काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहनप्रति गृह मन्त्रालयको ‘ध्यानाकर्षण’, मित्रराष्ट्रविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र गतिविधिमा संलग्नलाई कारबाहीको चेतावनी । ( भारतीय प्रधानमन्त्रीको पुत्ला दहनप्रति सरकारको ‘ध्यानाकर्षण’ )
२) नेकपा एकीकृत समाजवादीद्वारा नेताहरुको जिम्मेवारी बाँडफाँड, सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेश इन्चार्ज तोकिए, बेदुराम भुसाल महासचिव तोकिए, प्रवक्तामा जगन्नाथ खतिवडा । ( नेकपा एकीकृत समाजवादीद्वारा जिम्मेवारी बाँडफाँड )
३) साताको पहिलो कारोबारको दिन नेपालको पुँजीबजारमा उच्च अंकको गिरावट, १०८ अंकले घट्यो नेप्से, १३ वटा कम्पनीको मूल्यमा नकारात्मक सर्किट । ( पुँजीबजारमा उच्च अंकको गिरावट )
४) अफगानिस्तानको राजधानी काबुलमा तालिबानले बिथोल्यो महिला अधिकारका लागि आयोजित प्रदर्शन, घरबाहिर काम गर्न दिइनुपर्ने तथा सरकारमा सहभागी गराइनुपर्ने माग । ( तालिबानले बिथोल्यो महिलाद्वारा आयोजित प्रदर्शन )
५) र, दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा भारतको जित । दशरथ रंगशालामा आज भएको खेलमा नेपाल २-१ ले पराजित । ( नेपालपराजित )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।