• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेसँग वामदेवको २४ वर्षपछि दोस्रो ‘सम्बन्धविच्छेद’

64x64
वीरेन्द्र ओली शुक्रबार, भदौ १८, २०७८  २३:०६
1140x725

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार एमालेका सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्। बेलुकी एमाले मुख्यालय थापाथली पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र बुझाएका गौतमले एमालेसँग औपचारिक रुपमा सम्बन्ध टुंग्याएका हुन्।

वामदेवले एमाले छाडेको यो दोस्रोपटक हो। २४ वर्ष पहिले उनकै नेतृत्वमा एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो। तर, त्यसको तीन वर्षपछि उनी एमालेमै फर्किएका थिए। पहिलो पटक एमाले छाड्ने क्रममा वामदेवले पार्टी नेतृत्वमाथि महाकाली सन्धिमा राष्ट्रघात गरेको आरोप लगाएका थिए। त्यो सन्धि अनुमोदनका क्रममा सुरु भएको विवाद अन्ततः नेपालगञ्ज (छैठौं) महाधिवेशनमा पुगेर विभाजनमा टुंगिएको थियो। 

त्यसबेला एमालेको कार्यकारी नेतृत्वमा माधवकुमार नेपाल थिए। अध्यक्ष मनमोहन अधिकारी भए पनि त्यतिञ्जेल एमालेमा अध्यक्ष पद कार्यकारी थिएन। यस पटक एमाले नेतृत्वमा केपी शर्मा ओली छन्। संयोग कस्तो भने त्यसबेला नेतृत्वमा नभए पनि ओली नै वामदेवलाई पार्टी विभाजनसम्म पुर्याउने कारक मानिन्थे। महाकाली सन्धिमा लिएको अडान मुलतः उनकै थियो। एमालेमा यसबारे तीब्र विवाद उत्पन्न भएपछि ओलीकै संयोजकत्वमा अध्ययन समिति बनाइएको थियो। र, वामदेवप्रति धेरै आक्रामक ओली नै थिए। 

अहिले ओलीप्रति वामदेव त्यस्तै आक्रामक देखिएका छन्। शुक्रबार ओलीलाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा उनले ओलीकै चर्को आलोचना गरेका छन्। ओलीले सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दा पनि पटक पटक प्रतिनिधि सभा विघटन गराउन भूमिका खेलेको र एमालेलाई छिन्नभिन्न पार्न बनाउन सक्रिय भएर लागेको उनको आरोप छ। राजीनामा पत्रमा उनले आफूसमेत संलग्न भएर निर्माण गरेको पार्टी (एमाले)मा ओलीकै गलत विचार, प्रवृत्ति र कार्यशैलीका कारण रहिरहन नसक्ने अवस्था आएको उल्लेख गरेका छन्। 

२०५४ सालमा एमाले छाडेर माले गठन गर्दा वामदेवले माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओलीलगायत प्रमुख सबै नेतासँग सम्बन्ध तोडेका थिए। यसपालि ओलीलाई छाडेका उनले शुक्रबार नै भावी राजनीतिको घोषणा त गरेका छैनन्, तर एमालेबाट विभाजन भएर नेपाल र खनाललगायतले गठन गरेको नेकपा (एकीकृत समाजवादी) नै उनको गन्तव्य हुने देखिन्छ।

एमालेमा अन्तरसंघर्ष चुलिएका बेला नेपाल र खनालले नयाँ पार्टी खोले आफू त्यसमै सहभागी हुने उनले सार्वजनिक रुपमै बताएका थिए। एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाउने दिन पनि उनले आफू एमालेबाट राजीनामा गरेर एकीकृत समाजवादीमा आउने सन्देश पठाएका थिए। त्यहीअनुसार उनको राजीनामा आएको छ।

२०५४ सालमा माले गठन गर्दा वामदेवलाई सिपी मैनाली, राधाकृष्ण मैनाली, सहाना प्रधान लगायत नेताहरुले साथ दिएका थिए। त्यसको तीन वर्षपछि उनी एमालेमा फर्कंदा ओलीले नै पार्टीमा फरक मत राखेका थिए। संयोग, वामदेवले ओलीसँगै सम्बन्ध विच्छेद गरेका छन् र अब उनले नेपाल र खनाललाई साथ दिनेछन्। 

एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको ९ दिनपछि मात्र वामदेवले एमाले छाड्नुको भने कारण छ। पछिल्ला केही दिनयता उनले आफ्नो सचिवालयमार्फत् एकीकृत समाजवादीले पार्टीको सिद्धान्तका रुपमा जनताको बहुदलीय जनवाद (जबज) नअंगाल्ने भएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए। त्यसपछि, उनले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेरै छलफल गरेपछि शुक्रबारको घटनाक्रम विकास भएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

एकीकृत समाजवादीका एक नेताले वामदेवले पार्टीमा नेपाल र खनालपछि तेस्रो वरियतामा रहेर सहअध्यक्ष वा उपाध्यक्षमध्ये एक पद सम्हाल्ने बताए। ‘पार्टी दर्ता हुनेबेला नै वामदेव कमरेडले समर्थन जनाउनु भएको थियो। एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि तेस्रो वरियतामा हुनेगरी उपाध्यक्ष वा सहअध्यक्ष हुनुहुन्छ होला’, ती नेताले भने, ‘पार्टीमा शीर्ष बरियतासँगै उहाँकै नेतृत्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने अवस्था पनि आउनसक्छ। तर, यसमा छलफल मात्र भइरहेको छ।’

गुट छिन्नभिन्न भएपछि एकीकृत समाजवादीतिर
वामदेवले आधिकारिक रुपमा एकीकृत समाजवादीमा जाने घोषणा भने गरिसकेका छैनन्। तर, उनी अब त्योबाहेक अर्को पार्टीमा जाने अवस्था देखिँदैन। किनभने उनको निकट भनिएका अधिकांश नेता र कार्यकर्ता एकीकृत समाजवादीमा लागिसकेका छन्। उनको पक्षमा अहिले केन्द्रीय सदस्य हरिप्रसाद पराजुलीबाहेक कोही बाँकी छैनन्। स्थानीय स्तरमा केही जनप्रतिनिधि बाहेक अरु सबै खुलिसकेका छन्। 

वामदेवसँग तत्कालीन नेकपामा १६ भन्दा धेरै केन्द्रीय सदस्य थिए। नेकपा विवादमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालपक्षलाई साथ दिएपनि विभाजन हुने स्थिति आएपछि एकता अभियान भन्दै उनी पन्छिएका थिए। उनी प्रचण्ड–नेपाल र ओली दुबै खेमामा नलागेर एकता अभियान भन्दै सक्रिय बनेका थिए। 

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई ब्युँताइदिएपछि उनको एमाले उपाध्यक्षको पद पनि ब्युँतिएको थियो। त्यसवेला एमाले ओली र नेपाल दुई खेमामा विभाजित हुँदा वामदेव यसअघिकै एकता राष्ट्रिय अभियानलाई सक्रिय बनाउन केन्द्रित भए। त्यहीकारण उनीनिकट केन्द्रीय सदस्य लाखापाखा लागे।

Xtrem

Xtrem

तीन पटक उपप्रधानसहित गृहमन्त्री 
२००६ असारमा प्यूठानमा जन्मिएका वामदेव तीन पटक उपप्रधानसहित गृहमन्त्री भएका छन्। उनी तीन पटक मन्त्रिपरिषद्मा सामेल हुँदा सधैं उपप्रधानसहित गृहमन्त्री मात्रै भए। लोकेन्द्रबहादुर चन्द (२०५३), प्रचण्ड (२०६५) र सुशील कोइराला (२०७०) नेतृत्वको सरकारमा उपप्रधानसहित उनले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले। 

संसद्÷संविधानसभाका लागि भएका ६ निर्वाचनमध्ये गौतम तीन निर्वाचनमा  पराजित भए भने तीन पटक निर्वाचित भए। २०४८ र २०५१ सालको निर्वाचनमा बर्दियाबाट निर्वाचित उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्यूठान दुवै ठाउँबाट निर्वाचित भएका थिए। तर, २०५६, २०६४ र २०७४ का निर्वाचनमा उनी बर्दियाबाटै पराजित भए। पछिल्लो पटक उनी मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने कोटामा राष्ट्रिय सभा सदस्य छन्।  

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा.लि.ले सञ्चालन गरेको सीपमूलक तालिम केन्द्रको उद्घाटन गर्दै उनले बजारको मागअनुसार सीपयुक्त जन... आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार २ सय ३१ मत गनेर सकिएको छ । आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आज भिडिओ सन्देश जारी गर्दै भोटेकोशीको प्रलयकारी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको अवस्थामा मितव्ययी ढङ्गले चाडपर्व मनाउनु उ... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्