बलिउड अभिनेता रणवीर सिंहको आगामी फिल्म ‘सर्कस’मा अभिनेत्री दीपिका पादुकोण प्रवेश गरेकी छिन्। रोहित सेट्टीको निर्देश्नमा बनिरहेको फिल्ममा रणवीकी पत्नी दीपिकालाई गेस्ट रोल दिएएको छ।
सन् १९८२ को फिल्म ‘अंगुर’ को आधिकारिक एडप्टेसनको रुपमा बनिरहेको फिल्म साहित्यकार विलियम शेक्सपियरको नाटक ‘द कमेडी अफ एरर्स’मा आधारित छ। फिल्ममा दीपिका एउटा गीतमा ‘मीनम्मा’को भूमिकामा देखिन लागेकी हुन्। ‘मिनम्मा’ दीपिकाले सन् २०१३ मा प्रदर्शशनमा आएको उनकै चलचत्रि ‘चेन्नई एक्सप्रेस’मा अभिनय गरेको भूमिका हो।
यो फिल्ममा रणवीर सिंहले पनि पहिलोपटक दुई रोलमा अभिनय गर्दै छन्। हालसम्म बाहिरिएको जानकारीका अनुसार रणवीर फिल्ममा एउटा सिद्धार्थ नामक पात्रको भूमिकामा देखिनेछन् भने अर्को पात्र हालसम्म खुलाइएको छैन्।
सर्कस २०२२ मा प्रदर्शन हुने गरि निर्माण भइरहेको छ। फिल्ममा रणवीर–दीपिका बाहेक वरुण शर्मा, पूजा होगडे तथा ज्याकलिन फर्नान्डेज मूख्य भूमिकामा देखिने भएका छन्। फिल्मलाई रोहित सेट्टी पिक्चर्ससँगै रिलाइन्ज इन्टरटेनमेन्ट र टिसिरिजले संयुक्त निर्माण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।