काठमाडाैं– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ प्रबल जनसेवाश्री पदकमार्फत विभूषित हुने भएका छन्। संविधान दिवसको अवसरमा सरकारले प्रदान गर्ने मानपदवी र विभूषण पाउनेकाे सूचीमा उनीहरुको नाम समावेश गरिएको हो।
किरणले भर्खरै नेपालमा सम्पन्न भारतसँगको मैत्रिपूर्ण खेलका क्रममा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली क्याप्टेनको इतिहास रचेका थिए।उनीसँगै खेल क्षेत्रमा योगदान गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि प्रबल जनसेवाश्री पदकमार्फत सम्मान गरिने भएको छ।
फुटबल टिमका कप्तान साफको तयारीका लागि कतारमा बन्द प्रशिक्षणमा सहभागी छन्। यता मल्ल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमानमा त्रिकोणात्मक सिरिज खेलिरहेको छन्।
यसबाहेक क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै तेक्वान्दोका आयशा शाक्य र दक्षिण कोरियाली प्रशिक्षक क्वान योङ दाल जनसेवाश्रीबाट विभूषित हुने भएका छन्। पारा खेलाडीद्वय हिमाल अर्याल र केशव थापा पनि यसै विभूषणबाट सम्मानित हुनेछन्।
यस्तै, अपाङ्ग खेलाडीद्वय हिमाल अर्याल र केशव थापा जनसेवा श्रीबाट विभूषित हुने भएका छन्। सरकारले सुकीर्ति पदकबाट करातेकी खेलाडी अनु अधिकारी, ब्याडमिन्टन खेलाडी दिपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई विभूषित गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।