काठमाडौं– यूएस ओपन २०२१ अन्तर्गत पुरुष सिंगलतर्फकाे उपाधि रसियाका ड्यानियल मेडभेडेभले जितेका छन्।
विश्व नम्बर १ नोभाक जोकोभिचलाई पराजित गर्दै मेडभेडेभले करियरकै पहिलो ग्रान्ड स्ल्याम उपाधि उचालेका हुन्।
न्यू योर्कस्थित आर्थुर आशे स्टेडियममा आइतवार राति सम्पन्न खेलमा मेडभेडेभले जोकोभिचलाई ६–४, ६–४ र ६–४ को सोझो सेटमा पराजित गरेका हुन्।
यसै वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बेल्डन गरी तीन ग्रान्ड स्ल्याम जितेका जोकोभिचले यूएस ओपन उपाधि जित्दै इतिहास बनाउन भने सकेनन्।
पछिल्लो पटक जोकोभिच सन् २०२० को रोलान्ड गारोस फाइनलमा राफाएल नाडालसँग पराजित भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।