काठमाडौं- जापानमा जारी टोकियो पाराओलम्पिक २०२० को तेक्वान्दोमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन रिपेजतर्फ सेमिफाइनलमा प्रवेश गरेकी छिन्।
महिला को ४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन्।
पलेशा पहिलो खेलमै २१–८ ले पराजित भएकी हुन्। पलेशा अब कास्य पदकका लागि भने रिपेचेजमा प्रतिस्पर्धा गर्दैछिन्।
स्वर्ण र रजतको होडबाट बाहिरिसकेकी पलेशाले अब रिपेज सेमिफाइनलमा सर्वियनकी मारिजा मिसेभसँग प्रतिस्पर्धा गर्नेछिन्।
रिपेजतर्फ पलेशाले क्वाटरफाइनलमा अमेरिकी खेलाडीलाई पराजित गरेकी हुन्। उनले ब्रायना सालिनारोलाई १०-० ले पराजित गरिन्।
११ खेलाडीले प्रतिस्पर्धा गरिरहेको तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा प्रवेश पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।