• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
सम्झना

संकटकालमा सेनाका जासुसलाई भट्ट सरको एक कप चिया

64x64
मातृका पोखरेल शनिबार, भदौ १९, २०७८  ०९:१५
1140x725

मैले प्रतिशील साहित्यको कखरा सिक्न थाल्दा साहित्यकार आनन्ददेव भट्ट नेपाली साहित्यमा बौद्धिक वाम व्यक्तित्वका रूपमा चर्चामा हुनुहुन्थ्यो। म कलेज पढ्न विराटनगर पुगेपछि साहित्य अध्ययनको लागि साथीहरूले केही पाठ्यसूची बनाइदिनु भएको थियो। त्यो समय पञ्चायती व्यवस्थाको जगजगी थियो। बोल्न र लेख्न प्रतिबन्ध थियो। त्यस बेला आनन्ददेव भट्टलाई मैले अँध्यारोको जुनकिरीका रूपमा बुझेको थिएँ।

२०४५/४६ सालतिर ‘वेदना’ साहित्यिक त्रैमासिकको पूर्णाङ्क–४५/४७ मा मेरो कविता ‘आकाश! तिमीलाई निम्ता छ’ प्रकाशित भएको थियो। प्रकाशनका दृष्टिले त्यो मेरो तेस्रो कविता थियो। पछिल्लो अङ्कमा आनन्ददेव भट्टज्यूको समीक्षास्तरको एउटा पाठक प्रतिक्रिया छापियो। त्यहाँ उहाँले ‘भाउजू’ कविताको तुलनामा मेरो कविता माथिल्लो कोटीको हो भनेर लेखिदिनु भयो। उहाँले तुलना गर्नुभएको कविता कृष्ण सेन ‘इच्छुक’को थियो।

कृष्ण सेन ‘इच्छुक’ प्रगतिशील कविका रूपमा स्थापित भइसक्नु भएको थियो र विद्यार्थी आन्दोलनमा पनि उहाँको नाम चर्चाको शिखरमा थियो। मलाई स्वयं भने ‘भाउजू’ कविताले निकै आकर्षित गरेको थियो। सिकारु अवस्थामा आनन्ददेव भट्टको त्यो प्रतिक्रियाले साहित्य सिर्जनामा अघि बढ्न मलाई ठूलो प्रेरणा दिएको हुनुपर्छ। व्यक्तिगत रूपमा परिचित हुनुभन्दा अघि उहाँलाई मैले यसरी चिनेको थिएँ।

मातृका पोखरेल

प्रगतिशील लेखक संघ (प्रलेस)को छैटौं राष्ट्रिय सम्मेलनमा भट्ट अध्यक्ष हुनुभयो। मलाई पनि कोषाध्यक्षको रुपमा उहाँको नेतृत्वमा काम गर्ने अवसर मिल्यो। त्यो कार्यकाल हाम्रा लागि निकै कष्टपूर्ण थियो। सङ्कटकालको नाममा प्रगतिशील लेखकहरूलाई जथाभावी गिरफ्तार गरेर बेपत्ता बनाइएको थियोे। त्यही बेला प्रलेसका सदस्य कृष्ण सेन 'इच्छुक'लाई गिरफ्तार गरेर सरकारले हत्या गर्‍यो। 

प्रलेसका महासचिव घनश्याम ढकाल हुनुहुन्थ्यो। केही बाध्यताहरूले गर्दा उहाँ काममा जुट्ने अवस्था थिएन। उहाँको छोरो विजय ढकाललाई त्यही बेला तत्कालीन शाहीसेनाले हत्या गरेको थियो। त्यसैले महासचिव ढकालको जीवन आरोह–अवरोह झेल्दै अप्ठ्यारो अवस्थामा थियो। अध्यक्ष आनन्ददेव भट्टसहित उपाध्यक्ष रुद्र खरेल, सचिव रमेश भट्टराई र मलगायत केही न्यून साथीहरूको सक्रियताले मात्र प्रलेसको अस्तित्व धान्नुपर्ने बाध्यता थियो। अवस्था ज्यादै चुनौतीपूर्ण थियो।

उमेर र स्वास्थ दुवै कारणले हुन सक्छ, भट्ट सर भर्खरै निर्णय गरेका कुराहरू केही समयपछि बिर्सिहाल्नुहुन्थ्यो। त्यसैले उहाँ महत्त्वपूर्ण कुराहरु नोट गरेर बोक्नुहुन्थ्यो। त्यसो गर्दा पनि उहाँको स्मरण शक्तिले हामीलाई ठाउँ–ठाउँमा अप्ठ्यारो पाथ्र्यो। कहिलेकाहीँ त अहिले भनेको कुरा ‘मैले कहाँ भनें, भनेकै छैन’ भनिदिनु हुन्थ्यो। उहाँमा यस्ता समस्या भए पनि काम गर्न जटिलता भने कहिल्यै महसुस भएन। त्यसको मूल कारण थियो, उहाँको नियतमा तिकडमको कुनै गन्ध आउँदैनथ्यो। 

आनन्ददेव भट्ट प्रलेस अध्यक्ष हुँदाको एउटा रोचक घटना म जहिले पनि सम्झिरहन्छु। संकटकालको समय थियो। पूर्ण विराम, नवीन विभास लगायत साहित्यकारहरुलाई राज्यले बेपत्ता बनाएको थियो। उहाँहरुको रिहाइका लागि प्रलेसले पत्रकार सम्मेलन गरेपछि तत्कालीन प्रलेस केन्द्रीय कार्यालय डिल्लीबजारमा एक जना गुप्तचरले निरन्तर निगरानी गर्न थाले। हामीले कार्यालय खोल्न पुग्नेबित्तिकै ती व्यक्ति माथ्लोतलामा रहेको कार्यालय कोठा अघिल्तिर आइपुग्थे।

भट्ट सर कार्यालयमा नियमित जानुहुन्थ्यो। उपाध्यक्ष रुद्र खरेल, सचिव रमेश भट्टराई र म पनि प्रायः जान्थ्यौँ। भट्टसर चिया मगाउँदा ती गुप्तचरलाई पनि बोलाएर खुवाउनुहुन्थ्यो। उहाँ ती मान्छेसँग भन्नुहुन्थ्यो, ‘ल आउनुस्, चिया खाउँ भाइ। तपाईंलाई हामीले चिनेकै छौं। तपाईं पनि हाम्रो दाजुभाइ त हो नि।’ केही नबोली साह्रै अप्ठ्यारो मान्दै ऊ कोठाभित्र पसेर ढोकाको छेउमा अढेस लागेर बस्थ्यो र चिया खान्थ्यो। चिया खाउन्जेल ऊ हाम्रो अनुहारतिर हेर्दै हेर्दैनथ्यो।  

Ncell 2
Ncell 2
nimb
nimb

त्यसरी दुई तीन पटक चिया खायो। त्यसपछि उसलाई निकै अप्ठ्यारो लागेछ क्यार, हाम्रो कोठा अघिल्तिर बस्नै छाडिदियो। सायद तल सडकतिर कतै बसेर हाम्रो निगरानी गर्थ्यो।

मातृका पोखरेल, आनन्ददेव भट्ट र निनु चापागाईं।

भट्ट सर नयाँ र पुरानो पुस्ताको राम्रो सम्बन्धसेतु हुनुहुन्थ्यो। पुरानो पुस्ताबाट नयाँ पुस्ताले सिक्नुपर्ने विषयमा पनि सचेत हुनुहुन्थ्यो। मलाई एउटा घटनाको राम्रो र प्रेरणादायी याद छ। उहाँ अध्यक्ष भएकै कार्यकालमा प्रलेसले विराटनगरमा एउटा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम सकिएपछि उहाँले मलाई ‘तपाईंलाई लिएर एक ठाउँमा लिएर जानुछ’ भन्नुभयो र धरान लिएर जानुभयो। त्यस रात हामी पूर्वका प्रसिद्ध कम्युनिस्ट बुद्धिजीवी बीए कृष्ण श्रेष्ठको घरमा बस्यौं। 

आनन्ददेव भट्टसँग बीए कृष्ण श्रेष्ठसँगको त्यो रातभरको छलफल र चर्चा मैले सुन्ने मौका पाएँ। उहाँहरूबीचको त्यो छलफल र चर्चाले पूर्वको कम्युनिस्ट र साहित्यिक आन्दोलन बुझ्न मलाई धेरै मद्दत पुग्यो। भोलिपल्ट बिदा हुने बेलामा भट्टज्यूले मलाई भन्नुभयो– ‘बेलाबेलामा आएर उहाँलाई भेट्दै गर्नुहोला।’ त्यसपछि हामी काठमाडौं फर्कियौँ।

प्रलेस साझा संगठन थियो र अहिले पनि त्यही स्वरूपमा क्रियाशील छ। उहाँले प्रतिनिधित्व गर्नुभएको धार र मैले प्रतिनिधित्व गरेको धार बेग्लाबेग्लै थिए। कतिपय मतमतान्तर हुने विषय भए पनि उहाँको चोखो र निष्कलंक स्वभावले काममा कुनै बाधा पुग्दैनथ्यो। आफूलाई लागेको विषय उहाँलाई सहमत गराउन सक्यो भने त्यो कुरामा आफैं बहस गरिदिनु हुन्थ्यो।

उहाँले प्रतिनिधित्व गर्नुभएको धार र मैले प्रतिनिधित्व गरेको धार बेग्लाबेग्लै थिए। कतिपय मतमतान्तर हुने विषय भए पनि उहाँको चोखो र निष्कलंक स्वभावले काममा कुनै बाधा पुग्दैनथ्यो। आफूलाई लागेको विषय उहाँलाई सहमत गराउन सक्यो भने त्यो कुरामा आफैं बहस गरिदिनु हुन्थ्यो। 

भट्ट कपटरहित मानिस हुनुहुन्थ्यो। नयाँ पुस्ताले मात्र नभएर नेपालको राजनैतिक आन्दोलनका नेताहरूले समेत उहाँबाट सिक्नुपर्ने आचरणको पाटो महत्वपूर्ण छ। त्यसो भए राष्ट्रका लागि धेरै ठूलो फाइदा हुन्छ। कपट, षड्यन्त्र र घमन्डको कुनै गन्ध नआउने एउटा फरक  मानिससँग त्यसबेला मैले लगातार तीन वर्ष सङ्गत गर्ने अवसर पाएँ। उहाँअघि कमरेड निर्मल लामाले यस्तै निश्चल मान्छेको रूपमा मेरो मानसपटलमा छाप छोड्नुभएको थियो। 

प्रलेसको त्यो  कार्यकालपछि २०६२/६३ को जनआन्दोलनमा भट्ट सर लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चको अध्यक्ष सभाको सदस्य हुनुहुन्थ्यो। म त्यसको सचिव थिएँ। त्यसबेला उहाँ वृद्धअवस्थामा पुग्नुभएको थियो। तर, राजा ज्ञानेन्द्रको निरङ्कुशताविरुद्ध सडकमा हुने प्रत्येक कार्यक्रममा उहाँको जाँगर कुनै युवाको भन्दा कम हुँदैनथ्यो। उहाँलाई सम्झिँदा अहिले पनि मलाई उत्साह पैदा भएको बोध हुन्छ। 

भट्ट सर कम्युनिस्ट आन्दोलनका अहिलेका कार्यकर्ताले आम रूपमा भोग्ने गरेको ‘खासखुसे संस्कृति’बाट पूर्णतया पृथक हुनुहुन्थ्यो। खासखुसे संस्कृतिले गुट बनाउँछ। गुटले सत्यतथ्यको खोजी गर्दैन। उहाँजस्तो निश्चल मान्छेहरूको पुस्ताले हुर्काएको नेपालको कम्युनिस्ट आन्दोलनमा कहाँबाट ऐंजेरु पलाउन सुरु गर्‍यो, यो समीक्षाको विषय हो।

मलाई लाग्छ आनन्ददेव भट्ट बनावटी कम्युनिस्ट नभएर ‘अर्ग्यानिक’ कम्युनिस्ट हुनुहुन्थ्यो। सच्चा बौद्धिक कम्युनिस्टले फरक विचार राख्ने मानिससँग सिँगौरी मात्र खेल्न खोज्दैन, छलफल र संवाद गरेर सत्यको नजिक पुग्न खोज्छ। यहीँनेर  आनन्ददेव भट्ट आम कम्युनिस्टहरूको भिडमा नितान्त पृथक देखिनुहुन्थ्यो।

विशिष्ट वाङ्मयसेवी एवं वरिष्ठ पत्रकार भैरव रिसालले प्रत्येक भेटमा मसँग भनिरहनु हुन्थ्यो, ‘आनन्ददेव भट्टले नेपालको प्रगतिशील साहित्यलाई संगठित गर्ने काममा धेरै महत्त्वपूर्ण काम गर्नुभएको छ। प्रलेसले उहाँको कदर गर्न नबिर्सियोस्!’ हाम्रो पुस्ताले भट्ट सरको योगदान धेरै सुन्यो पनि। भैरव रिसालको यो सल्लाहलाई उचित ठानेर प्रलेसले गत वर्ष असोजमा उहाँको अभिनन्दन गरेको थियो।

उहाँको ८४औं जन्मोत्सवको अवसरमा प्रलेसको मूल आयोजना र अन्य ८५ साहित्यिक संघ संस्थाको सह–आयोजनामा राजधानीमा भव्य अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको थियो। उहाँको ८५औं जन्मदिनमा सार्वजनिक गर्ने योजनाका साथ करिब ६५० पेजको अभिनन्दन ग्रन्थको तयारी अन्तिम चरणमा पनि पुगेको थियो। त्यो अभिनन्दन ग्रन्थ हामीले उहाँलाई देखाउन सकेनौं। गएको १४ भदौमा उहाँ हामीबाट सदाका लागि बिदा हुनुभयो। 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मातृका पोखरेल
लेखकबाट थप
संकटकालमा सेनाका जासुसलाई भट्ट सरको एक कप चिया
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबार, भदौ २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ २०, २०८३
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्