काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) नेपाली कांग्रेसका संस्थापन इतरका नेताहरुले सभापतिमा एउटा मात्रै उम्मेदवार हुने घोषणा, एकसाथ रहेको सन्देश दिन वडातहको अधिवेशन सुरु हुनु एकदिन अघि संयुक्त पत्रकार सम्मेलन (संस्थापन इतर एक ठाउँ)
२) दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा कूटनीतिक पहल गर्न गृह मन्त्रालयले पठायो परराष्ट्र मन्त्रालयलाई पत्र, भारतीय पक्षले तुइन खुस्काएपछि भएका थिए बेपत्ता (आन्तरिक पत्राचार)
३) नेपालमा थप २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, देशभरका विभिन्न ठाउँमा गरी १६ जना कोरोना संक्रमितको मृत्यु (कोरोना संक्रमण)
४) संयुक्त राज्य अमेरिकाको न्यूयोर्क र न्यूजर्सीमा आएको आँधी र बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु, दुवै राज्यका गभर्नरले गरे आपतकालको घोषणा (अमेरिकामा आँधी)
५) र, क्रिष्टियानो रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी, इरानका अलि दाइको १०९ गोलको कीर्तिमानीलाई व्यक्तिगत १११ गोल गर्दै तोडे (रोनाल्डो सर्वाधिक गोलकर्ता)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।