• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

फुटबलले टिकाएको बार्सिलोनाको राजनीति 

64x64
नेपाल लाइभ मंगलबार, असोज १७, २०७४  ०५:३५
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

स्पेनले सन् २०१० को विश्व कप जितेपछि बार्सिलोनाको सडकमा १० लाखभन्दा बढी मान्छे सडकमा उत्रिए। अझ टेलिभिजनको भनाइ पत्याउने हो भने, स्पेनले विश्व कप जितेको रात क्याटालानको राजधानी बार्सिलोनामा रातो र पहेँलो रङ मिश्रित स्थानीय झन्डा फहराउँदै र स्वतन्त्रताको गीत गाउँदै १४ लाख मानिस बाटोमा ओर्लिएका थिए। यो परेडमा सर्वसाधारण मात्र नभइ, बार्सिलोना क्लबका पूर्व अध्यक्ष जोअन लापोर्टा पनि सम्मिलित थिए। 

सबैलाई लागेकाे थियाे, बार्सिलोनाको मुख्य बाटोमा जम्मा भएका क्याटालानहरुको त्यो भीड स्पेनले पहिलोपल्ट विश्व कप जितको खुसी मनाउन जम्मा भएका होलान्।  त्यस्तो थिएन। त्यो भीड म्याड्रिड (स्पेन) ले लागू गरेको क्याटालोनीयाको स्वतन्त्रतासम्बन्धी नयाँ विधेयकको विरोधमा थियो। 

बहुसंख्यक क्याटालानबासी स्पेनबाट पूर्ण स्वतन्त्रता चाहन्छन्। केहीको तर्क छ, स्पेनबाट थप स्वतन्त्रता लिन सकिन्छ। यी दुई तर्कबीच बार्सिलोनामा अझ पनि मतभिन्नता यथावत् छ। 

यिनै मुद्दाबीच एकपल्ट फेरि स्वतन्त्रताको माग राख्दै क्याटालानहरु आइतबार जनमत संग्रहमा सहभागी भए। तर, स्पेनको अदालतले यसलाई गैरकानुनी घोषणा गरेपछि बार्सिलोनाको स्थिति अहिले तनावपूर्ण छ। 

बार्सिलोना क्लबलगायत स्पान्योल, गिरोना क्लबले जनमत संग्रहको स्वागत गरिसकेका छन् र उनीहरुले स्पेनी प्रशासनबाट भएको दमनको विरोधमा संयुक्तरुपमा उत्रिने एकवद्धता जनाइसकेका छन्। 

सात वर्षअघि स्पेनले विश्व कप जित्दा देश उत्सवमा रमाउँदै थियो। तर, क्याटालेनियाका सबै शहर विरोधमा उत्रियो। 

बार्सिलोना र म्याड्रिड बेलफास्ट (उत्तरी आयरल्यान्ड), बेरुत र बगदादजस्तै धर्मका नाममा बाँडिएका होइनन्। बार्सिलोना आफ्नो पहिचानका लागि धेरै अगाडिदेखि लडिरहेको छ। त्यसैले स्पेनको राजधानीस्थित रियल म्याड्रिड क्लब हराहारीमा बलियो, संगठित र धनी समर्थक रहेको बार्सिलोनाबासीमा स्पेनको विश्वकप विजयले खासै उत्साह थप्न सकेको थिएन। उल्टै उनीहरु यसको विरोधमा उभिए। 

बार्सिलोना क्लबका कारण क्याटालानका अगाडि बलियो आर्थिक मुद्दा छ। विगत दुई दशक स्पेनलाई युरोपका धनी राष्ट्रले आर्थिक मुद्दामा सहयोग गरेजस्तै क्याटालोनियाले आफ्नो दक्षिणी स्पेनको गरिब बस्तीमा बृहत् अनुदान दिँदै आइरहेको छ।  

यी दुई शहरको विवाद अर्थ र राजनीतिमा मात्र सीमित छैन। स्पेनभाषी र क्याटालानबीचको अधिकारको लडाइँ फुटबलमा पनि देखिने गर्छ। बार्सिलोना क्लबमा दुई कार्यकाल बिताएर राजीनामा गरेका पूर्व अध्यक्ष लापोर्टा क्याटालानहरुको लडाइँमा होमिएका छन्। उनले धेरै अघि भनेका थिए, ‘मेरो लागि स्पेनको राष्ट्रिय टोली इंग्ल्यान्ड र फ्रान्सजस्तै हो। त्यसैले स्पेनले जित्नु र हार्नुले मेरो संवेदनामा कुनै असर पर्दैन।’

स्वतन्त्रताको लडाइँमा बार्सिलोना क्लब क्याटालोनीयाका लागि सबभन्दा मजबुत हतियार मानिन्छ। पछिल्लो समय एउटा जिज्ञासा पनि उठेको थियो– इंग्ल्यान्डबाट स्कटल्यान्डले स्वतन्त्रता पाएजस्तै क्याटालोनियाले स्पेनबाट पूर्ण स्वतन्त्रता पाएको खण्डमा यस क्षेत्रको फुटबल भविष्य के हुन हो?

अन्तर्राष्ट्रिय कानूनलाई आधार मान्ने हो भने, स्वतन्त्रता पाएको अवस्थामा बार्सिलोनाले स्थानीय क्याटालान लिगमात्र खेल्न पाउनेछ। तर, क्याटालानहरुको तर्क अर्कै छ, ‘एस मोनाकोले फ्रान्सको डिभिजन लिग खेलेजस्तै आफूले पनि स्पेनको प्रिमेरा लिगा खेल्न किन नपाउने?’ 

उनीहरुको यो भनाइलाई स्पेनी अधिकारीले यसो भन्दै खारेज गर्दै आइरहेका छन्, ‘एस मोनाकोको मुद्दा विशेष परिस्थितिको उपज हो। त्यसैले, क्याटालानहरुको भनाइमा कुनै विश्वस्त आधार छैन।’ 

यसको मतलब, स्पेनबाट स्वतन्त्रता माग गरिरहेको बार्सिलोना र बार्सिलोनाजस्तै स्वतन्त्र अस्तित्वका लागि लडिरहेको क्याटालोनियाका अन्य क्लबले स्वतन्त्रता पाएको खण्डमा विश्वकै सर्वाधिक चर्चित र महंगो मानिने प्रिमेरा लिगा खेल्ने हैसियत गुमाउने छन्। जसको प्रत्यक्ष असर यहाँको फुटबलमा पर्ने स्पष्ट देखिन्छ। 

उदाहरणका लागि धेरै टाढा गइरहनुपर्दैन। युगोस्लाभियाकै उदाहरण लिन सकिन्छ। युगोस्लाभिया कुनै बेला विश्व फुटबलकै बलियो देश मानिन्थ्यो। यहाँका थुप्रै क्लबले युरोपेली लिगमा आफ्नो छाप छाडेका थिए। तर, अहिले खण्डित अवस्थामा युगोस्लाभिको चर्चित रेड स्टार बेल्ग्रेड क्लबको अस्तित्व खोज्न सबैलाई गाह्रो परिरहेको छ। यो क्लब युरोपेली स्तरमा आउन स्थानीय ग्रामीण क्लबसित फुटबल खेल्न व्यस्त देखिन्छ। बेल्ग्रेड क्लबजस्तै थुप्रै बाल्कन देश आफ्नै घरेलु लिगमा गुमनाम बन्न पुगेका छन्। 

क्याटालोनीयाले स्वतन्त्र अस्तित्व पाएको खण्डमा यहाँको स्थानीय लिगको हालत कस्तो होला? यो प्रश्न अहिले सबैका लागि सोच्ने विषय बनेको छ। यस्तै भए बार्सिलोनाको औसत दर्शक ७९ हजारमा झर्नेछ। स्पान्योल ३१ हजार, जिम्यास्टिक टारागोना ६ हजार, गिरोना ४ हजार, लिइडा ३ हजार र बार्सिलोनाको ‘बी’ टिम १ हजार ५ सय हुँदै पाल्मासदेखि टेरासाजस्ता फुच्चे क्लबको हालत कस्तो होला? वास्तवमै यो अनुमान गर्न गाह्रो छ।

राष्ट्रवादीहरु म्याड्रिड र बार्सिलोना छुट्टिएको खण्डमा दक्षिणी फ्रान्स र बालेरिक समुन्द्री तटस्थित भालेन्सियामा क्याटालोनीयाको बर्चश्व रहने भविष्यवाणी गर्छन्।  
स्कटल्यान्ड वा वेल्सजस्तै छुट्टै स्वतन्त्र राज्यको हैसियत चाहन्छ, क्याटलोनिया। फुटबल प्रतिभाले भरिएको यो क्षेत्र छुट्टै स्वतन्त्र राष्ट्रका रुपमा गठन भए राष्ट्रिय टोली तयारीमा कुनै चुनौती नआउने धेरैको ठम्याई छ। 

अहिले स्पेनको राष्ट्रिय टोलीलाई हेर्ने हो भने पनि क्याटालोनियाको छुट्टै टोली निर्माण गरे यो विश्वकै बलियो टोलीमा दरिने कुरामा दुई मत छैन्। 

क्याटालोनियामा ७५ लाख मान्छे बसोबास गर्छन्। त्यसमध्ये २० लाख क्याटालोनियाका स्थायी बासिन्दा होइनन्। पछिल्लो समय क्याटालोनियावादलाई परास्त गर्न पूर्व शासक फ्रान्कोले यस क्षेत्रमा स्पेनबासीको बसोबास तीब्र पारेका थिए। अहिले यो क्षेत्रमा २–३ पुस्तादेखि बसोबास गर्दै आएका स्पेनभाषी छन्। 

यति हुँदाहुँदै पनि फुटबल मैदानमा क्याटालोनियाको कुनै जवाफ छैन। क्याटालोनीयाको छुट्टै राष्ट्रिय टोली निर्माण भए डिफेन्समा पिके, जोर्डी अल्बा, एलेक्स भिडाल। मिडफिल्डमा जाभी, बस्क्युट्स, फाब्रेगास, सर्जी रोबेर्टो। फरवार्ड लाइनमा गेरार्ड डिउलोफेउ रहने छन्। 

यो अनुमान नेदरल्यान्ड्सका योहान क्रायफको निधनअघि नै सत्य सावित भएको भए उनी क्याटालोनियाको प्रशिक्षक बन्ने थिए। किनकि, उनकै प्रेरणाले बार्सिलोना अहिले ‘टोटल फुटबल’ खेल्दैछ।

प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४  ०५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मकवानपुरमा माइक्रोबस दुर्घटना : चालकसहित १० जनाको मृत्यु, ५ घाइते
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
सम्बन्धित सामग्री
सडक दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु उनीहरुको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुधबार, कात्तिक २५, २०८३
घरको वनमौरी घारबाट निस्केको मौरीले टोकेपछि बेहोस थारुको उपचारका क्रममा मृत्यु मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दियामा पु-याइएको छ । बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ कुटपिटमा संलग्न रहेको आरोपमा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बुधबार, कात्तिक २५, २०८३
ताजा समाचारसबै
मकवानपुरमा माइक्रोबस दुर्घटना : चालकसहित १० जनाको मृत्यु, ५ घाइते बिहीबार, कात्तिक २६, २०८३
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु बिहीबार, कात्तिक २६, २०८३
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बिहीबार, कात्तिक २६, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? बुधबार, कात्तिक २५, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्