• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले छोडेपछि वामदेवको राजनीति: न टेक्ने भूइँ, न समात्ने हाँगो !

64x64
वीरेन्द्र ओली बिहीबार, असोज ७, २०७८  १९:५८
1140x725

काठमाडौं– नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएपछि वामदेव गौतम नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा जोडिएलान् र सक्रियता बढाउलान् भन्ने धेरैको आकलन थियो। तर, भदौ १८ गते राजीनामा दिएपछि उनी गुमनाम हुन थालेका छन्।

एकीकृत समाजवादीले बिहीबार पदाधिकारी टुंगो लागाउँदा पनि गौतम कतै देखिएनन्। पुरानो पार्टी छाडिसकेको र नयाँ पार्टीमा पनि नजोडिएको स्थितिमा आगामी दिनमा वामदेवको भूमिका के रहन्छ? अन्य कुनै सम्भावना छ कि 'न टेक्ने भूइँ, न समात्ने हाँगा'को नियति भोग्दैछन् वामदेव?

यो पनि पढ्नुहोस्

वामदेवको हतारोमा ओलीको 'ब्रेक'आइतबार, फागुन २५, २०७६

अहिले एमाले छाडिसकेकाले त्यहाँ नफर्किने र एकीकृत समाजवादीमा पनि नजाने मनस्थितिमा रहेको उनी निकट एक नेताले बताए। जुन उनको 'न टेक्ने भूइँ, न समात्ने हाँगा'को नियति हो।

एमालेमै हुँदा गौतमको पक्षमा १६ केन्द्रीय सदस्य र ८ भन्दा बढी संघीय सांसद थिए। प्रदेश र स्थानीय तहमा पनि उनी पक्षका उल्लेखनीय जनप्रतिनिधि थिए। उनको पक्षमा मरिमेट्ने समूह थियो। तर, नेकपा विभाजनसँगै उनमा देखिएको अलमलका कारण धेरैले उनको साथ छाडे। कतिपय केपी शर्मा ओलीतिर लागे भने कतिपय माधवकुमार नेपालतिर लागे। उनी भने सेनाविहीन कमाण्डर जस्तै हुन पुगेका छन्।

गौतमलाई अहिले केन्द्रीय सदस्य हरि पराजुलीले मात्रै साथ छ। प्रदेश र जिल्ला तहमा केही समूह बाँकी छन्। गत भदौ २२ गतेसम्म पार्टी पक्षधरता खुलाइसक्नुपर्ने बाध्यताका कारण जनप्रतिनिधिहरु भने कि ओलीतिरै छन्, कि नेपालतिर लागिसकेका छन्। तत्कालीन एमालेमा हक्की र निडर स्वभावका प्रभावशाली नेता गौतम आफ्नै अडानमा अडिन नसक्दा निष्प्रभावी हुँदै गएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री पद : आश र आशंकाको दोभानमा वामदेवबिहीबार, वैशाख १८, २०७७

गत पुसमा नेकपामा समस्या उत्पन्न भएर पार्टी विभाजनको सम्मुख पुग्दै गर्दा गौतम भने एकताको रटानमा थिए। जसमा उनी असफल भए। त्यसपछि उनी नैतिक संकटमा फस्दै आएका थिए। तैपनि सार्वजनिक रुपमा पार्टी विभाजन भएको स्थितिमा माधव नेपाल-झलनाथ खनाललाई साथ दिने बताएका उनले त्यो इमानदारिता पनि कायम राख्न सकेनन्। 

एमाले त्यागेका गौतमले एकीकृत समाजवादी प्रवेश गर्न छलफलसमेत चलाएका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौतमलाई आफ्नो पार्टीमा ल्याउन प्रयास पनि गरेका थिए। नेपालको जोडबलमा एमाले छोड्न तयार भए पनि एकीकृत समाजवादीमा जोडिन भने तयार भएनन्। बरु उनी आफ्नै एकता अभियानलाई अघि सारेर जाने निष्कर्षमा पुगेका हुन्।

एमाले परित्याग गरेलगत्तै गौतम उपाध्यक्ष पदमा आउन तयार भइ बसे पनि अन्तिममा नआउने निष्कर्षमा पुगेको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे बताउँछन्। ‘एकीकृत समाजवादीको उपाध्यक्ष वा अन्य कुनै पदमा आउन तयार हुनुभएपछि छलफल समेत भयो। उहाँ आउन तयार पनि हुनुभयो’, पाण्डेले नेपाल लाइभसँग भने, ‘अन्तिममा पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुन्छ कि हुँदैन? पार्टीका संगठनिक संरचनामा पनि के हुन्छ भन्न थाल्नुभयो? आउने-नआउने केही भन्नुभएको छैन। सायद एकीकृत समाजवादीमा आउनुहुन्न होला।’ 

यो पनि पढ्नुहोस्

फुटका पर्याय बनेका वामदेव एकताको परीक्षामाबिहीबार, माघ १५, २०७७

गौतमले जबजमा हुबहु अडान लिइरहेका, तर एकीकृत समाजवादी जबजलाई हुबहु मानेर अघि बढ्ने सम्भावना अहिले नदेखिएकाले उनी समाजवादीमा आउने सम्भावना लगभग टरेको आकलन गरिएको छ। सो पार्टीले जबजलाई थप विकास गरेर अघि बढ्ने बताउँदै आएको छ।

गौतम तत्कालीन नेकपामा विवाद हुँदा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल गुटमै थिए। ओलीविरुद्धको मोर्चामा गौतम प्रतिवद्ध भएर लागेका पनि थिए। तर, पार्टीमा विभाजन बढ्दै गएपछि उनी एकता अभियान भन्दै सक्रिय हुन थालेका थिए। त्यतिबेला उनले नेकपा विभाजन गर्न नहुने भन्दै एकता गर्नुपर्ने विचार राख्ने गरेका थिए। यसैबीच, फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमाले उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी भए। तर, त्यतिबेला पार्टीमा ओलीको एकछत्र राज चलिरहेको थियो, ठूलो समूह बैठकमा पनि उपस्थित हुन नसक्ने परिस्थिति थियो। त्यसैले गौतम पनि अडिन सकेनन्। गौतमले चाहेजस्तो ओलीले पार्टीलाई जेठ २ मा पनि फर्काउन चाहेनन्। जसले गर्दा एमालेबाट बहिर्गमन उनका लागि 'बाध्यता' बन्यो। 

यो पनि पढ्नुहोस्

एमालेसँग वामदेवको २४ वर्षपछि दोस्रो ‘सम्बन्धविच्छेद’शुक्रबार, भदौ १८, २०७८

 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ बढ्दो भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध सडकमा उत्रिएर जेनजी पुस्ताले गरेक... मंगलबार, भदौ २३, २०८३
कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६–१९ मै, तल्लो तहको निर्वाचन तालिका परिमार्जन कांग्रेस निर्वाचन समितिको आज बसेको बैठकले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी पहिलो चरणको निर्वाचन कार्यक्... मंगलबार, भदौ २३, २०८३
नागरिक मरेर देश बनाउनुपर्ने अवस्था कहिल्यै नआओस : सोम शर्मा जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलनमा सहभागीहरू अझै पनि जेलमा रहेकाले... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै मंगलबार, भदौ २३, २०८३
सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ मंगलबार, भदौ २३, २०८३
रसुवाको भोटेकोशी जलविद्युतको केबल टनेलमा एउटा शव फेला मंगलबार, भदौ २३, २०८३
काठमाडौं आइन् नयाँ अमेरिकी राजदूत मेगन, सुरुमा बाढीपछिको प्रतिकार्यमा सघाउने मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो? सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्