• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
प्रकाशकीय

पाँचौं वर्ष प्रवेश र थपिएको जिम्मेवारी

64x64
अनिल न्यौपाने बुधबार, भदौ १६, २०७८  ०८:३७
1140x725

डिजिटल माध्यममा विश्वसनीय पत्रकारिता गर्ने लक्ष्यसहित सुरु भएको नेपाल लाइभ आजदेखि पाँचौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा हामी हाम्रा प्रिय पाठक, दर्शक र स्रोतासँग खुसी साट्न चाहन्छौं। विश्वसनीय डिजिटल पत्रिका बन्ने उद्देश्यमा हामी निरन्तर अघि बढिरहेका छौं र धेरै हदसम्म त्यसलाई हासिल गर्न सफल पनि भएका छौं।

अत्यन्त प्रतिस्पर्धात्मक बन्न पुगेको आजको डिजिटल पत्रकारिताको दुनियाँमा विश्वसनीयता आर्जन गर्नु स्वयंमा चुनौतीपूर्ण कार्य थियो, र छ। तपाईंहरुको माया, विश्वास र निरन्तरको खबरदारीले हामीलाई त्यसतर्फ डोर्‍याउन मद्दत पुर्‍याएको छ।

यसबीचमा हामीले आर्जन गरेको सबैभन्दा ठूलो सम्पत्ति नै तपाईंहरुको यही माया, विश्वास र निरन्तर खबरदारी हो। यसले नै हामीलाई थप जिम्मेवारीबोध गर्न र लक्ष्यमा अघि बढ्न अहं भूमिका खेलेको छ। हामी तपाईंहरुबाट सधैँ यस्तै सद्‍भाव र खबरदारीको अपेक्षा गर्दछौं।

समय सहज छैन। एकातिर दुनियाँभर जनस्वास्थ्यदेखि अर्थतन्त्रसम्मको मुख्य संकट बनेको कोरोना महामारीको कहर छ। अर्कोतर्फ हामीले चाहेको राजनीतिक स्थिरता र त्यसमार्फत् सुनिश्चित हुने आर्थिक विकासको सपना अलमलिएको छ। प्रत्येक नेपालीले देख्न खोजेको परिवार, समाज र देशको समृद्धिको सपनामाथि प्रहार बढ्दो छ।

हामीले यात्रा सुरु गर्दा संविधानसभाबाट भर्खरै संविधान जारी भएको थियो। त्यो संविधानलाई फक्रिने वातावरण चाहिएको थियो। संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कैयौं पूर्वाधार तयार पार्नु थियो। चार वर्षपछि आइपुग्दा देश संविधान कार्यान्वयनको बाटोमा त अघि बढ्यो, तर राजनीतिक नेतृत्वको सनक, अकर्मण्यता र निहित स्वार्थले संविधान नै आक्रमणको तारो बन्यो। अब संविधानको रक्षा र यसमार्फत् लोकतान्त्रिक ‘स्पेस’को जगेर्ना गर्नु हामी सबैको जिम्मेवारी बन्न पुगेको छ।

Ncell 2
Ncell 2

हामी आफ्ना प्रतिबद्धतामा प्रस्ट छौं। हामीले सुरुआतमै भनेका थियौं- लोकतन्त्र, मानव अधिकार, विधिको शासन, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता, सुशासन, सीमान्तकृतहरुका सरोकार, समावेशी शासन, खुला बजार अर्थनीति र न्यायपूर्ण समाजको पक्षधरका रुपमा आफूलाई उभ्याउनेछौं। त्यसका निम्ति हामी स्पष्ट पक्षधरता लिनेछौं। त्यो प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छौं।

हामीले सुरुआतमै भनेका थियौं- लोकतन्त्र, मानव अधिकार, विधिको शासन, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता, सुशासन, सीमान्तकृतहरुका सरोकार, समावेशी शासन, खुला बजार अर्थनीति र न्यायपूर्ण समाजको पक्षधरका रुपमा आफूलाई उभ्याउनेछौं। त्यसका निम्ति हामी स्पष्ट पक्षधरता लिनेछौं। त्यो प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छौं।

 

यसबीचमा हामीले शासकीय महत्त्वाकांक्षाको चरम रुप देख्यौं। नागरिकको सबैभन्दा उच्च प्रतिनिधिमूलक संस्थाको दुई-दुई पटक अवसान गराउने प्रयत्न देख्यौं। जनअपेक्षाविपरीत शासन सञ्चालनको अभ्यास देख्यौं। अध्यादेश-राजका आडमा शासन चलाउने अराजकता देख्यौं, देखिरहेछौं। नागरिकले निकै लामो संघर्षपछि संविधानमा लिपिबद्ध गरेका अधिकार र मौलिक हकलाई खोस्ने अभीष्ट राखिएका कैयौं कानुन ल्याउने जिरह देख्यौं। यी र यस्ता प्रयत्नहरुमाथि हामीले प्रश्न गरिरह्यौं। सबल न्यायपालिका, सचेत जनमत र प्रश्न गर्ने नागरिकदेखि सञ्चार जगतसम्मको प्रयत्नबाट ती अभीष्ट पराजित भएको पनि हेर्‍यौं।

हामीलाई थाहा छ, यस्ता प्रयत्न फेरि पनि हुनसक्छन्। संविधान, लोकतन्त्र र जनमतमाथि हुने यस्ता प्रहारविरुद्ध हामी निरन्तर खबरदारी गरिरहनेछौं।

सारा दुनियासँगै हामी पनि कोरोना महामारीसँग जुध्न थालेको डेढ वर्ष नाघिसक्यो। यसबीचमा खोपको उपलब्धता र आपूर्ति बढिरहेको छ। तर, यो कहर हाम्रो जनस्वास्थ्य र अर्थतन्त्रले कहिलेसम्म ब्यहोर्नुपर्छ भन्ने टुंगो छैन। यसको मारमा अर्थतन्त्रका सबै अवयव परेका छन्, सञ्चार जगत परेको छ र हामी पनि परेका छौं। 

एक दिन यो संकटको अन्त्य अवश्यंभावी छ, अनि राम्रा दिनको सुरुआत पनि अवश्यंभावी छ। यही आशाले हामीलाई जस्तोसुकै कठिन परिस्थितिसँग जुध्ने साहस दिएको छ। त्यसैले हामी यो विघ्न प्रतिकूलतासँग जुध्दै आफ्नो लक्ष्यमा अघि बढिरहेका छौं। र, अनेक प्रतिकूलताकै बीच सम्भावनाहरुको खोजी गरिरहेका छौं। नेपाल लाइभका पाठक, दर्शक र स्रोतासँगै हाम्रा विज्ञापनदाताहरुप्रति पनि हामी उत्तिकै आभारी छौं, जसले हामीलाई जस्तोसुकै प्रतिकूल समयमा पनि अगाडि बढ्ने आँट दिनुभएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अनिल न्यौपाने
लेखकबाट थप
प्रकाशकीय : नेपाल लाइभ छैटौँ वर्षमा
पाँचौं वर्ष प्रवेश र थपिएको जिम्मेवारी
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्