काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) तेजाब तथा अन्य घातक रासायनिक पदार्थसम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता, एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना, माफी मिनाहा नहुने । (एसिड आक्रमण गर्नेलाई माफी मिनाहा नहुने)
२) पाँच दलीय गठबन्धनमा चुनावी तालमेल हुने माधव नेपालको भनाइ, असोज ५ गतेपछि सरकारमा जाने उल्लेख, बागमती र प्रदेश १ सरकारको नेतृत्वमा आफूहरुको दाबी रहेको तर्क । (५ गतेपछि सरकारमा जाने नेपालको भनाइ)
३) काठमाडौं, भक्तपुर, ललितपुरलगायत ३९ जिल्लाका ४३ स्थानमा चाडपर्वलक्षित सहुलियत पसल आजदेखि सञ्चालन, २० प्रतिशत छुटमा दैनिक उपभोग्य वस्तु खरिद गर्न सकिने । (चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा)
४) चीनको सबैभन्दा लामो मानवयुक्त अन्तरिक्ष अभियान सकियो, अन्तरिक्षमा ९० दिन बसेर पृथ्वीमा फर्किए तीन चिनियाँ यात्री, सफल अभियानले चीनको आत्मविश्वास र क्षमता बढेको उल्लेख । (अन्तरिक्षबाट फर्किए तीन चिनियाँ यात्री)
५) र, आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल जारी, टस हारेर नेपालले ब्याटिङ गर्दै, गुल्सन झाको डेब्यू । (गुल्सन झाको डेब्यू)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।