काठमाडौं- विश्व कोरोना महामारीबाट तंग्रिन सकेको छैन। झन्, कला क्षेत्र अरु क्षेत्रभन्दा थलिएको छ। महामारीबीच केही फिल्महरु प्रदर्शनमा आए पनि त्यसले राम्रो व्यापार गर्न सकेका छैनन्।
मार्भल स्टुडियोको नयाँ सुपरहिरो फिल्म ‘साङ-ची एण्ड द लिगेण्ड अफ द टेन रिङ्स’ले महामारीबीच प्रदर्शन हुँदा कला क्षेत्रमा आशा जगाएको छ। गत शुक्रबार प्रदर्शनमा आएको फिल्म यो हप्ता दक्षिण अमेरिकामा मात्रै आठ करोड ३५ लाख अमेरिकी डलर बराबरको व्यापार गरेको छ भने विश्वव्यापी रुपमा विश्वव्यापी रुपमा १४ करोड अमेरिकी डलर बराबरको व्यापार गरेको छ।
गत जुलाईमा मार्भलले प्रदर्शन गरेको फिल्म ‘ब्ल्याक विडो’को तुलनामा धेरै सकारात्मक व्यापार यो फिल्मले गरेको छ।
फिल्मलाई डेस्टिन डेनियल क्रिट्टोनको निर्देशनमा बनेको यो फिल्ममा पहिलोपटक एसियन सुपरहिरोलाई देखाइएको छ। फिल्ममा चिनिया मुलका क्यानेडियन अभिनेता सिमु लिउले एसियन सुपर हिरोको भूमिकामा अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।