• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

श्रीमती जेलबाट छुटिन्, तर उनी जिन्दगीभर दुखिरहने छन्

64x64
धनु विश्वकर्मा शुक्रबार, असोज १, २०७८  ०९:०२
1140x725

श्रीमती जेलबाट छुटेको थाहा पाएको दिन उनी दु:खी भए। मन अमिलो भयो। एक पटक फेरि ती सारा घटना रिलझैं दिमागमा घुमे।

जेल परेकी आफ्नी श्रीमती छुट्दा कोही दुखी होस्! डर र त्रासमा होस्! रामराजा थापा क्षेत्रीको जीवनमा त्यस्तै भयो।

उनकी श्रीमती तीन वर्षका लागि जेल परेकी थिइन्। तिनले श्रीमान् रामराजालाई एसिड छ्यापिदिएकी थिइन्। तर, जेल परेको ६ महिनामा नै छुटिन्।

जेलबाट छुटेपछि श्रीमतीसँग रामराजाको भेट भएको छैन। भेट होस् भन्ने चाहेका पनि छैनन्। बरु नेपालको कानुन दखेर दिक्दारी लागेको छ। ‘बच्चा सानो छ भनेर ६ महिना जेल बसेपछि धरौटीमा छुटाएका रहेछन्,’ उनी भन्छन्, ‘अपराधीलाई यसरी अनेक बहानामा छाड्न मिल्छ र? हामीजस्ता एसिड पीडितले जिन्दगीभर घाउ बोकर हिँड्नुपर्छ। हाम्रो घाउमा किन राज्य संवेदनशील नभएको होला?’

प्रश्न त उनी आफ्नै जिन्दगीसँग पनि गर्छन्। त्यो दिन घर छाडेर नहिँडेको भए आज यस्तो हालतमा पुग्दैन थिएँ कि भन्ने मनमा लागिरहन्छ। पढ्दापढ्दै उनी कमाउन भनेर काठमाडौँ हानिएका थिए।

उनको स्थायी घर नुवाकोटस्थित विदुर नपा–१३ मा छ। घर छाडेर २०६५ सालमा काठमाडौँ आए। तर, काठमाडौँमा काम पाउन गाह्रो भयो। अनि सवारी साधन चलाउन सिके। त्यसपछि काठमाडौँबाट पूर्वतिर जाने माइक्रो चलाउन थाले।

आम्दानी ठीकै हुन थालेपछि २०६९ सालमा बिहे गरे। त्यसको सात वर्षपछि २०७६ सालमा छोरो जन्मियो। परिवार खुसी नै थियो। तर, त्यही साल उनको वैवाहिक जीवनमा पूर्णविराम लाग्यो।

आशंकाले अपराध
सामाखुसीस्थित विनायक अस्पतालमै रामराजा थापा क्षेत्रीले होस् हराइसकेका थिए। विनायक अस्पतालले उनीमाथि एसिड छ्यापिएको भन्दै टिचिङ अस्पताल (त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज) रिफर गरिदियो। त्यहाँ होसमा आउँदा उनको अनुहारको दायाँ भाग र दाहिने खुट्टामा ब्यान्डेज थियो। ती ठाउँ भत्भती पोलिरहेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उपचारका लागि उनी करिब ६ महिना टिचिङ अस्पतालमै बसे। उनको दुवै कान, आँखा, दाहिने हात र दाहिने खुट्टामा एसिड परेको थियो। कान, आँखा र अनुहारको आठ पटक शल्यक्रिया भइसकेको छ। अझ कति गर्नुपर्छ यकिन छैन। 

ती दिन उनलाई सम्झनै मन छैन। तर, बिर्सिन पनि सक्दैनन्। आफ्नै श्रीमतीले किन एसिड छ्यापिन् भन्ने प्रश्नको उनीसँग स्पष्ट जवाफ छैन। खाली आशंका मात्र छ।

उनले करिब ११ वर्ष श्रीमतीसँगै जीवनको गाडी चलाए। उनको कमाइ ठीकै थियो, खान लाउन पुग्ने। उनले कान्छो सालो (श्रीमतीको कान्छो भाई)लाई गाडीमा सहयोगी बनाएका थिए। दुवै सँगै हुन्थे।

उनी बालाजु माछापोखरी नजिकै भाडामा बस्थे। बाबुआमा गाउँमै बस्थे। श्रीमतीलई बाबुआमासँग नराखी आफैँसँग राखेका थिए।

त्यो दिन २०७६ फागुन २५, नारी दिवस परेको थियो। उनी पूर्वबाट अबेला गरी आइपुगे। गाडी नियमित ठाउँमा पार्क गरे। अनि कान्छो सालो र उनी कोठामा गए। उता ससुराली गाउँ धादिङबाट जेठो सालो पनि सामान लिन आएका रहेछन्।

खाना खाएपछि रामराजा सुत्नका लागि ओछ्यानमा गए। झ्याल बन्द थियो। उनको तीन महिनाको छोरो झ्यालतिर सुतेको थियो। राति १२ बजे काम सकाएर श्रीमती पनि सुत्न आइन्। श्रीमती बीचमा र उनी छेउमा सुत्थे।

बत्ती निभाइएको थियो। उनी तन्द्रामा थिए। एक्कासी उनलाई तातोपानीले पोलेजस्तो भयो। लगत्तै सहनै नसक्ने भयो, अनि चिच्याए। त्यसपछि दुवै साला उठे। बाथरुममा लगेर पानी खनाइदिए। तर, पोलाइ कम भएन। झन्झन् पीडा हुन थाल्यो। 

बल्ल उनलाई आफूमाथि एसिड खनाइएको आशंका भयो। सालाहरुले सामाखुसीस्थित विनायक अस्पताल लगे। त्यहाँ प्रारम्भिक उपचार भयो। त्यति बेलासम्म उनको कानले सुन्न छाडिसकेका थिए, आँखा पनि बन्द थिए। उनले होस् गुमाए।

अझै पनि उनीमाथि एसिड आक्रमण गरेको श्रीमतीले स्वीकारेकी छैनन्। तर, श्रीमतीले नै छ्यापेको हो भन्नेमा उनी निश्चिन्त छन्। त्यसको वास्तविक कारण खुलेको छैन। उनी भन्छन्, ‘म गाडी चलाएर हिँड्ने मान्छे। ममाथि शंका गरेर यस्तो गरेकी हुन्। तर, शंका गर्नुपर्ने ठाउँ थिएन। म कतै लागेको भए उनको भाइलाई थाहा भइहाल्थ्यो। भाइले त दिदीलाई भन्थ्यो होला नि!’

श्रीमतीले आवेगमा आएर नभइ योजनाबद्ध ढंगले आफूलाई एसिड खनाएको उनको भनाइ छ। श्रीमतीको दाबी बाहिरबाट कसैले छ्यापेर भाग्यो भन्ने छ। तर, त्यसमा उनलाई पत्यार छैन।

‘न झ्याल खुला छ, न त ढोका। मेरो शरीरबाहेक कतै एक थोपा एसिड चुहिएको छैन। कोठामा श्रीमती र दुधेबालक मात्र छन्,’ उनी भन्छन्, ‘उसले भनेजस्तो बाल्टीमा ल्याएर बाहिरबाट फाल्न त झ्याल खुला हुनुपर्छ, त्यसरी फाल्दा सँगै सुतेका बच्चा र ऊ कसरी जोगिन्छन्?’

पूरै परिवार डुब्यो ऋणमा
एसिड आक्रमणमा परेर अस्पतालमा ६ महिनासम्म बिताउनुपर्दा उनी निकै निराश थिए। उनलाई अब बाँच्दिन भन्ने लागेको थियो। उपचारमा पैसा पनि धेरै नै खर्च भइसकेको थियो। घाउको पीडा छँदै थियो। शरीर पनि पहिलेको जस्तो थिएन।

तर, उनलाई साथ दिन अस्पतालको बेडमा नै आइपुगे, उज्ज्वलविक्रम थापा। उनको ढाडसले अस्पतालको बेडमा साँघुरिएको जीवन केही फराकिलो भएको महसुस भयो। उज्ज्वलविक्रम एसिड पीडितका सहयोगी हुन्। उनले रामराजा मात्र नभइ अरुको पनि उपचार र पुनःस्थापनामा सहयोग गरेका छन्।

उपचारकै लागि रामराजाको करिब ९ लाख रुपैयाँ खर्च भइसकेको छ। उनको परिवार सामान्य आर्थिक अवस्थाको छ। तर, परिवारले ऋण काढेर उपचार गराइरहेका छन्। 

उनका दुई दाजु पनि काठमाडौँमा नै काम गर्छन्। दाजुहरुले आर्थिक सहयोग जुटाएर खर्च टारिदिइरहेका छन्। उनकै कारण पूरै परिवार ऋणमा डुबेको छ। 
अहिले उनी महान्यायाधिवक्ताको कार्यालयमा कार्यालय सहयोगी छन्। उज्ज्वलविक्रमकै पहलमा तत्कालीन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले करारमा जागिर लगाइदिएका हुन्। 

उनको तलब २१ हजार ५०० रुपैयाँ पुगेको छ। कोठा भाडामा लिएर एक्लै बस्छन्। कार्यालय आउँदा कहिले दाजुले ल्याइदिन्छन्, कहिले कार्यालयकै गाडीले ल्याइदिन्छ। सार्वजनिक यातायातमा पनि आउँछन्। 

उनको शरीरले घाम थेग्न सक्दैन। डाक्टरले पनि घामबाट जोगिन भनेका छन्। तर, कार्यालयको चिठीपत्र पुर्‍याउन बाहिर जानुपर्छ। त्यति बेला समस्या हुन्छ। त्यैपनि यो जागिर उनका लागि जीवन चलाउने सहारा भएको छ। उनको एउटै चाहना छ– जागिर करार होइन, स्थायी होस्।

अब उनी पहिलाकै काममा फर्कन सक्दैनन्। त्यो त सपनाजस्तै भएको छ। उपचार निरन्तर जारी राख्नुपर्ने भएकाले अहिले खाइरहेकै जागिरको भर छ, उनलाई। उपचारमा लागेको ऋण भने तिर्न सकेका छैनन्। 

उनको सरकारसँग एउटै माग छ– औषधि खर्चका लागि आर्थिक सहयोग होस्। ‘यो मेरो मात्र समस्या होइन, हामी सबै एसिड पीडितको समस्या हो। औषधिको बिल पेस गरेर पैसा दिने व्यवस्था होस्,’ उनी भन्छन्।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्