• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फुटका पर्याय बनेका वामदेव एकताको परीक्षामा

64x64
वीरेन्द्र ओली बिहीबार, माघ १५, २०७७  ०७:०४
1140x725

काठमाडौं- ‘मैले पार्टी फुटाउँदा रामचन्द्र पौडेल सभामुख हुनुहुन्थ्यो। उहाँले विभिन्न समयमा तीन पटक मलाई गोप्य कोठामा लग्नुभयो। तपाईंले पार्टी फुटाउने संख्या पुगिसकेको छ, एमाले फुट्दा कांग्रेसलाई यो भन्दा मजा केही हुँदैन। हामी सफल भएर थप अगाडि बढ्छौं। तर, अबको केही समयपछि तपाईं यो पार्टीको मुख्य नेता बन्ने अवस्था छ। प्रधानमन्त्री, पार्टी अध्यक्ष वा महासचिव पनि बन्न सक्नुहुन्छ। अनि तपाईं किन यति उक्सिएर पार्टी फुटाउन लागि पर्नु भा छ? मैले कांग्रेस भएको नाताले भन्दा पनि जेलमा संगै दुःख काटेको नाताले भन्दैछु, पार्टी नफुटाउनुस्।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बुधबार ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा सभामा बोल्दै गर्दा २३ वर्षअघिको आफ्नै घटना सम्झिए।

२०५४ साल फागुन २१ गते तत्कालीन एमाले विभाजन गरेर माले गठन गर्नुअघि आफूलाई त्यसबेला प्रतिनिधि सभाका सभामुख रहेका रामचन्द्र पौडेलले तीन पटकसम्म बोलाएर सुझाव दिएको स्मरण गरे। गौतमले बुधबार पौडेलमात्रै नभएर त्यतिबेला कांग्रेस नेता शेरबहादुर देउवाले समेत फोन गरेर ‘तपाईंको बुद्धि कहाँ गयो?’ भन्दै पार्टी नफुटाउन आग्रह गरेको पनि सम्झिए। त्यसबेला देउवाले आफूलाई एमालेमै केही समयपछि मुख्य नेतृत्व तहमा आउने सम्भावना भएको भन्दै पार्टी नफुटाउन बारम्बार आग्रह गरेको उल्लेख गरे। 

एमाले फोडेर माले गठन गर्नु गौतमका लागि कुनै दृष्टिले राम्रो भएन। कालान्तरमा उनी पूरानै पार्टीमा फर्किए। अहिले फेरि नेकपा विभाजन हुँदा त्यही नियति व्यहोर्नुपर्ने हो कि भन्ने त्रासले उनलाई घच्घच्याएको छ। उनी नेकपा फुट्न नदिने र जुटाउने अभियानमा आफूलाई केन्द्रित गर्न खोजिरहेका छन्। त्यसक्रममा २३ वर्षअघिको घटनालाई सम्झाउँदै उनले नेता र कार्यकर्तालाई एकतामा जोडिन बुधबार सार्वजनिक कार्यक्रममै आह्वान गरे।

नेकपा विभाजन हुँदा देशभरका नेता र कार्यकर्ता मात्रै नभई चीन, भियतनाम, क्युबालगायत देशका कम्युनिस्ट पार्टी समेत रोइरहेको उनले उल्लेख गरेका थिए। 

बुधबार गौतमले आफू सात वर्षको उमेरदेखि कम्युनिस्ट पार्टीमा संगठित भएको उल्लेख गर्दै अब बाँचुञ्जेल कम्युनिस्ट एकताकै पक्षमा उभिने प्रण पनि गरे। ‘७ वर्षको हुँदादेखि कम्युनिस्ट पार्टीमा लागें। अहिले ७३ वर्षको भएँ, बाचुञ्जेल एकताकै पक्षमा उभिन्छु’, गौतमले भने। पार्टी विभाजन हुनुमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बराबर दोषी रहेको उल्लेख गर्दै उनले भने, ‘तुलोमा राखेर जोख्यो भने पनि दुवै उत्तिकै दोषी देखिन्छन्।’

कसरी सफल होलान् वामदेव?
२०५४ मा तत्कालीन एमालेको नेपालगञ्जमा सम्पन्न छैठौं महाधिवेशनअघि महाकाली सन्धिलाई लिएर एमालेमा लामै समय विवाद देखापरेको थियो।

त्यसैलाई मुख्य मुद्दा बनाएर गौतमको नेतृत्वमा फागुन २१ गते एमाले फुटेर माले गठन भएको थियो। कुनैबेला जेलमा सँगै बसेका तत्कालीन सभामुख रामचन्द्र पौडेलले त्यसबेला पार्टी नफुटाउन बारम्बार आग्रह गरेको बुधबार स्मरण गरेका गौतमले त्यो सुझाव नमान्दा आफूले नमिठो नियति भोगेको उनको स्वीकारोक्ति थियो। ‘त्यतिबेला आफ्नै पार्टीका नेताहरु फुटाउन उक्सिए पनि विपक्षी दलले राम्रै सुझाव दिएको थियो। सुझाव नमान्दा २०५६ सालको निर्वाचनमा देशभरबाट माले शून्य भयो’, गौतमले भने।  

यो अवस्थाले विलखबन्दमा परेका गौतम पार्टी फुटेको चार वर्षपछि, २०५८ फागुन ४ गते एमालेमै फर्केका थिए। एमाले फुटाएर लघुताभास महशुस गरेका गौतम नेकपा विभाजनमा भने चिन्तित भएरै एकता अभियाजनमा जोडिएको बताइरहेका छन्। उनलाई यसअघि १५ केन्द्रीय सदस्यको साथ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसबीचमा गौतम एकताकै पक्षमा वकालत गर्न थालेपछि केन्द्रीय सदस्य हरिप्रसाद पराजुलीमात्रै उनीसँग बाँकी छन्। यसबाहेक प्रदेश कमिटी सदस्य विरोध खड्का, किर्तीपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का र पूर्वसांसद तुलसा थापा अहिले उनीसँग छन्। उनको पक्षमा रहेका अरु नेताहरु प्रतिनिधि सभा विघटनसँगै नेकपा दुई चिरा परेपछि ओली र प्रचण्ड–माधव पक्षमा लागिसकेका छन्। 

बुधबारको कार्यक्रममा गौतमका शुभेच्छुक, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हिराबहादुर महर्जन, बीमा समितिका पूर्वअध्यक्ष फत्तेबहादुर केसीलगायतले अभियानमा समर्थन जनाए। गौतमको पार्टी एकता राष्ट्रिय अभियानमा ओली र प्रचण्डतिर जोडिएका कार्यकर्तासमेत उपस्थित थिए। गौतम पक्षले एकता अभियानमा देशैभरबाट ५ सय जनाभन्दा धेरै उपस्थित भई साथ दिएको दाबी गरेपनि धेरैजसो ओली र प्रचण्ड–माधव  पक्षका कार्यकर्ताले उपस्थिति जनाएका थिए।   

सर्वोच्च अदालतको निर्णय पर्खने मुडमा रहेका गौतमलाई पराजुलीले लामो समय नपर्खिने धम्की दिएपछि पार्टी एकता राष्ट्रिय अभियान बुधबार हतारतार घोषणा गरिएको बताइएको छ। ‘मैले सर्वोच्चको निर्णय पर्खिएर एकता अभियान चलाउन खोज्या थिएँ। हरि पराजुलीले एक मिनेट पनि लेट गर्नहुन्न, लेट गर्ने हो भने म कता जान्छु कता। तपाईंलाई छाडिदिन सक्छु भन्न थाल्नुभयो’, कार्यक्रमको हतारबारे गौतमले भने, ‘लौ, त्यसो भए सुरु गरौं भनेर आज घोषणा गरिहालियो।’ 

नेकपाका नेताहरु सुन्न र हेर्न समेत नसकिनेगरी आरोप र प्रत्यारोपमा उत्रिएको भन्दै गौतमले त्यसो नगर्न सबैमा आग्रह गरे। केपी शर्मा ओली र प्रचण्ड विपरीत दिशातिर फर्किए पनि एउटै दिशातिर फर्काएर संवाद गराउने दाबी पनि उनले गरे। ‘अहिलेसम्म ओली प्रचण्ड मुखामुख गरेका छैनन्। ओलीलाई प्रचण्डतिर फर्काउँछु, प्रचण्डलाई ओलीतिर फर्काउँछु। त्यो मेरो तागत छ, त्यो तागत मलाई नेपाली जनताले दिएका छन्’, गौतमले भने।

Xtrem

Xtrem

तर, उनको अभियान अगाडि बढ्न सजिलो छैन। कतिपय नेताहरु दुवै पक्ष निकै अघि बढिसकेको र उनीहरु एउटै पार्टीमा बसेर काम गर्न सम्भव नभएको बताउँछन्। यद्यपि गौतमले घोषणा गरेको अभियानलाई धेरैले महत्वका साथ हेरेका छन्। कतिपयले भने यो गौतमको लाभको पद छोप्ने भर्‍याङमात्र भएको टिप्पणी पनि गरिरहेका छन्। 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा.लि.ले सञ्चालन गरेको सीपमूलक तालिम केन्द्रको उद्घाटन गर्दै उनले बजारको मागअनुसार सीपयुक्त जन... आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार २ सय ३१ मत गनेर सकिएको छ । आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आज भिडिओ सन्देश जारी गर्दै भोटेकोशीको प्रलयकारी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको अवस्थामा मितव्ययी ढङ्गले चाडपर्व मनाउनु उ... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्