• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वामदेवको हतारोमा ओलीको 'ब्रेक'

64x64
वीरेन्द्र ओली आइतबार, फागुन २५, २०७६  १४:५१
1140x725

काठमाडौं- नेकपा सचिवालय सदस्य एवम् संगठन विभाग प्रमुख वामदेव गौतम हक्की र महत्त्वाकांक्षी नेताका रूपमा चिनिन्छन्। पार्टीमा सधैं निर्णायक भूमिका खेल्ने गौतममा ०७४ सालमा सम्पन्न चुनावमा बर्दियाबाट हारेपछि अस्वभाविक छटपटाहट देखिन थालेको हो। उनको छटपटाहट र हतारलाई कतिपय नेताले स्वाभाविक लिएका छन् भने कतिपयले अपरिपक्क नेताका रुपमा चित्रण गर्न थालेका छन्।

गौतमको छटपटाहट र हतारोलाई राजनीतिक विश्लेषक झलक सुवेदी स्वभावजन्य कदमसँगै प्रधानमन्त्री बन्ने तीव्र अभिलाषाका रुपमा टिप्पणी गर्छन्।

‘नेकपाले बहुमत ल्याउँदा पनि आफू संसद् बाहिर बस्दा गौतमलाईं निको लागेको छैन। आफूसँगै राजनीति गरेका माधव नेपाल, झलनाथ खनाल, केपी ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' सबै प्रधानमन्त्री भए। म किन नहुने भन्ने छ,' सुवेदीले भने, ‘यदि म संसदमा गएँ भने राजनीतिक अंकगणित तलमाथि भए एक दिनलाई भए पनि प्रधानमन्त्री भई पो हाल्छु कि भन्ने लोभ छ। उनीलाई प्रधानमन्त्री भएर फोटा झुन्ड्याउने रहर बाहेक दोस्रो इच्छा छैन।’

अहिले गौतमको संसद् प्रवेश आवश्यकता र इच्छा दुवै नभएको विश्लेषक सुवेदीको तर्क छ। पछिल्लो समय राष्ट्रियसभामा जाने इच्छा पनि प्रचण्ड र नेपालको नभई उनकै करकाप र बलजफ्तीमा भएकाले लैजान बाध्य भएको सुवेदीको बुझाइ छ।

नेकपा केन्द्रीय सदस्य मेटमणि चौधरीले वामदेवले प्रधानमन्त्री बन्न मात्रै बन्न हतार गरेको भन्ने गरिए पनि स्वभावजन्य फ्याक्टरले यस्तो देखिएको बताए। ‘वामदेव कमरेड जातीय रुपमा बाहुन हुनुहुन्छ, स्वभावमा पूरै जनजातिजस्तो। आफूले सोचेको र बनाएको योजना लुकाउन जान्नुहुन्न, सबै बाहिर भनिहाल्नुहुन्छ’, चौधरीले भने, ‘प्यूठानबाट बसाइसराइ गरी बर्दिया आएपछि अधिकांश थारु समुदायसँग उठबसको रिफ्लेक्सन भएको हुन सक्छ।’

संसद् प्रवेश अनिश्चित 
राष्ट्रपति विद्या भण्डारीले संवैधानिक व्यवस्था अनुरुप अर्थमन्त्री डा युवराज खतिवडालाई ६ महिनाका लागि २१ फागुनमा नियुक्त गरेपछि गौतमको राष्ट्रियसभा प्रवेश अनिश्चित भएको छ। राष्ट्रपतिले गौतम र खतिवडामध्ये कसलाई मनोनित गर्नेछिन् भन्ने विषय धेरैले नजिकबाट नियालेका थिए। तर, अचानक आफ्नो कोटाबाट मनोनित हुने एक जना नियुक्त नै नगरी खतिवडालाई ६ महिनाका लागि अर्थमन्त्रीमा सपथ खुवाएकी छन्।

राष्ट्रपतिबाट मनोनित गर्ने एक जनाको विषयलाई प्रधानमन्त्री ओलीले जानिबुझी पर धकलेका छन्।

प्रधानमन्त्री ओली मृगौला ट्रान्सप्लान्टका लागि अस्पताल भर्ना भएकाले नयाँ सदस्य मनोनित गर्ने प्रक्रिया धेरै समय लम्बिन सक्ने वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘प्रधानमन्त्रीज्यूको भर्खर मात्रै मृगौला ट्रान्सप्लान्ट भएको छ। केही दिन 'बेड रेस्ट' गर्नु हुन्छ होला। गौतमलाई राष्ट्रियसभामा लग्ने विषय अझै केही समय लाग्न सक्छ,' खनालले भने, 'तर, गौतमलाई राष्ट्रियसभामा लैजाने विषयबाट ब्याक हुन सकिँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

गौतमलाई संसद्‍मा लैजान प्रचण्ड-नेपाल समूहको मात्रै जोडबलले नपुग्नुका साथै प्रधानमन्त्रीको मुडमा पनि भर पर्ने देखिन्छ। पछिल्लो समय प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीलाई थेग्नै नसक्ने गरी दबाब दिए मात्रै गौतमको संसद् प्रवेश सहज हुन सक्छ।

यदि प्रधानमन्त्रीले अडान नछोडे एक जनालाई राष्ट्रियसभाबाट फिर्ता बोलाई खतिवडा र गौतम दुवैलाई सांसद बनाएर सबैको जित हुने गरी मध्यमार्गी बाटो खोजिने विश्लेषण गर्न थालिएको छ।

संयोगहरू नमिले गौतमको यो प्रयास पनि असफल हुन सक्छ। जुन कुनै अनौठो घटना भने हुने छैन।

नेकपाभित्र वामदेवको शक्ति कति?
नेकपा संगठन विभाग प्रमुख वामदेव गौतम पार्टीमा पाँचौ वरीयताभित्र पर्ने शीर्ष नेता हुन्। ९ सदस्यीय सचिवालयमा गौतमका पक्षमा उनी आफू मात्रै हुन्, स्थायी कमिटीमा पनि देखाउनलाई दोस्रो व्यक्ति छैन। पार्टीमा कमजोर भएपछि गौतमलाई साथ दिँदै आएका नेताले समेत गुट बदल्न थालेका छन्। केन्द्रीय कमिटीमा पनि उनको पक्षमा मुस्किलले १४ जना जति पुग्छन्। तर, ती केन्द्रीय सदस्यले समेत खुलेर गौतमको पक्षमा वकालत गर्दैनन्।

Xtrem

Xtrem

गौतमको पक्षमा बलराम बास्कोटा, हरि पराजुली, गणेश ठगुन्ना, सावित्रीकुमार भुसाल, यामलाल कँडेल, बसन्त मानन्धर, मोहन बानियाँ, माधवप्रसाद अर्याल, राधा ज्ञावली, केशव श्रेष्ठ, रामकुमार राईलगायत नेता छन्।

संसद्‍मा समेत गौतमको पक्षमा मुस्किलले ८ जना पुग्ने विश्लेषण गरिन्छ। तर, गौतम निकट केन्द्रीय सदस्य बलराम बास्कोटाले पार्टीमा कुनै स्थायी गुटबन्दी नगरिएको दाबी गरे। ‘वामदेव कमरेड गुटबन्दी गर्ने खालको नेता होइन,' बास्कोटाले भने, ‘पार्टी एकताबद्ध हुनुपर्छ। गुट चलाउनु हुँदैन। पार्टी बलियो भए आफू बलियो हुन्छु भन्ने मान्यता उहाँले राख्नु हुन्छ। त्यसैले उहाँ (गौतम)को कुनै गुट छैन।’

पार्टीमा गौतमलाई नजिक बनाउन ओली र प्रचण्डले तानातान गरिरहेका छन्। यसअघि अध्यक्ष प्रचण्डकै जोडबलमा गौतम संगठन विभाग प्रमुख भएपछि ओलीले विधानमै नभएको उपाध्यक्षमा प्रस्ताव गरेका थिए। पार्टी अध्यक्षको तानातानमा परेपछि गौतम पछिल्लो समय शक्तिशाली हुँदै गएका छन्।

सचिवालयका नेताहरू झलनाथ खनाल, ईश्वर पोखरेल र विष्णु पौडेलमध्ये गौतम बढी शक्तिशाली मानिन्छन्। झलनाथ खनाल तत्कालीन एमाले अध्यक्ष र प्रधानमन्त्री भइसकेपछि शिथिल भएका कारण गुट कमजोर भयो। ईश्वर पोखरेल अध्यक्ष ओली निकट भएकाले आफ्नै बलियो गुट बनाउन सकेका छैनन्। विष्णु पौडेल दुवै अध्यक्षको नजिक भएर काम गर्दै आएकाले गुट बनाएका छैनन्। पौडेल पहिले ओली निकट भन्ने गरिए पनि पछिल्लो समय अध्यक्ष प्रचण्डतिर ढल्किन थालेका छन्।

पार्टीमा ओली, प्रचण्ड, नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा 'बादल' समूहले आ-आफ्नै गुट सशक्त रुपमा चलाइरहेकै छन्।

संसद् छिर्न वामदेवलाई एकपछि अर्को अवरोध 
बर्दिया-१ बाट कांग्रेस नेता सञ्जय गौतमसँग ७ सय ७५ मतले पराजित भएपछि गौतम चिन्ता सुरु भयो। चिन्तित गौतमले तत्कालीन माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर आफूलाई आफ्नै पार्टीका अध्यक्ष केपी ओलीद्वारा हराइएको आरोप लगाए। तर गौतमको निर्वाचन क्षेत्रमा भने अवस्था फरक थियो।

उनले दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्यूठान दुवै ठाउँबाट निर्वाचित भएपछि बर्दिया छोडेको भन्दै मतदाता रुष्ट भएका थिए। बर्दिया घर भन्ने गरे पनि आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका काममा खासै मतलब नगरेको तर 'भावी प्रधानमन्त्री मै हुँ' भन्दै अर्को चुनावमा छोरा हरिश आउँने अभिव्यक्ति दिएपछि बर्दियाका स्थानीय नेता चिढिएपछि निर्वाचनमा हराएका थिए। जसका कारण वामगठबन्धनका सबैजसो शीर्ष नेता चुनाव जित्दा समेत गौतम पराजित भए। 

निर्वाचन हारेको ६ महिनासम्म गौतम चुपचाप बसे। अध्यक्ष प्रचण्डले राष्ट्रियसभामा वा अन्य कुनै विकल्पबाट भए पनि संसद्‍मा आउनुपर्छ भन्दा गौतमले प्रत्यक्ष निर्वाचनबाटै आउने अडान लिइरहे।

२०७५ साउन पहिलो साता डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर गौतमले सो निर्वाचन क्षेत्रबाट चुनाव लड्ने विषय बाहिरियो। बुढालाई राजीनामा गराएर २ वर्षपछि राष्ट्रियसभामा मनोनित गराउँदै मन्त्री बनाउने आश्वासन दिएर फकाएका थिए गौतमले। मन्त्री हुने पक्कापक्की जस्तै भएपछि बुढाले सांसद पदबाट राजीनामा दिन सहमत भएका थिए।

डोल्पाकै मतदाताले राजधानीमा पत्रकार सम्मेलन गरी गौतम निर्वाचन लड्न आए हराइदिने चेतावनी दिएपछि रोकिएका थिए गौतम। डोल्पा जाने बाटो बन्द भएपछि पनि गौतमकै जोडबलमा बुढा पछि पर्यटन राज्यमन्त्री हुन सफल भएका थिए।

डोल्पाबाट निर्वाचन लड्ने वातावरण नभएपछि गौतमले बाँकेका नन्दलाल रोका, दैलेखका रविन्द्रराज शर्मा, प्यूठानकी दुर्गा पौडेल, रुकुम पूर्वबाट कमला रोका र नवलपरासी पश्चिमबाट तिलक महतलाई राजीनामा गराएर निर्वाचन लड्ने प्रयास गरे।

यस्तै काठमाडौं-७ का सांसद रामवीर मानन्धरले गौतम र अध्यक्ष प्रचण्डकै जोडबलमा प्रधानमन्त्री केपी ओली समेतलाई राजीनामा बुझाए। उता प्रधानमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता ओलीले राजीनामा स्वीकृत गरेनन् भने मानन्धरको निर्वाचन क्षेत्रका मतदाताले चर्को विरोध गरेपछि गौतम पछि हटे।

यस्तै, १५ फागुन ०७५ मा ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त भएको कास्की-२ बाट निर्वाचन लड्न प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए। अधिकारी पत्नी विद्या भट्टराई नै उठ्ने भएपछि यसमा पनि रोकिएका थिए गौतम।

प्रत्यक्ष निर्वाचनबाट संसदमा आउने सबैजसो बाटा बन्द भएपछि गौतमले राष्ट्रियसभामा आउन प्रयास गरे। राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्न नपाइने भएपछि संविधान संशोधन सर्त राखे उनले।

ओलीको ब्रेक
वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान १६ फागुनमा प्रचण्ड निवास खुमलटारमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताहरु बसेर निर्णय गरे। बैठकले संविधान संशोधन नभए पनि गौतमलाई राष्ट्रियसभामा लगरै छोड्ने निर्णय गर्‍यो। लगत्तै बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई अल्पमतमा पारेर गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय भयो। 

ओलीले आफूविरुद्ध षडयन्त्र भएको भन्दै सचिवालय बैठकपछि नेता नेपाललाई फोन गरेर बालुवाटार बोलाएर छलफल गरे। निश्चित व्यापारीको स्वार्थमा युवराज खतिवडालाई हटाएर गौतमलाई ल्याउन थालिएको भन्दै सचिवालय निर्णय नमान्ने जनाउ दिए ओलीले।

प्रधानमन्त्रीले आफूविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै प्रत्याक्रमण सुरू गरिसकेका छन्। उनले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई समेत फिर्ता बोलाइसकेका छन्। राजदूत फिर्ता मात्र होइन, खतिवडालाई मन्त्री पनि बनाइसकेका छन्। गौतमलाई राष्ट्रियसभामा पठाउने विषय ओली अस्पतालबाट डिस्चार्ज भएपछि मात्रै टुंगो लाग्ने भएको छ। 

पार्टी सचिवालयबाट गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भइसकेकाले प्रधानमन्त्रीलाई समेत 'इग्नोर' गर्न गाह्रो हुने देखिएको छ। अरू सचिवालय सदस्यलाई पनि आफैंले गरेको निर्णयबाट पछि हट्न कठिन हुनेछ।

‘प्रधानमन्त्रीलाई मैले पहिला राष्ट्रियसभा जानु भन्दा नगएको मान्छे अहिले किन मरिहत्ते गरेको होला? कतै मेरा विरुद्ध त षड्यन्त्र त भएको होइन भन्ने परेको छ। उता गौतमले अध्यक्ष प्रचण्ड र नेपाललाई संसद्‍मा जान प्रेसर गरेको गर्‍यै छन्, इग्नोर गर्न मिलेको छैन,' राजनीतिक विश्लेषक झलक सुवेदीले भने, ‘यस्तो हुँदा गौतम राष्ट्रियसभा जाने विषयमा निर्णय हुन केही समय लाग्न सक्छ।’

तीन पटक उपप्रधानसहित गृहमन्त्री 
२००६ साल असारमा प्यूठानमा जन्मिएका गौतम तीन पटक उपप्रधानसहित गृहमन्त्री भएका छन्। उनी तीन पटक मन्त्री हुँदा सधैं उपप्रधानसहित गृहमन्त्री मात्रै भएका छन्।

लोकेन्द्रबहादुर चन्द(२०५३), प्रचण्ड (२०६५) र सुशील कोइराला (२०७०) नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री भएका थिए गौतम। 

संसद्/संविधानसभाका लागि भएका ६ निर्वाचनमध्ये गौतम तीन चुनावमा पराजित भए भने तीन चुनावमा विजयी भए। ०४८ र ०५१ सालको निर्वाचनमा बर्दियाबाट निर्वाचित उनी ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्यूठान दुवै ठाउँबाट निर्वाचित भए। तर, ०५६, ०६४ र ०७४ का निर्वाचनमा उनी बर्दियाबाटै पराजित भए ।  

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा.लि.ले सञ्चालन गरेको सीपमूलक तालिम केन्द्रको उद्घाटन गर्दै उनले बजारको मागअनुसार सीपयुक्त जन... आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार २ सय ३१ मत गनेर सकिएको छ । आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आज भिडिओ सन्देश जारी गर्दै भोटेकोशीको प्रलयकारी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको अवस्थामा मितव्ययी ढङ्गले चाडपर्व मनाउनु उ... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्