काठमाडौं– झापामा बसेर रंगकर्ममा सक्रिय रहेका प्रकाश दाहाल चार दिनदेखि बेपत्ता भएका छन्। परिवारले दिएको जानकारीका अनुसार उनी भदौ १९ गते राति ११ बजेबाट बेपत्ता भएका हुन्।
झापाको हल्दिबारी–१ गोल्धापका २७ वर्षीय दाहाल स्थानीय कदम थिएटरमा रंगकर्मसँगै झापाको दमक नगरपालिकामा ‘दाह्री भाइको चिया पसल’ सञ्चालन गरेर बसेका थिए।
१९ भदौमा उनीसँगै सुतेका रंगकर्मीहले उनलाई कोठामा नदेखेपछि परिवारलाई खबर गरेका थिए। दाहालको परिवारका अनुसार आफू सुतेकै कोठामा मोबाइल, चप्पलसँगै आफूले लगाएको कपडासमेत छाडेर कोठाबाट हराएका हुन्।
दाहालको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालय, दमकमा उजुरी दिएको परिवारले जनाएको छ।
दाहाल विगत केही समय यता सक्रिय रुपमा रंगकर्ममा लागेका थिए। उनले दर्जनौं नाटकसँगै नेपाल चलचित्र ‘पशुपति प्रसाद’मा पनि अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।