काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आजबाट सञ्चालनमा आएको छ। शुक्रबारबाट नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय नयाँ बानेश्वरस्थित आलोकनगरबाट सञ्चालनमा आएको हो।
तीनकुने पुल दक्षिणमा पूजा थापा बस्नेतको घरमा रहेको कार्यालयको एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शुभारम्भ गरेका थिए।
पार्टी कार्यालय शुभारम्भपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले पाँच गतेपछि आफूहरु सरकारमा जाने बताए।
नेकपा एमालेबाट विभाजित भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो। 





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।