काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) ओली सरकारले ल्याएको बजेट सच्याउने सत्ता गठबन्धनको निर्णय, तुइन प्रकरणमा प्रष्ट पार्न र भारतीय पक्षसँग भइरहेको कुराकानीबारे सार्वजनिक रुपमा जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग । ( सत्ता गठबन्धनको निर्णय )
२) पाँच दिनदेखिको निरन्तर वर्षाका कारण आइतबार बेलुकीसम्म नौ जनाको मृत्यु, ९० हजार प्रभावित, दर्जनभन्दा बढी सडक अवरुद्ध, पहिरोले बुटवलमा ७ घर पुरिए, १५ घरमा क्षति । ( निरन्तरको वर्षाका कारण देशभर बाढीपहिरो )
३) कम्युनिस्ट पार्टीको नाममा बदनाम ओली सरकार ढल्यो भनेर आँसु बगाउन जरुरी नभएको झलनाथ खनालको टिप्पणी, ओलीको सरकार ढल्नुलाई निरंकुशता पराजयको रुपमा व्याख्या । ( झलनाथ खनालको टिप्पणी )
४) अमेरिकामा आँधी ः ७ लाख ५० हजार बढी घरमा बिजुली काटियो, समुन्द्र तट बाहेक बाहिरी क्षेत्रमा पनि क्षति पुग्न सक्ने भन्दै सचेत बन्न राष्ट्रपतिको आग्रह । ( अमेरिकामा आँधी )
५) र, जिम्बावेका टि–२० कप्तान सिकन्दर राजाले विराटनगर वारियर्सबाट एभरेष्ट प्रिमियर लिग खेल्ने, वारियर्सले सामाजिक संजालमार्फत सार्वजनिक ग¥यो पहिलो विदेशी खेलाडीका रुपमा राजाको नाम । ( सिकन्दरले इपिएल खेल्ने )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।