काठमाडौं– नेपाली सेनाले चोरी सिकारीमा संलग्न दुई जनालाई हतियारसहित पक्राउ गरेको छ।
बझाङको खप्तड गाउँपालिका–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र सोही गाउँपालिका पौवागढीका ३५ वर्षीय वीरेन्द्र बहादुर कार्कीलाई पक्राउ परेका हुन्।
उनीहरुबाट भरुवा बन्दुक १ नाल, २ डिब्बा बारुद, गोली ५ राउण्ड र भरुवा बन्दुकको केप डिब्बा १ थान बरामद भएको नेपाली सेनाले जनाएको छ।
उनीहरू खप्तड राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाने क्रममा पक्राउ परेको सेनाले दाबी गरेको छ। पक्राउ परेका दुवै जनालाई निकुञ्ज कार्यालय बाजुरामा बुझाइएको सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।