१) कांग्रेसले संसद् विघटन गरे सदर, एमालेले गरे बदर गर्ने गरेको अदालतप्रति ओलीको आरोप, नक्कली ट्रान्सफर्मर किन्ने व्यक्तिलाई फेरि जिम्मेवारी दिइएको कुलमानप्रति ओलीको टिप्पणी। (अदालतप्रति ओलीको आरोप)
२) एमसीसी अहिलेकै अवस्थामा कुनै हालतमा पारित नहुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दाबी, राष्ट्र र राष्ट्रियतालाई हानी हुनेगरी माओवादीले सम्झौता नगर्ने उल्लेख। (अहिलेकै अवस्थामा एमसीसी पारित हुँदैन : प्रचण्ड)
३) सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट दिए राजीनामा, पार्टी एकताको पक्षमा रहेकाले राजीनामा दिएको शाहको प्रतिक्रिया। (सुदूरपश्चिम सरकारका दुई मन्त्रीले दिए राजीनामा)
४) अफगानिस्तानमा आफ्नो नियन्त्रणमा नआएको पञ्जशीर प्रान्तमाथि तालिबानद्वारा नियन्त्रण कामय, अहिलेपनि आफूहरु ‘सबै रणनीतिक क्षेत्रमा’ उपस्थित रहेको र ‘लडाइँ जारी राखेको’ एनआरएफको दाबी। (तालिबानले पञ्जशीरमा फहरायो झण्डा)
५) र, पपुवा न्यू गिनीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत पहिलो खेलमा रोहित र सोमपालले टारे नेपालको हार, पीएनजीमाथि दुई विकेटको जित। (रोहित र सोमपालले टारे नेपालको हार)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।