काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) संखुवासभामा एकै परिवारका छ जनाको हत्या, एक जना जीवितै, जीवित रहेका ९० वर्षीय वृद्ध भन्छन्–६ बजे खाना खाएर सुतेको हुँ, केही थाहा छैन । ( एकै परिवारका छ जनाको हत्या )
२) सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी बन्यो सबैभन्दा ठूलो दल, प्रदेश सभा सदस्यहरुको संख्या १४ पुग्यो, नेकपा एमालेका सांसद अब १० जना मात्रै । ( सुदूरपश्चिममा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल )
३) अर्थमन्त्री जनार्दन शर्माले गभर्नरसँग टेलिफोन वार्ता गरेपछिपछि आइतबार उच्च अंकले घटेको सेयर बजारमा उछाल, १६२ अंकले बढ्यो नेप्से, ४५ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढ्यो । ( सेयर बजारमा उछाल )
४) आफ्नो नियन्त्रणमा आउन बाँकी रहेको अफगानिस्तानको पन्जशिर प्रान्तमा पूर्ण नियन्त्रण कायम गरेको तालिबानको दाबी, तालिबानको दाबी सत्य नभएको विरोधी समूहको प्रतिक्रिया । ( पन्जशिर उपत्यका नियन्त्रणमा लिएको तालिबान दाबी )
५) र, एभरेष्ट प्रिमियर लिगका लागि साविक विजेता ललितपुर प्याट्रीयट्सले भित्र्यायो अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई, तेस्रो विदेशी खेलाडीको रुपमा आजमतुल्लाहलाई अनुबन्ध । ( अफगानिस्तानका ओमरजाईले ललितपुरबाट खेल्ने )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।