काठमाडौं- अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा रहने फिल्म ‘ग्रीन बर्ड’ निर्माणको घोषणा भएको छ। महिला पात्र प्रमुख भूमिकामा रहने उक्त फिल्म निर्माणको घोषणा शनिबार गरिएको हो।
पन्तसँगै फिल्ममा कमलमणि नेपाल तथा अफ्रान अलि प्रमुख भूमिकामा देखिने छन्। निर्भाना फिल्म स्कुल र योङ स्टार सिनेमाले संयुक्त रुपमा निर्माण गर्ने फिल्ममा समाज र विश्वको ईच्छा विपरीत आफ्नै संसारमा रम्न चाहने युवतीको कथालाई समेटिएको छ।
आउँदो साताबाट चितवनमा छायांकन सुरु हुने फिल्मका लागि हाल कलाकारहरु कार्यशाला लिइरहेको निर्माण पक्षले जनाएको छ। फिल्मको सबै छायांकन चितवनमै हुने बताइएको छ।
भारतमा फिल्म निर्देशन पढेर आएका प्रमोड कँडेलले यसको निर्देशन गर्दै छन्। नेपाली सिने क्षेत्रका लागि उनको यो डेब्यु प्रोजेक्ट हो। फिल्मको कथा तथा पटकथा पनि प्रमोदकै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।