काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) नेपाली कांग्रेस औपचारिक रुपमा १४औं महाधिवेशनमा प्रवेश, क्रियाशील सदस्यता सूचि प्रकाशित भइसकेका अधिकांश जिल्लामा शुक्रबार वडा तहको अधिवेशन (बल्ल महाधिवेशनको बाटोमा)
२) प्रदेश २ को प्रदेश सभामा नेकपा एकीकृत समाजवादी नेकपा एमाले भन्दा ठूलो दल, एमालेका २१ मध्ये ११ जनाले निर्वाचन आयोगको कार्यालय पुगेर समाजवादीका पक्षमा सनाखत (समाजवादीको प्रभाव)
३) सवारी लाइसेन्सको लिखित परीक्षा पास गरेका र ट्रायलमा फेल भएकाहरुले भदौ २० गतेदेखि ट्रायल दिन पाउने, कोरोनाका कारण गत वैशाख १६ गतेबाट रोकिएको थियो परीक्षा (सवारी लाइसेन्स परीक्षा सुरु)
४) बेलायती विदेशमन्त्री डोमिनिक राबद्वारा तालिबान सरकारलाई मान्यता नदिने घोषणा, अमेरिकाल अफगानिस्तानमा ‘लोकतन्त्र लागू गर्न असफल’ रहेको चिनको टिप्पणी (तालीबानलाई बेलायतले मान्यता नदिने)
५) र, जापानमा जारी टोकियो पाराओलम्पिक २०२० को तेक्वान्दोमा पलेशा गोवद्र्धन रिपिचेजतर्फ फाइनलमा, कास्य पदकका लागि चीनकी युजी लीसँग प्रतिस्पर्धा गर्ने (कास्यनजिक पलेशा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।