काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) परराष्ट्रमन्त्री नारायण खड्काले लिए पद तथा गोपनीयताको शपथ, अमेरिका भ्रमणमा एमसीसी प्राथमिकताको सूचीमा नरहेको दाबी, विशुद्ध संयुक्त राष्ट्र संघको महासभाका लागि जान लागेको जानकारी । (परराष्ट्रमन्त्री खड्काले लिए शपथ)
२) बालुवाटार जग्गा प्रकरणबारे गच्छदारको पहिलो सार्वजनिक अभिव्यक्ति– आफ्नो राजनीतिक जीवन सिध्याउन अख्तियार प्रयोग भएको दाबी, न्यायलयप्रति विश्वास रहेकाले दोषी प्रमाणित भए कारबाही गर्नुपर्ने भनाइ । ( बालुवाटार प्रकरणबारे गच्छदारको अभिव्यक्ति)
३) नेप्सेमा १०४ अंकको उछाल, २८१६.९५ विन्दुमा उक्लियो नेप्से, १३ कम्पनीको कारोबारमा सकारात्मक सर्किट, कारोबार रकम भने ६ अर्ब १७ करोड रुपैयाँमा खुम्चियो । (नेप्सेमा १०४ अंकको उछाल)
४) यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाद्वारा हुथी विद्रोही विरुद्धको कारबाही जारी, हवाई कारबाहीमा १२ विद्रोहीको मृत्यु, हुथीका कार्यालय रहेका स्थानाहरु पनि ध्वस्त । (यमनमा हुथी विद्रोही विरुद्धको कारबाही जारी)
५) र, फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूचीमा क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाउने फुटबलर, रोनाल्डोको कमाई १२५ मिलियन अमेरिकी डलर, लियोनल मेस्सी दोस्रो स्थानमा । (रोनाल्डो सर्वाधिक कमाउने फुटबलर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।