काठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।
शुक्रबार केही महिलाहरुले राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले सरकारमा महिलाको सहभागीताको माग गरेको बीबीसीले जनाएको छ।
उनीहरुले बोकेको पर्चामा लेखिएको थियो, 'एक शक्तिशाली मन्त्रिमण्डल जसमा महिलाको पनि उपस्थिति होस्।'
अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि विश्वभरमा तालिबानको शासनमा महिलाको स्थितिलाई लिएर चिन्ता व्यक्त भइरहँदा राष्ट्रपति भवन अगाडि महिलाहरुले प्रदर्शन गरेका हुन्।
एक पर्चामा लेखिएको थियो, 'महिलाको अधिकार पुरुषसँग बराबरी।'
संयुक्त राष्ट्र संघले तालिबानको शोषण, विशेषत महिलामाथि लगाइने प्रतिबन्धसँग जोडिएको विश्वासयोग्य रिपोर्टसँग जोडिने बताएको छ।
यस अघि जब तालिबान शासनमा थियो तब महिलालाई पूरै शरीर ढाक्ने बुर्का लगाउन निर्देशन थियो। यसका साथ दश वर्ष भन्दा धेरै वर्षका बालिकालाई स्कूल जान रोक लगाइएको थियो।
तालिबानले शासन इस्लामी कानुन अर्थात शरिया के मुताबिक हुने जनाएको छ। तर उसले वास्तविक रुपमा यसको अर्थ के हुन्छ भन्ने खुलाएको छैन।
गत महिना चरमपन्थिहरुले महिलालाई उनीहरुको सुरक्षाका लागि घरमा नै बस्न सल्लाह दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।