काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध नेकपा एमालेद्वारा सर्वोच्च अदालतमा रिट दर्ता, लुम्बिनीका सभामुखको निर्णय पनि गैरकानुनी भएको जिकिर (अदालतको शरणमा एमाले)
२) कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका क्रममा रोक लगाइएका सबै व्यवसायहरु अब सञ्चालन गर्न पाइने, भोलिदेखि फिल्म हल पनि खोल्न मिल्ने (खुकुलो बन्दै निषेधाज्ञा)
३) प्रदेश १ का १० जना एमाले सांसदले रोजे एकीकृत समाजवादी, मुख्यमन्त्री भीम आचार्य ६ दिनमै अल्पमतमा, (संकटमा मुख्यमन्त्री भीम आचार्य)
४) आफ्ना नागरिकलाई आफगानिस्तानबाट निकाल्न बेलायतले तालिबानसँग थाल्यो वार्ता, अफगानिस्तानबाट ल्याइएका १७ हजारमध्ये ५ हजार भन्दा धेरै बेलायती नागरिक रहेको दाबी (बेलायत–तालिबान वार्ता)
५) र, भारतविरुद्ध बराबरीका लागि नभई जित्नकै लागि खेल्ने नेपाली फुटबल प्रशिक्षक अल्मुताइरीको दाबी, भविष्य हेरेर खेल्ने भनाइ (भारतलाई हराउने प्रशिक्षकको दाबी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।