काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) संसद्को दुवै सदनबाट विनियोजन विधेयक पारित, एमालेको विरोधकै बीच प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पारित, बजेट होलिडे अन्त्य हुँदै। (बजेटको विनियोजन विधेयक पारित)
२) एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल, ७ उपाध्यक्ष, ३ उपमहासचिव र रामकुमारी झाँक्रीसहित ४ जना सचिव, केन्द्रीय कमिटी ३०१ सदस्यीय, स्थायी कमिटीमा ३५ जना । (एकीकृत समाजवादमा पदाधिकारी चयन)
३) बिहीबारदेखि पर्यटकका लागि अनअराइभल भिसा दिन सुरु, भिसाका लागि अध्यागमन विभागको वेबसाइटबाट अनलाइन फारम भर्नुपर्ने, पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकका लागि सहज हुने । (पर्यटक अनअराइभल भिसा दिन सुरु)
४) अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन चीनको आग्रह, अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति भएकाले अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने उल्लेख । ( अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन चीनको आग्रह)
५) र, पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी चौंथो संस्करणको ईपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगे, शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेट्ने । (काठमाडौं आइपुगे अफ्रिदी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।