• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दर्ता नै नभएको 'म्यानपावर कम्पनी' पुर्‍याएर आफ्नैले ठगे

64x64
धनु विश्वकर्मा सोमबार, भदौ २८, २०७८  ०८:१८
1140x725

काठमाडौं– हातमा कागजपत्र बोकेर मञ्जु परियार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको झ्यालबाहिर उभिएकी छन्। कार्यालयका कर्मचारी खाजा खान बाहिरिएका छन्। काम सकेर बनेपा पुग्नुपर्ने हतारो भएकाले उनी छटपटीमा छिन्।

तर, त्योभन्दा ठूलो चिन्ता भने उनलाई विदेश पठाइदिने नाममा ठग्नेलाई कारबाही होला कि नहोला भन्ने छ। उनलाई त आफ्नै मान्छे लागेर ठगे। त्यही उजुरी बोकेर उनी विभाग पुगेकी हुन्।

वैदेशिक रोजगारमा रहेकी मञ्जु गएको २५ चैतमा दुबईबाट घर आइन्। नेपाल आउँदा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेको थियो। त्यसको केही समयपछि निषेधाज्ञा सुरु भयो। 

काभ्रेको कोशीपारिकी उनी दुबईमा गरिरहेको काम छाडेर नेपाल आएकी हुन्। उनी चार वर्षअघि दुबई पुगेकी थिइन्। हाउस किपिङको काम थियो। तर, चित्त बुझ्दो कमाइ थिएन। त्यसैले अब नयाँ कामका लागि जाने योजनामा थिइन्।

मञ्जु अहिले बनेपामा कोठा भाडामा लिएर १८ वर्षीय छोरासँग बस्छिन्। श्रीमानले करिब १० वर्षअघि दोस्रो बिहे गरेपछि उनी छुट्टै बस्न थालेकी हुन्। दुःख गरेर जीविका चलाउने र छोरो पढाउने गर्थिन्। जति काम गरे पनि दुई ज्यान पाल्न नै धौ–धौ थियो। त्यहीकारण उनी २०७४ सालमा वैदेशिक रोजगारका लागि उडिन्।

१ लाख रुपैयाँ दिँदा गरिएको कागज।

उता पनि महिनावारी कमाइ करिब ३० हजार रुपैयाँ मात्र थियो। खान र बस्न पाउँथिन्। तर, विदेशी भूमिमा पनि राम्रो कमाइ भएन। त्यसैले छाडेर आइन्। अब राम्रो काम पाउनेबित्तिकै दुबई फर्कने योजना थियो। ‘यता बस्नु भनेको खर्च मात्र बढ्नु हो। तर, त्यस्तै भयो। निषेधाज्ञाले उता जान रोकिएपछि यता खर्च बढेको बढ्यै छ,’ उनी भन्छिन्।

उनले दुबई जाने प्रयास भने जारी राखिरहिन्। भाइ (सानिमाको छोरा) निकेश सुन्दाससँग राम्रो म्यानपावर खोजिदिन भनिन्। निकेशले पनि आफू १५ दिनभित्रै वैदेशिक रोजगारमा जान लागेको बताए। उनले मञ्जुलाई त्यही म्यानपावरमा पुर्‍याए।

उनले भाइसँग गएर काभ्रेको बनेपा–८ मा रहेको इनर्जी मल्टीपर्पस कम्पनीका सञ्चालक अदीपबहादुर खड्कालाई भेटिन्। स्वाथ्य जाँचका लागि ७ हजार रुपैयाँ तिरिन्। पुलिस रिपोर्ट बनाइन्। ४५ दिनभित्र उड्नका लागि म्यानपावरले २ लाख २५ हजार रुपैयाँ चाहिने बताएको थियो। १५ दिनभित्रै भिसा लगाउन भने ३ लाख २५ हजार रुपैयाँ मागियो। भाइसँगै उड्नका लागि उनले भनेजति पैसा दिने भइन्।

Ncell 2
Ncell 2
nimb
nimb

पासपोर्ट र सबै कागजात २४ असारमा नै बुझाइन्। त्यसको पाँच दिनपछि २९ असारमा अग्रिम भुक्तानी स्वरुप १ लाख रुपैयाँ पनि दिइन्। म्यानपावर कम्पनी सञ्चालक खड्काले १५ भदौसम्ममा दुबई पठाइसक्ने बताए।

उड्ने दिन नजिकिँदै गर्दा भाइ निकेशले दुबईमा कामका लागि मान्छे लिन बन्द गरेको बताए। उनी छाँगाबाट खसेजस्तै भइन्। आफू यसअघि नै वैदेशिक रोजगारमा दुबई गइसकेकी हुनाले अब उनलाई शंका लाग्यो। उनले भाइसँग पैसा फिर्ता लिने बताइन्।

‘मैले पैसा फिर्ता मागिदिन भनेपछि भाइले उल्टासुल्टा कुरा गर्न थाले। यसअघि मलाई दुबईको रेष्टुरेन्टमा काम गर्ने भनेर अफर लेटरसमेत थमाएका थिए। तर, अफर लेटरमा न कसैको नाम छ, न कुनै इमेल ठेगाना छ,’ मञ्जु भन्छिन्।

म्यानपावर सञ्चालक अदीपले भने उनको फोन उठाउनै छाडेका छन्। भाइ निकेशले पनि अचेल फोन उठाउँदैनन्। ‘अनि मलाई पक्का भयो कि मेरो पैसा दलालले खाइदियो। त्यसपछि म उजुरी दिन टेकुको प्रहरी कार्यालय गएँ। तर, म्यानपावर कम्पनी र म आफू पनि काभ्रेको भएकाले उतै उजुरी गर्न भनेर पठाइदिए,’ उनी भन्छिन्।

त्यसपछि उनी उजुरीका लागि वैदेशिक रोजगार विभाग पुगेकी हुन्। विभाग पुगेपछि पो थाहा पाइन्, उनले दुबई जान पैसा बुझाएको म्यानपावर कम्पनीको कामै ठगी धन्दा रहेछ। कम्पनी दर्ता रहेनछ। केही दिनअघि मात्र कम्पनीका सबै कम्प्युटर उठाएर विभागले ल्याएको रहेछ। उनी भन्छिन्, ‘त्यो त म्यानपावर कम्पनी नै होइन रहेछ। वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर धेरैलाई ठगिसकेको रहेछ।’

उनले पासपोर्ट भने फिर्ता पाएकी छन्। ‘भाइले नै आफन्तको हातमा पासपोर्ट फिर्ता पठायो, तर पैसा पाएको छैन,’ उनी भन्छिन्, ‘म्यानपावरको मान्छेलाई फोन गर्दा एउटी महिलालाई बोल्न लगाउँछ र जसलाई दिएको हो, उसैसँग पैसा फिर्ता माग्न भन्छ। तर, पैसा हातमा दिएको भाइ सम्पर्कमा छैन।’ पैसा माग्दा उल्टै धम्की सहनु परको उनले बताइन्।

विभागमा उजुरी त दिइन्, तर सरकारी प्रक्रिया सुस्त हुने कारण उनी निराश छिन्। यहीकारण फेरि दुबई जान पाएकी छैनन्। ‘मैले विदेशमा पसिना बगाएको पैसा जसरी पनि उठाउनु पर्‍यो नि, मेरो त चार वर्षको कमाइ हो,’ उनी भन्छिन्, ‘तर, सरकारी संयन्त्रको ढिलासुस्तीले मजस्ता धेरैले दुःख पाइरहेका रहेछन्। विभागमा त मजस्ता मान्छेको लाइन हुँदो रहेछ।’

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्