काठमाडौं- रसियाको मस्कोमा जारी ‘५८औं विश्व सैन्य बक्सिङ च्याम्पियनसिप’मा नेपाली सेना त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा दोस्रो राउण्डमा पुग्न पुगेकी छिन्।
सोमबार महिलातर्फ भएको ५७ केजी तौल समूहको खेलमा जिम्बावेकी जुलियाना कासोन्कालाई पराजित गर्दै उनी दोस्रो राउण्डमा पुग्न सफल भएकी हुन्।
सोही प्रतियोगिता अन्तर्गत महिलातर्फको ५१ केजी तौल समूहको खेलमा त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ्ग उज्वेकिस्तानकी योकुवोभा अजिजसँग पराजित भएकी छिन्।
६० केजी तौल समूहको खेलमा पुनम रावल रसियाकी एसाट्रेन निउनसँग पराजित भएकी छिन्। साथै, पुरुषतर्फको ४९ केजी तौल समूहमा सुशिल थापाले इरानका खेलाडीसँग आजै प्रतिष्पर्धा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।