काठमाडौं– सुनीलकुमार थापा र झरना थापाले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर ४’ चैत २५ गते प्रदर्शन गर्ने घोषणा भएको छ। निर्माताद्वयले सामाजिक सञ्जालमार्फत फिल्म आउँदो चैत २५ गते प्रदर्शन गरिने घोषणा गरेका हुन्।
गत वर्ष नै प्रदर्शन हुने भनिएको फिल्म कोरोना महामारीका कारण रोकिएको थियो। त्यसपछि भदौ १८ गतेलाई तोकिए पनि फिल्म प्रदर्शन हुन सकेको थिएन। कोरोना महामारीसँगै सिनेमा हलमा दर्शक नआउने जोखिमका कारण फिल्मको प्रदर्शन रोकिएको थियो।
अब भने नयाँ वर्ष केन्द्रित रहेर चैत २५ गते फिल्म प्रदर्शन गर्ने घोषणा गरेको झरना थापाले जानकारी दिएकी छन्।
उनले लेखकी छिन्, ‘अब विस्तारै कोरोना कहर पनि कम हुँदै गएको छ। सरकारले सिनेमा हल खोल्ने अनुमति दिएको छ। त्यसै अनुरुप हामीले चलचित्र ‘ए मेरो हजुर ४’ आउँदो चैत २५ गते प्रदर्शन गर्ने निर्णय गरेका छौं।’
‘ए मेरो हजुर’को शृंखलाको रुपमा निर्माण भएको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायत मुख्य भूमिकामा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।