• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवादेखि ओली, प्रचण्डदेखि माधवसम्म : कसले के भने एमसीसीको टोलीलाई?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २५, २०७८  २०:३३
1140x725

काठमाडौ- चार वर्षअघि नेपाल र अमेरिकी सरकारबीच भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि ‘माहोल’ बनाउन बिहीबार चारदिने नेपाल भ्रमणमा आएकी एमसीसी कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले शुक्रबारसम्म आफ्ना महत्त्वपूर्ण भेटघाट भ्याइसकेकी छन्। अब उनका थप केही अरु भेटघाट बाँकी छन्। आउनसाथै पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी सुमारले शुक्रबार बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौतामा हस्ताक्षर भए पनि दलहरूबीच सहमति हुन नसक्दा यो संसद्‍बाट अनुमोदन हुन सकेको छैन। खासमा संसद्‍बाट अनुमोदन हुनुपर्ने विषयमै राजनीति दुई ध्रुवमा विभाजित छ। दलहरु विभक्त छन्। सत्तामा हुँदा एमसीसीका प्रखर समर्थक देखिएका दल राजनीतिक लाभहानीको हिसाब गरेर विपक्षमा उभिएका छन् भने सत्तामै रहेका दलहरुको पनि एक मत छैन। समाज पनि त्यस्तै देखिएको छ। एमसीसीको विषयले राजनीतिदेखि समाजसमेत गिजोलिएको बेला ‘माहोल’ बनाउन आएकी सुमारले दुई दिनमा गरेका महत्त्वपूर्ण राजनीतिक भेटघाटमा कस्तो सन्देश पाइन्?

नेपाल आएकै दिन, बिहीबार एमाले अध्यक्ष ओली र बेलुकी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेकी उनले बेलुकी ट्वीटरमा आफू भेटघाटबाट ‘उत्साहित रहेको’ उल्लेख गरेकी थिइन्। बिहीबार राति नै उनले जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेटेकी थिइन्। शुक्रबार भने उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर एमसीसीबारे आफ्ना सरोकार राख्ने र उनीहरुका सरोकार सुन्ने प्रयास गरिन्।

प्रधानमन्त्री देउवाको प्रतिक्रिया- एमसीसीमार्फत् नेपालको आर्थिक रुपान्तरणबारे छलफल
शुक्रबार बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोली बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेको थियो। त्यसक्रममा भएका कुराकानीबारे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ‘एमसीसीमार्फत् नेपालको आर्थिक रुपान्तरणका लागि सौहार्द्धपूर्ण छलफल भएको’ उल्लेख गरेका छन्।

प्रधानमन्त्री देउवा एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्नुपर्ने पक्षमा उभिएका छन्। पहिले आफू नेतृत्वकै सरकारले गरेको सम्झौता भएकाले पनि उनलाई यसलाई कार्यान्वयनमा लैजानुपर्ने चुनौती छ। ‘एमसीसीका उपाध्यक्षलाई स्वागत गर्न पाउँदा खुसी छु’, देउवाले ट्वीटरमा लेखेका छन्, ‘हामीले एमसीसीसहित नेपाल-अमेरिका सहकार्य र त्यसमार्फत् नेपालको आर्थिक रुपान्तरणका सम्भाव्यताबारे आ-आफ्ना विचार आदानप्रदान गर्‍यौं।’

ओलीले भने- सत्तामा हुँदा प्रयास गरेँ, अब प्रतिपक्षमा छु
काठमाडौंमा आउनसाथै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटस्थित् निवासमा पुगेकी सुमारले त्यहाँ करिब ४५ मिनेट संवाद गरेकी थिइन्। भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार सुमारले एमसीसी सम्झौतालाई अगाडि बढाउने सम्बन्धमा ओलीसँग जिज्ञासा राख्दा एमालेले प्रस्ट विचार राखेको बताए।

त्यसक्रममा ओलीले आफ्नो पार्टी सत्तामा रहँदा प्रस्ट कुरा राखेको र अनुमोदनका लागि पहलसमेत गरेको उल्लेख गर्दै तर, सभामुखहरु (तत्कालीन कृष्णबहादुर महरा र अहिलेका अग्निप्रसाद सापकोटा)का कारण प्रक्रिया अघि बढाउन नसकेको बताएका थिए। उनले अब आफूहरु प्रतिपक्षमा रहेकाले पहिले सत्तापक्षले आफ्नो धारणा प्रस्ट गर्नुपर्ने उल्लेख गरेका थिए।

Ncell 2
Ncell 2

1140x725

माधव नेपालको जवाफ- देश र जनताको हितभन्दा बाहिर जान सकिन्न
ओलीपछि सुमारसहितको एमसीसीको टोलीले एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेको थियो। सत्ता गठबन्धनको एक घटक, एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग एमसीसी उपाध्यक्ष सुमारले ‘एमसीसीबारे दलको धारणा’सोधेकी थिइन्। एमसीसी सम्झौतामा नेपालले हस्ताक्षर गरेकाले स्वीकार्ने वा नस्वीकार्नेबारे निर्णय गर्नुपर्ने उनको भनाइ थियो।

त्यसक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसी सम्झौता नेपाली जनता र राष्ट्रको हितभन्दा बाहिर गएर अघि बढ्न नसक्ने पार्टीको प्रस्ट धारणा रहेको उल्लेख गरेका थिए। सिंहदरबारस्थित संघीय संसद्‍ सचिवालयमा भएको भेटवार्तामा नेपालले सुमारलाई एमसीसीबारे उत्पन्न आशंकाबारे प्रस्ट पार्न आग्रह गरेका थिए। ‘करिब डेढ घण्टा हाम्रो कुराकानी भयो,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य गंगालाल तुलाधरले भेटबारे जानकारी दिँदै भने, ‘हामीले पनि धेरै कुरा गर्‍यौं। उहाँहरुले पनि केही स्पष्ट पार्ने प्रयास गर्नुभयो।’ 

त्यसक्रममा नेपालले अहिले संयुक्त सरकार रहेकाले गठबन्धनका दलहरुसँग पनि छलफल गर्नुपर्ने बताएका थिए। ‘नेपाली जनतासँग जोडिएको विषय हो, जनताको हितमा छ भनेर तपाईंहरुले पनि सुनिश्चित हुने वातावरण बनाउनुस् भन्यौं,’ तुलाधरले भने, ‘उहाँहरुले नेपाली जनताकै हितमा हो, अरु स्वार्थ केही छैन, हामी दबाब दिने हिसाबले आएका होइनौं भन्नुभो।’

जसपाको आश्वासन- सत्ता गठबन्धनमा साझा धारणा बनाउँछौं 
सुमारले बिहीबार साँझ सत्ता गठबन्धनको घटक, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेटेकी थिइन्। उनले भट्टराई र यादवसँग पनि एमसीसीबारे धारणा बुझ्न चाहेकी थिइन्। त्यसक्रममा जसपाका अध्यक्षद्वयले प्रमुख दलहरुबीच सहमति गरेर एमसीसी सम्झौताबारे आवश्यक निर्णय लिइने जवाफ दिएका थिए।

सुमारसँगको भेटमा जसपा नेताहरुले अरु (प्रमुख) दलहरुसँग पनि छलफल गरेर सहमतिका आधारमा अघि बढ्ने बताएको भट्टराइले जानकारी दिए। भेटवार्ताबारे जानकारी दिँदै जसपाका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसीबारे तत्कालै निर्णय गर्न नसकिने बताएको उल्लेख गरे। ‘नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल भयो,’ भट्टराईले भने, ‘प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिनेछ।’

1140x725

प्रचण्डले भने- एमसीसीमा सबै दलबीच सहमति आवश्यक 
शुक्रबार बिहान सुमार नेतृत्वको एमसीसी टोली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेको थियो। त्यसक्रममा प्रचण्डले एमसीसीबारे थप बहस आवश्यक रहेको बताएको उनको सचिवालयले जानकारी दिएको छ। ‘यो राष्ट्रिय बहसको विषय बनिसकेको छ, यसमा सबै दलबीच सहमति हुनुपर्नेमा हाम्रो जोड छ,’ दाहालको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो।

त्यसक्रममा सुमारले आफू एमसीसीबारे दबाब दिन नआएको प्रस्ट्याउँदै एमसीसीको विषयमा अन्तरक्रिया गर्नमात्र आएको बताएकी थिइन्। 

वर्तमान सत्ता गठबन्धनको एक प्रमुख घटक माओवादीका कृष्णबहादुर महरा सभामुख रहेका बेला एमसीसी सम्झौता संसद्‍मा टेबल भएको थियो। तर, महराले आफू पदमा रहँदासम्म त्यसलाई छलफलमा ल्याएनन्। बलात्कार प्रयासको आरोप लागेसँगै महराले सभामुखको पद माओवादीकै अग्निप्रसाद सापकोटा सभामुख बने। तर, त्यतिञ्जेल एमाले र माओवादीबीच एकता भएर नेकपा बनिसकेको थियो। नेकपाभित्र एमसीसीबारे प्रस्ट दुई धार थिए- प्रधानमन्त्री ओली एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने पक्षमा उभिएका थिए भने प्रचण्डलगायत विपक्षमा।

सुमारले शुक्रबार नै एमसीसीको परियोजना कार्यान्वयन गर्ने मन्त्रालयको नेतृत्व गरिरहेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेट गरेकी छन्। भुसाल माओवादी केन्द्रबाट मन्त्री बनेकी हुन्। विद्युत् प्राधिकरण अन्तर्गत् विद्युत् ट्रान्समिसन लाइन निर्माण एमसीसी परियोजनाको मुख्य क्षेत्र भएकाले सरोकारवाला मन्त्रालयको मन्त्रीको रुपमा उनले एमसीसीको आयोजनाबारे विस्तृत छलफल गरेकी थिइन्।

सुमारका चार प्रस्टीकरण
२०७४ भदौ २९ गते शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच ५०० मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान प्राप्त हुने एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो। यो सम्झौता संसद्‍बाट अनुमोदनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता गराएको थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधि सभाको बैठकमा यो प्रस्तावको बारेमा जानकारीसमेत गराएका थिए।

यो पनि पढ्नुहोस्

फातिमा सुमारसँग अन्तर्वार्ता– ‘नेपालको संसदले एमसीसी सम्झौता अनुमोदन गर्ने या हामीलाई चाहिँदैन भन्ने बेला भयो’शुक्रबार, भदौ २५, २०७८

तर, यो विषय संसद्‍मा अघि बढेन। बरु यो नागरिकस्तरमा बहसको विषय बन्यो जुन अहिले झन् चर्किएको छ। यहीबेला आफ्ना डेपुटी, एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहित काठमाडौं आएकी सुमारले राजनीतिक भेटघाटका क्रममा केही प्रस्टीकरण पनि दिएकी छन्।

१. आवश्यक छ कि छैन नेपालले भनोस् 
काठमाडौंमा भएको भेटका क्रममा एमसीसी उपाध्यक्ष सुमारले नेपाललाई एमसीसीको सहयोग आवश्यक छ कि छैन भनेर प्रस्ट हुन आग्रह गरिन्। उनले आवश्यक भएमा संसद्‍बाट अनुमोदन गर्न, नभएमा पनि एउटा निर्णय लिन आग्रह गरेकी छन्। एमसीसी कार्यान्वयनमा ढिलाइ भइसकेको भन्दै उनले यसबारेमा सबैसँग प्रस्ट धारणा सबैसँग मागिन्।

२. सैन्य रणनीतिसँग कतै जोडिन्न 
फातिमा यसअघि सम्झौताताका पनि नेपाल भ्रमणमा आएकी थिइन्। पछिल्लो समय एमसीसीबारे गलत हल्ला फैलिएको दाबी गर्दै उनले यो कुनै सैन्य रणनीतिको अंग नभएको प्रस्टीकरण दिइन्।

३. हामी बाध्य पार्दैनौं 
भेटका क्रममा सुमारले यो नेपालले आफैं आवश्यक ठानेर सम्झौता गरेको कार्यक्रम भएकाले यसमा दबाब वा बाध्यतामा पार्ने कुनै कुरा नभएको दाबी गरिन्। उनले भेट गरेका सबैलाई यसमा बाध्य भएर आउन नपर्ने कुराको स्मरण गराइन्।

४. संशोधन हुँदैन
सुमारले भेटका क्रममा प्रस्ट रुपमा भनेको अर्को कुरा हो- यो सम्झौता अब संशोधन हुँदैन। उनले सम्झौता कार्यान्वयनमा ढिलाइ भइसकेकाले अब संशोधन हुन नसक्ने प्रस्ट पारेकी हुन्। अर्थमन्त्री जनार्दन शर्माले सोधेका प्रश्नहरुको जवाफसमेत एमसीसीले दिइसकेकाले अब शर्तहरुमा संशोधन माग गर्दा यो कार्यान्वयन हुन नसक्ने उनको भनाइ थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति
राजेन्द्र महतोको साथ छोडेर सुमन सायमी नेकपामा समाहित हुँदै
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ
सम्बन्धित सामग्री
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति पार्टीमा सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका थिए ।  पहिलो चरणमा दुवै पक्षले आआफ्ना कुरा राखेपनि कुनै सहमत... मंगलबार, पुस २९, २०८२
राजेन्द्र महतोको साथ छोडेर सुमन सायमी नेकपामा समाहित हुँदै त्यसै वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि सायमीले प्रतिस्पर्धा गरेका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग... मंगलबार, पुस २९, २०८२
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ उनले भनेका छन्, ‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली काङ्ग्रेसलाई अझ... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
राजेन्द्र महतोको साथ छोडेर सुमन सायमी नेकपामा समाहित हुँदै मंगलबार, पुस २९, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ मंगलबार, पुस २९, २०८२
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्