काठमाडौं– अनलाइन कम्पनी अलिबाबाले चिनियाँ राष्ट्रपति सि चिनफिङको ‘साझा समृद्धि’ अभियानलाई सघाउने उद्देश्यले १५ अर्ब ५० करोड डलर खर्च गर्ने भएको छ।
रोजगारी सृजनाका १० परियोजना लगानी, संकटापन्न समूहको हेरचाह र प्रविधिको नवप्रवर्तनमा १ खर्ब युआन (१५ अर्ब ५० करोड डलर) खर्च गर्ने भएको अलिबाबाले जनाउको छ।
यसमध्ये १२ अर्ब ५० करोड डलर भने कम्पनीको गृह प्रान्त चचियाङ क्षेत्रमा खर्च गरिने जनाइएको छ।
हालैका दिनमा अलिबाबा, टेन्सेन्टलगायत ठूला चिनियाँ कम्पनीहरुले सामाजिक कल्याण, प्रविधिविकास र सत्तारुढ दलले प्राथमिकतामा राखेका अन्यपक्षमा लगानी गर्ने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।