• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले छोडेपछि वामदेवको राजनीति: न टेक्ने भूइँ, न समात्ने हाँगो !

64x64
वीरेन्द्र ओली बिहीबार, असोज ७, २०७८  १९:५८
1140x725

काठमाडौं– नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएपछि वामदेव गौतम नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा जोडिएलान् र सक्रियता बढाउलान् भन्ने धेरैको आकलन थियो। तर, भदौ १८ गते राजीनामा दिएपछि उनी गुमनाम हुन थालेका छन्।

एकीकृत समाजवादीले बिहीबार पदाधिकारी टुंगो लागाउँदा पनि गौतम कतै देखिएनन्। पुरानो पार्टी छाडिसकेको र नयाँ पार्टीमा पनि नजोडिएको स्थितिमा आगामी दिनमा वामदेवको भूमिका के रहन्छ? अन्य कुनै सम्भावना छ कि 'न टेक्ने भूइँ, न समात्ने हाँगा'को नियति भोग्दैछन् वामदेव?

यो पनि पढ्नुहोस्

वामदेवको हतारोमा ओलीको 'ब्रेक'आइतबार, फागुन २५, २०७६

अहिले एमाले छाडिसकेकाले त्यहाँ नफर्किने र एकीकृत समाजवादीमा पनि नजाने मनस्थितिमा रहेको उनी निकट एक नेताले बताए। जुन उनको 'न टेक्ने भूइँ, न समात्ने हाँगा'को नियति हो।

एमालेमै हुँदा गौतमको पक्षमा १६ केन्द्रीय सदस्य र ८ भन्दा बढी संघीय सांसद थिए। प्रदेश र स्थानीय तहमा पनि उनी पक्षका उल्लेखनीय जनप्रतिनिधि थिए। उनको पक्षमा मरिमेट्ने समूह थियो। तर, नेकपा विभाजनसँगै उनमा देखिएको अलमलका कारण धेरैले उनको साथ छाडे। कतिपय केपी शर्मा ओलीतिर लागे भने कतिपय माधवकुमार नेपालतिर लागे। उनी भने सेनाविहीन कमाण्डर जस्तै हुन पुगेका छन्।

गौतमलाई अहिले केन्द्रीय सदस्य हरि पराजुलीले मात्रै साथ छ। प्रदेश र जिल्ला तहमा केही समूह बाँकी छन्। गत भदौ २२ गतेसम्म पार्टी पक्षधरता खुलाइसक्नुपर्ने बाध्यताका कारण जनप्रतिनिधिहरु भने कि ओलीतिरै छन्, कि नेपालतिर लागिसकेका छन्। तत्कालीन एमालेमा हक्की र निडर स्वभावका प्रभावशाली नेता गौतम आफ्नै अडानमा अडिन नसक्दा निष्प्रभावी हुँदै गएका हुन्।

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री पद : आश र आशंकाको दोभानमा वामदेवबिहीबार, वैशाख १८, २०७७

गत पुसमा नेकपामा समस्या उत्पन्न भएर पार्टी विभाजनको सम्मुख पुग्दै गर्दा गौतम भने एकताको रटानमा थिए। जसमा उनी असफल भए। त्यसपछि उनी नैतिक संकटमा फस्दै आएका थिए। तैपनि सार्वजनिक रुपमा पार्टी विभाजन भएको स्थितिमा माधव नेपाल-झलनाथ खनाललाई साथ दिने बताएका उनले त्यो इमानदारिता पनि कायम राख्न सकेनन्। 

एमाले त्यागेका गौतमले एकीकृत समाजवादी प्रवेश गर्न छलफलसमेत चलाएका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौतमलाई आफ्नो पार्टीमा ल्याउन प्रयास पनि गरेका थिए। नेपालको जोडबलमा एमाले छोड्न तयार भए पनि एकीकृत समाजवादीमा जोडिन भने तयार भएनन्। बरु उनी आफ्नै एकता अभियानलाई अघि सारेर जाने निष्कर्षमा पुगेका हुन्।

एमाले परित्याग गरेलगत्तै गौतम उपाध्यक्ष पदमा आउन तयार भइ बसे पनि अन्तिममा नआउने निष्कर्षमा पुगेको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे बताउँछन्। ‘एकीकृत समाजवादीको उपाध्यक्ष वा अन्य कुनै पदमा आउन तयार हुनुभएपछि छलफल समेत भयो। उहाँ आउन तयार पनि हुनुभयो’, पाण्डेले नेपाल लाइभसँग भने, ‘अन्तिममा पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुन्छ कि हुँदैन? पार्टीका संगठनिक संरचनामा पनि के हुन्छ भन्न थाल्नुभयो? आउने-नआउने केही भन्नुभएको छैन। सायद एकीकृत समाजवादीमा आउनुहुन्न होला।’ 

यो पनि पढ्नुहोस्

फुटका पर्याय बनेका वामदेव एकताको परीक्षामाबिहीबार, माघ १५, २०७७

गौतमले जबजमा हुबहु अडान लिइरहेका, तर एकीकृत समाजवादी जबजलाई हुबहु मानेर अघि बढ्ने सम्भावना अहिले नदेखिएकाले उनी समाजवादीमा आउने सम्भावना लगभग टरेको आकलन गरिएको छ। सो पार्टीले जबजलाई थप विकास गरेर अघि बढ्ने बताउँदै आएको छ।

गौतम तत्कालीन नेकपामा विवाद हुँदा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल गुटमै थिए। ओलीविरुद्धको मोर्चामा गौतम प्रतिवद्ध भएर लागेका पनि थिए। तर, पार्टीमा विभाजन बढ्दै गएपछि उनी एकता अभियान भन्दै सक्रिय हुन थालेका थिए। त्यतिबेला उनले नेकपा विभाजन गर्न नहुने भन्दै एकता गर्नुपर्ने विचार राख्ने गरेका थिए। यसैबीच, फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमाले उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी भए। तर, त्यतिबेला पार्टीमा ओलीको एकछत्र राज चलिरहेको थियो, ठूलो समूह बैठकमा पनि उपस्थित हुन नसक्ने परिस्थिति थियो। त्यसैले गौतम पनि अडिन सकेनन्। गौतमले चाहेजस्तो ओलीले पार्टीलाई जेठ २ मा पनि फर्काउन चाहेनन्। जसले गर्दा एमालेबाट बहिर्गमन उनका लागि 'बाध्यता' बन्यो। 

यो पनि पढ्नुहोस्

एमालेसँग वामदेवको २४ वर्षपछि दोस्रो ‘सम्बन्धविच्छेद’शुक्रबार, भदौ १८, २०७८

 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा १२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए । शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्... शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच  मतभेद नभएको बताए । पार्टी एक ढिक्का... शुक्रबार, माघ १६, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्