• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

मंसिरमा महाधिवेशन हुन्छ भनेर ढुक्क हुने अवस्था छैन: गगन थापा 

64x64
नेपाल लाइभ बिहीबार, असोज ७, २०७८  १७:३७
1140x725

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बुधबारको पार्टी निर्णयले महाधिवेशन मंसिरमा हुनेमा आशंका थपिएको उनले बताए।

कार्यतालिका परिवर्तनका सन्दर्भमा केन्द्रीय समितिको बैठक नै नबसी निर्णय गरिएको प्रति उनले आपत्ति जनाए। बुधबार बसेको नेताहरुको बैठकले वडा अधिवेशन सकिएका जिल्लामा असोज ९ मा गाउँ/नगर अधिवेशन गर्ने निर्णय गरेको थियो। बुधबारको बैठकले १३ जिल्लाको सन्दर्भमा ठोस निर्णय लिन सकेको थिएन। तीन सदस्यीय कार्यदलले नामावली प्रकाशित गरेपछि निर्वाचन समितिलाई आफ्नो तजविजमा नयाँ मिति तोक्ने अधिकार दिइएको छ। 

‘एउटाले सारौं र अर्कोले त्यसलाई हुन्छ–हुन्छ भन्ने अवस्था बन्यो। यसरी त उहाँहरुले मंसिरमा जाडो होला। फागुनमा गरौं भन्नुहोला,’ थापाले हिजोको बैठकप्रति असन्तुष्टि राख्दै संसद भवनअघि पत्रकारसँग भने,‘संविधानले दिएको हदम्याद सकिएपछि सार्दै जान झनै सजिलो भएको छ। जति तन्काइ दिए पनि भयो। कसैले जवाफ नदिए पनि भयो। मंसिरमा महाधिवेशन हुन्छ भनेर कार्यकर्तालाई ढुक्कसाथ भन्न मैले सक्ने अवस्था अब छैन।’ हिजोबाट महाधिवेशन मंसिरमा हुने भन्ने विश्वास तोडिएको पनि थापाले टिप्पणी गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

क्रियाशील सदस्यताको विवाद टुंगाएर नामावली प्रकाशित गर्न नेताहरु कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिइएको थियो। तीन नेताको भूमिकाप्रति थापाले प्रश्न उठाए। केन्द्रीय समिति बैठक बसेर पार्टी नेताहरुलाई कार्यअवधि तोकिएको स्पष्ट पार्दै थापाले भने, ‘केन्द्रीय समितिको बैठकमा आएर यसकारण गर्न सकिएन भन्नु नपर्ने?’ आफूलाई प्राप्त जिम्मेवारी पुरा गर्न नसकेपछि त्यसको जवाफ केन्द्रीय समितिलाई दिनुपर्ने थापाको तर्क छ। 

१३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगाउन तीन नेताले नसक्दा महाधिवेशन अनिश्चित बनाउने कार्यमा उनीहरुको पनि भूमिका देखिएको थापाले आरोप लगाए। ‘यसरी सार्ने कार्यले महाधिवेशनलाई अनिश्चित गराउँछ। सार्न पाइँदैन। सार्न हुँदैन पनि,’ उनले भने। 

१३ जिल्लाको नामावली प्रकाशित नगर्ने र कार्यतालिका सार्दै जाने हो भने अन्योल थपिने उनको भनाइ छ। 

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको दोहोरो जिम्मेवारीले पनि महाधिवेशन प्रभावित हुने कुरालाई थप प्रमाणित भएको उनले बताए।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै मंगलबार, भदौ २३, २०८३
सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ मंगलबार, भदौ २३, २०८३
रसुवाको भोटेकोशी जलविद्युतको केबल टनेलमा एउटा शव फेला मंगलबार, भदौ २३, २०८३
काठमाडौं आइन् नयाँ अमेरिकी राजदूत मेगन, सुरुमा बाढीपछिको प्रतिकार्यमा सघाउने मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो? सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्