काठमाडौं– बिहीबार बिहान नेपाल आइपुगेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले राजनीतिक भेटवार्ता तीब्र पारेको छ।
हिजै विभिन्न दलका नेतासँग भेटवार्ता गरेको टोलीले आज पनि राजनीतिक भेटघाटलाई निरन्तरता दिने भएको छ।
टोलीले आज एमसीसी कार्यान्वयनको अवस्था तथा अन्य विविध विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछ। टोलीले प्रधामन्त्रीसँग अपराह्न ४ बजे भेट्ने कार्यक्रम तय भएको जनाइएको छ।
काठमाडौं आएलगतै फातिमाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनलकै निवास बालकोट पुगेर भेट गरेकी थिइन्।
बिहीबार नै एमसीसी उपाध्यक्ष फातिमाले नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालसँग भेटेकी छन्
टोलीले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकामल दाहाल ‘प्रचण्ड’सँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।