काठमाडौं- प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय व्याडमिण्टन च्याम्पियनसिप २०७८ मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ५ पदक हात पारेको छ।
काठमाडौंमा ५ दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा आर्मीले दुई स्वर्ण, एक रजत र दुई कास्यसहित ५ पदक प्राप्त गरेको हो।
उक्त च्याम्पियनसिपको पुरुष एकलतर्फको विधामा आर्मीका रत्नजित तामाङले स्वर्ण र प्रफुल महर्जनले कास्य पदक हात पारे।
यता, महिला एकलतर्फको विधामा रसिला महर्जनले स्वर्ण, अनुमाया राईले रजत तथा अमिता गिरीले कास्य पदक हात पारिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।