काठमाडौं- छैटौं राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसिप असाेज १० गतेदेखि हुने भएकाे छ। नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै महिला र पुरुष दुवै तर्फको च्याम्पियनसिप असाेज १० देखि १६ गतेसम्म हुने जानकारी गराएकाे हाे।
संघका अनुसार च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमले सहभागीता जनाउनेछन्। तर, टिम दर्ताकाे समय असाेज ६ गतेसम्म रहेकाले टिम संख्या बढ्न सक्ने संघले जनाएको छ।
च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पाेर्ट्स क्लब, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, ढाेरपाटन स्पाेर्ट्स क्लब, गण्डकी प्रदेश, गल्काेट स्पाेर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, नयाँ बजार सामाजिक क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, महिलातर्फ न्यूडायमण्ड क्लब, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, एभरेष्ट क्लब बुटवल र ढाेरपाटन स्पाेर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन्।
यस च्याम्पियनसिपबाट शीर्ष ७ पुरुष र ५ महिला टिम २०७८ चैतमा आयाेजना हुने छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिगमा छनाेट हुने संघले जनाएको छ।
यसपटक विजेताले नगद ४ लाख रुपैयाँ पाउनेछन्। यस्तै, उपविजेतनले २ लाख र तेस्राे हुनेले १ लाख रुपैयाँ पाउनेछन्।
यस्तै, प्रतियोगिताकाे उत्कृष्ट पुरुष र महिला खेलाडीले २५/२५ हजार रुपैयाँ पाउनेछन्। यसैगरी उत्कृष्ट सर्भर, लिवेराे, ब्लकर, स्पाईकर, सेटर र प्रशिक्षकले १०/१० हजार रुपैयाँ पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।