काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) आलोचना तीब्र बनेपछि प्रधानमन्त्री देउवाको सचिवालयले सार्वजनिक गर्यो ‘सुधार’का १५ काम, विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति पनि उपलब्धिको सूचीमा । ( प्रधानमन्त्रीको सचिवालयद्वारा ‘सुधार’का १५ काम सार्वजनिक)
२) पाँच दलीय गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला भएको एमाले अध्यक्ष ओलीको टिप्पणी, प्रधानमन्त्री हुँदा प्रतिपक्षी नेताले कर्मचारीलाई राखेर सरकारलाई असहयोग गर्न निर्देशन दिएको आरोप । (एमाले अध्यक्ष ओलीको आरोप)
३) प्रतिनिधि सभाले प्रस्ताव पास गरेर मात्रै आफूलाई विघटन गर्नुपर्ने सभामुखको धारणा, संसद् मन लागेको बेलामा हल्लाउन कानमा लगाउने कुण्डल जस्तो हुन नहुने कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलको सुझाव । (सभामुख सापकोटाको धारणा)
४) यूके, अमेरिका र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताको फ्रान्सद्वारा विरोध, अमेरिका र अस्ट्रेलियाबाट राजदूत फिर्ताको तयारी, असाधारण परिस्थितिको असाधारण निर्णय भएको फ्रान्सको प्रतिक्रिया । (सुरक्षा सम्झौताको विरोधमा फ्रान्स)
५) र, एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित, हङकङलाई जिते एसियन कपका लागि छनोट हुने सम्भावना कायमै। (नेपाल फिलिपिन्ससँग दोस्रोपटक पराजित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।