टोकियो पाराओलम्पिक २०२० मा भारतले ५ स्वर्णसहित १९ पदक जितेको छ। आइतबार अन्तिम दिन भारतले ब्याडमिन्टनमा थप २ पदक जितेको हो।
कृष्ण नगरले भारतलाई पाँचौ स्वर्ण दिलाए। फाइनलमा कृष्णले हङकङका चूमान केईलाई पराजित गरेका हुन्। कृष्णले पहिलो सेट २१-१७ ले जितेका थिए। दोस्रो सेटमा केईले पुनरागमन गरे र १६- २१ ले जिते। कृष्णले तेस्रो र निर्णायक सेट २१-१७ ले जितेर स्वर्ण जिते।
यता, नोएडाका सुहास यथिराजले रजत पदक जितेका छन्। फाइनलमा सुहास फ्रान्सेली खेलाडी लुकास माजुरसँग पराजित भए। यो खेल ३ सेटसम्म चलेको थियो। सुहासले पहिलो सेट २१-१५ ले जिते र त्यसपछि उनले दुवै सेट गुमाए। माजुरले पछिल्ला दुवै सेट २१-१५, १७-२१ ले जिते।
ब्याडमिन्टनको मिश्रित युगलतर्फ पलक कोहली र प्रमोद भगतको जोडी फुजीहारा र सुगिनोको जोडीसँग पराजित भयो। यसबाहेक अवनी लेखारा, दीपक र सिद्धार्थ बाबुले पनि ५० मिटर मिश्रित एयर राइफल र ह्वीलचेयरतर्फको विधामा पदक हात पार्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।