१) मंगलबारदेखि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचन आयोग पुगेर थाले दल रोज्न, लुम्बिनी र गण्डकी प्रदेशमा एमालेबाट एकीकृत समाजवादी रोज्नेको संख्या शून्य (दल रोज्दै जनप्रतिनिधि)
२) एक महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर बुधबारदेखि उठाइने, सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने चेतावनी (उपत्यकाको फोहर उठ्दै)
३) १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा, प्रदेश सभामा बहुमत गुमाएपछि विपक्षी दल कांग्रेसद्वारा राजीनामा माग (अष्टलक्ष्मी अल्पमतमा)
४) तालिबानले सत्ता कब्जा गरेर अमेरिकी सेना फिर्ता भएसँगै ओसामा बिन लादेनका पूर्वसुरक्षा प्रमुख अफगानिस्तान फर्किए, अमीन उल हक घर फिर्ता भएको एक भिडियो सार्वजनिक (बिन लादेनका सुरक्षा प्रमुख अफगानस्तानमा)
५) र, भुटानका ब्याट्सम्यान रन्जुङ मिक्यो दोर्जीले ललितपुर प्याट्रियसबाट ईपीएल खेल्ने, भुटानबाट ईपीएल खेल्ने पहिलो खेलाडी बने दोर्जी, इंग्ल्याण्डका एलेक्स ब्लेक यसअघि नै अनुबन्ध (ईपीएलमा भुटानी खेलाडी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।