस वारेन्टी दिने स्टोरले जनाएको छ।
छालाका ब्याग, पर्स र अन्य सामाग्रीमा लाइफ टाइम सर्भिस हुनेछ। चेन वा खरिद गरिएको कुनै सामाग्रीमा समस्या नआउने र आएको खण्डमा स्टोरले त्यसको लाइफ टाइम सर्भिस दिने छ।
स्टोरले दशैं तिहारको अवसरमा अहिले सबै उत्पादनहरुमा ५० प्रतिशतभन्दा माथि छुट चलिरहेको छ जनाएको छ। दशैंको अवसरमा 'न्यू अराइभल' हरु पनि रहेका छन्।
आफूहरुको स्टोरमा रहेका सामाग्री 'ओरिजिनल लेदर' भएको र लाइफ टाइम चल्ने स्टोर सञ्चालकहरुले जनाएका छन्। व्यागहरु किनेपछि केही समस्या आएको खण्डमा सेवा प्रदान गर्ने स्टोर सञ्चालकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।