काठमाडौं– लुम्बिनी प्रदेशमा नेकपा एमालेका १ जना प्रदेश सभा सदस्य (सांसद)ले नेकपा एकीकृत संयुक्त रोजेकी छन्। एमाले प्रदेश सभा सदस्य रमा घर्ती मगरले एकीकृत समाजवादी रोजेकी हुन्।
घर्ती समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पाल्पाबाट निर्वाचित सांसद हुन्। घर्तीले मंगलबार दाङस्थित निर्वाचन आयोगको लुम्बिनी प्रदेश कार्यालय पुगेर एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएकी हुन्।
आयोगका निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ।
नेकपा एमालेको आन्तरिक विवाद चर्किरहेका बेला माधव कुमार नेपाल पक्षमा रहेका अर्का प्रदेश सभा सदस्य बिष्णु पन्थी भने एमालेमै रहेका छन्।
तर, घर्तीले भने अरु केही सांसद पनि एमालेबाट एकीकृत समाजवादीमा आउने तयारीमा रहेको दाबी गरेकी छन्। तर, उनले एमाले छाडेर एकीकृत समाजवादीमा आउने तयारीमा रहेका सांसदको नाम भने खुलाइनन्।
एमाले विभाजन गरी एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन गरी लोकतान्त्रिक समाजवादी गठन भएपछि निर्वाचन आयोगले एमाले र जसपाका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्ने समय दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।