काठमाडौं– बलिउड अभिनेता विद्युत जामवालको नयाँ फिल्म ‘सनक’ ओटिटीमाध्यमबाट प्रदर्शन हुने भएको छ।
हालै उनले आफ्नो इन्स्टाग्रामबाट फिल्मको पोष्टर सार्वजनिक गरेका थिए। पोस्टर सार्वजनिक गर्दै उनले फिल्म ‘डिज्नी प्लस हटस्टार’मा प्रदर्शन हुने जानकारी दिएका हुन्।
‘मैले सुनेको छु ‘सनक’ले जे पनि गराउन सक्छ,’ उनले लेखेका छन्, ‘अब मेरो सनकले सबै सिमा पार गर्नेछ। मेरो आगामी एक्सन थ्रिलर फिल्म सनक छिट्टै डिज्नी प्लस हटस्टारमार्फत प्रदर्शन हुनेछ।’
सनकलाई कनिष्क वर्माले निर्देशन गरेका छन्। फिल्ममा विद्युतसँगै बंगाली अभिनेत्री रुक्मिणी मैत्रा, चन्दन राय सान्याल र नेहा धुपिया मुख्य भूमिकामा देखिएका छन्। फिल्मलाई विपुल अमृतलाल शाह र जी स्टुडियोजले संयुक्त रुपमा निर्माण गरेका हुन्।
फिल्म प्रदर्शन हुने माध्यमको घोषणा भएपनि कहिलेबाट रिलिज हुने खुलाइएको छैन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।