• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फुटका पर्याय बनेका वामदेव एकताको परीक्षामा

64x64
वीरेन्द्र ओली बिहीबार, माघ १५, २०७७  ०७:०४
1140x725

काठमाडौं- ‘मैले पार्टी फुटाउँदा रामचन्द्र पौडेल सभामुख हुनुहुन्थ्यो। उहाँले विभिन्न समयमा तीन पटक मलाई गोप्य कोठामा लग्नुभयो। तपाईंले पार्टी फुटाउने संख्या पुगिसकेको छ, एमाले फुट्दा कांग्रेसलाई यो भन्दा मजा केही हुँदैन। हामी सफल भएर थप अगाडि बढ्छौं। तर, अबको केही समयपछि तपाईं यो पार्टीको मुख्य नेता बन्ने अवस्था छ। प्रधानमन्त्री, पार्टी अध्यक्ष वा महासचिव पनि बन्न सक्नुहुन्छ। अनि तपाईं किन यति उक्सिएर पार्टी फुटाउन लागि पर्नु भा छ? मैले कांग्रेस भएको नाताले भन्दा पनि जेलमा संगै दुःख काटेको नाताले भन्दैछु, पार्टी नफुटाउनुस्।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बुधबार ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा सभामा बोल्दै गर्दा २३ वर्षअघिको आफ्नै घटना सम्झिए।

२०५४ साल फागुन २१ गते तत्कालीन एमाले विभाजन गरेर माले गठन गर्नुअघि आफूलाई त्यसबेला प्रतिनिधि सभाका सभामुख रहेका रामचन्द्र पौडेलले तीन पटकसम्म बोलाएर सुझाव दिएको स्मरण गरे। गौतमले बुधबार पौडेलमात्रै नभएर त्यतिबेला कांग्रेस नेता शेरबहादुर देउवाले समेत फोन गरेर ‘तपाईंको बुद्धि कहाँ गयो?’ भन्दै पार्टी नफुटाउन आग्रह गरेको पनि सम्झिए। त्यसबेला देउवाले आफूलाई एमालेमै केही समयपछि मुख्य नेतृत्व तहमा आउने सम्भावना भएको भन्दै पार्टी नफुटाउन बारम्बार आग्रह गरेको उल्लेख गरे। 

एमाले फोडेर माले गठन गर्नु गौतमका लागि कुनै दृष्टिले राम्रो भएन। कालान्तरमा उनी पूरानै पार्टीमा फर्किए। अहिले फेरि नेकपा विभाजन हुँदा त्यही नियति व्यहोर्नुपर्ने हो कि भन्ने त्रासले उनलाई घच्घच्याएको छ। उनी नेकपा फुट्न नदिने र जुटाउने अभियानमा आफूलाई केन्द्रित गर्न खोजिरहेका छन्। त्यसक्रममा २३ वर्षअघिको घटनालाई सम्झाउँदै उनले नेता र कार्यकर्तालाई एकतामा जोडिन बुधबार सार्वजनिक कार्यक्रममै आह्वान गरे।

नेकपा विभाजन हुँदा देशभरका नेता र कार्यकर्ता मात्रै नभई चीन, भियतनाम, क्युबालगायत देशका कम्युनिस्ट पार्टी समेत रोइरहेको उनले उल्लेख गरेका थिए। 

बुधबार गौतमले आफू सात वर्षको उमेरदेखि कम्युनिस्ट पार्टीमा संगठित भएको उल्लेख गर्दै अब बाँचुञ्जेल कम्युनिस्ट एकताकै पक्षमा उभिने प्रण पनि गरे। ‘७ वर्षको हुँदादेखि कम्युनिस्ट पार्टीमा लागें। अहिले ७३ वर्षको भएँ, बाचुञ्जेल एकताकै पक्षमा उभिन्छु’, गौतमले भने। पार्टी विभाजन हुनुमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बराबर दोषी रहेको उल्लेख गर्दै उनले भने, ‘तुलोमा राखेर जोख्यो भने पनि दुवै उत्तिकै दोषी देखिन्छन्।’

कसरी सफल होलान् वामदेव?
२०५४ मा तत्कालीन एमालेको नेपालगञ्जमा सम्पन्न छैठौं महाधिवेशनअघि महाकाली सन्धिलाई लिएर एमालेमा लामै समय विवाद देखापरेको थियो।

त्यसैलाई मुख्य मुद्दा बनाएर गौतमको नेतृत्वमा फागुन २१ गते एमाले फुटेर माले गठन भएको थियो। कुनैबेला जेलमा सँगै बसेका तत्कालीन सभामुख रामचन्द्र पौडेलले त्यसबेला पार्टी नफुटाउन बारम्बार आग्रह गरेको बुधबार स्मरण गरेका गौतमले त्यो सुझाव नमान्दा आफूले नमिठो नियति भोगेको उनको स्वीकारोक्ति थियो। ‘त्यतिबेला आफ्नै पार्टीका नेताहरु फुटाउन उक्सिए पनि विपक्षी दलले राम्रै सुझाव दिएको थियो। सुझाव नमान्दा २०५६ सालको निर्वाचनमा देशभरबाट माले शून्य भयो’, गौतमले भने।  

यो अवस्थाले विलखबन्दमा परेका गौतम पार्टी फुटेको चार वर्षपछि, २०५८ फागुन ४ गते एमालेमै फर्केका थिए। एमाले फुटाएर लघुताभास महशुस गरेका गौतम नेकपा विभाजनमा भने चिन्तित भएरै एकता अभियाजनमा जोडिएको बताइरहेका छन्। उनलाई यसअघि १५ केन्द्रीय सदस्यको साथ थियो।

Ncell 2
Ncell 2

यसबीचमा गौतम एकताकै पक्षमा वकालत गर्न थालेपछि केन्द्रीय सदस्य हरिप्रसाद पराजुलीमात्रै उनीसँग बाँकी छन्। यसबाहेक प्रदेश कमिटी सदस्य विरोध खड्का, किर्तीपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का र पूर्वसांसद तुलसा थापा अहिले उनीसँग छन्। उनको पक्षमा रहेका अरु नेताहरु प्रतिनिधि सभा विघटनसँगै नेकपा दुई चिरा परेपछि ओली र प्रचण्ड–माधव पक्षमा लागिसकेका छन्। 

बुधबारको कार्यक्रममा गौतमका शुभेच्छुक, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हिराबहादुर महर्जन, बीमा समितिका पूर्वअध्यक्ष फत्तेबहादुर केसीलगायतले अभियानमा समर्थन जनाए। गौतमको पार्टी एकता राष्ट्रिय अभियानमा ओली र प्रचण्डतिर जोडिएका कार्यकर्तासमेत उपस्थित थिए। गौतम पक्षले एकता अभियानमा देशैभरबाट ५ सय जनाभन्दा धेरै उपस्थित भई साथ दिएको दाबी गरेपनि धेरैजसो ओली र प्रचण्ड–माधव  पक्षका कार्यकर्ताले उपस्थिति जनाएका थिए।   

सर्वोच्च अदालतको निर्णय पर्खने मुडमा रहेका गौतमलाई पराजुलीले लामो समय नपर्खिने धम्की दिएपछि पार्टी एकता राष्ट्रिय अभियान बुधबार हतारतार घोषणा गरिएको बताइएको छ। ‘मैले सर्वोच्चको निर्णय पर्खिएर एकता अभियान चलाउन खोज्या थिएँ। हरि पराजुलीले एक मिनेट पनि लेट गर्नहुन्न, लेट गर्ने हो भने म कता जान्छु कता। तपाईंलाई छाडिदिन सक्छु भन्न थाल्नुभयो’, कार्यक्रमको हतारबारे गौतमले भने, ‘लौ, त्यसो भए सुरु गरौं भनेर आज घोषणा गरिहालियो।’ 

नेकपाका नेताहरु सुन्न र हेर्न समेत नसकिनेगरी आरोप र प्रत्यारोपमा उत्रिएको भन्दै गौतमले त्यसो नगर्न सबैमा आग्रह गरे। केपी शर्मा ओली र प्रचण्ड विपरीत दिशातिर फर्किए पनि एउटै दिशातिर फर्काएर संवाद गराउने दाबी पनि उनले गरे। ‘अहिलेसम्म ओली प्रचण्ड मुखामुख गरेका छैनन्। ओलीलाई प्रचण्डतिर फर्काउँछु, प्रचण्डलाई ओलीतिर फर्काउँछु। त्यो मेरो तागत छ, त्यो तागत मलाई नेपाली जनताले दिएका छन्’, गौतमले भने।

तर, उनको अभियान अगाडि बढ्न सजिलो छैन। कतिपय नेताहरु दुवै पक्ष निकै अघि बढिसकेको र उनीहरु एउटै पार्टीमा बसेर काम गर्न सम्भव नभएको बताउँछन्। यद्यपि गौतमले घोषणा गरेको अभियानलाई धेरैले महत्वका साथ हेरेका छन्। कतिपयले भने यो गौतमको लाभको पद छोप्ने भर्‍याङमात्र भएको टिप्पणी पनि गरिरहेका छन्। 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा १२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए । शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्... शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच  मतभेद नभएको बताए । पार्टी एक ढिक्का... शुक्रबार, माघ १६, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्