• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बढुवाका आकांक्षीको ‘लबिइङ’मा फेरि सुरु भो एआइजी थप्ने खेल

64x64
नारायण अधिकारी सोमबार, भदौ १४, २०७८  २०:१६
1140x725

काठमाडौं– स्वार्थको कोपभाजनमा पर्दै आएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्न फेरि चलखेल सुरु भएको छ। पूर्ववर्ती केपी शर्मा ओली सरकारले बढाएर पाँच पुर्याएको एआइजीको दरबन्दीलाई थप गरी कम्तीमा १० सम्म पुर्‍याउनु पर्ने भन्दै प्रहरीकै उच्च अधिकारीहरु नै लबिइङमा लागेका छन्। 

एआइजी दरबन्दी थप गर्न प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वे (ओएण्डएम) गर्नुपर्छ। एआइजीको दरबन्दी थपका लागि प्रहरी प्रधान कार्यालयसमेत अहिले इच्छुक देखिएको छ। करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीमा थप पाँचजना एआइजीको दरबन्दी अपुग भएको र कम्तीमा पनि १० एआइजीको दरबन्दी पुर्‍याउनुपर्ने जोडबलमा प्रहरी प्रधान कार्यालयका अधिकारीहरुसमेत लागेका छन्। 

प्रहरीका अधिकारीहरुको यस्तो लबिइङका पछाडि बढुवा हुन चाहनेहरुको रुचि मुख्य कारण बनेको छ। र, त्यसमा गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेत सहमत रहेको उनीहरु बताउँछन्। तर, सत्ता गठबन्धनका दलहरुले एआइजीको दरबन्दी थपका लागि अहिले नै सहमति नजनाएकाले प्रक्रिया अघि बढ्न नसकेको स्रोतले नेपाल लाइभलाई बतायो। ‘अहिले एआइजीको दरबन्दी थप नगर्दा केपी शर्मा ओलीले अघि सारेका व्यक्ति नै आइजीपी हुने भन्दै बालुवाटार र गृह मन्त्रालय एआइजी थप गर्नुपर्ने विषयमा सहमत भएको देखिन्छ’, स्रोत भन्छ, ‘तर यसमा सत्ता गठबन्धनका दल अहिलेसम्म सहमत नभएकाले प्रक्रिया अघि बढ्न नसकेको हो।’

पाँच एआइजीको दरबन्दी थप भएकै अवस्थामा कहाँ पदस्थापन गर्ने भन्ने विषय पनि निकै जटिल छ। गत असारमा एक एआइजी थप गरिए पनि अहिलेसम्म उनी जिम्मेवारीबिहीन छन्। अपराध अनुसन्धान तथा कार्य विभागलाई छुट्टयाएर दुई विभाग बनाइए पनि बढुवा भएका एआइजी सहकुल थापाले दुई महिना बित्न लाग्दासमेत जिम्मेवारी पाएका छैनन्। ‘काम गर्नलाई खाँचो भएर एआइजी बनाएको होइन रहेछ भन्ने त यो घटनाले पुष्टि गरिसक्यो। फेरि बेकामे बनाउन किन एआइजी थप गर्नु पर्‍यो?’, एक पूर्वएआइजीले भने। 

पूर्वएआइजी विज्ञानराज शर्मा भने ८० हजार संख्याको सुरक्षा फौजमा पाँच एआइजीको दरबन्दी कम भएको बताउँछन्। ‘यत्रो फौजमा विशिष्ट श्रेणीका ५ अधिकृत मात्रै हुनुहुँदैन। एआइजी दरबन्दी थप हुनु आवश्यक छ। तर, त्यसो भन्दैमा हचुवा र स्वार्थको भरमा दरबन्दी थप हुनुहुँदैन’ उनी भन्छन्।

प्रदेशमा राख्न समस्या
अहिले एआइजीको दरबन्दी थप्न लबिइङ गरिरहेकाहरुले प्रदेशमा समेत एआइजी राख्नुपर्ने जिकिर गर्दै आएका छन्। तर, प्रदेशमा एआइजीको दरबन्दी राख्न प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बाधक छ। उक्त ऐन संशोधन नगरी अहिलेकै अवस्थामा प्रदेशमा एआइजीको दरबन्दी राख्न मिल्दैन। ऐनको दफा १० को (१) मा लेखिएको छ, ‘नेपाल सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई प्रदेश प्रहरी प्रमुखको रुपमा खटाउने छ।’

समायोजन ऐनमै प्रष्ट रुपमा डीआइजी हुने उल्लेख गरिएकाले अहिलेकै अवस्थामा दरबन्दी थप गरेर प्रदेशमा एआइजी राख्न सकिँदैन। सरकारले प्रदेशमा पनि एआइजी राख्ने तयारीका साथ दरबन्दी थप गर्न लाग्दा त्यसका लागि ऐन संशोधन गर्नुपर्छ। अहिले संसद नै नरहेको अवस्थामा अध्यादेशमार्फत् ऐन संशोधन गरेर भए पनि सरकारले प्रदेशमा एआइजी राख्न भने सक्छ। तर, त्यसका लागि देउवा सरकारले सत्ता गठबन्धनका दलहरुको सहमति जुटाउनुपर्नेछ।

यसअघि पनि प्रदेश (तत्कालीन क्षेत्रीय प्रहरी कार्यालयहरु)मा एआइजीको दर्बन्दी राख्ने प्रयास गरिएको थियो। एआइजी विशिष्ट श्रेणीको अधिकृत हुने तर, निजामती प्रशासनसँग पोर्टफोलियो नमिल्ने भन्दै पछि त्यसलाई अघि बढाइएन। अनि प्रदेशमा पनि डीआइजी राख्ने निर्णय गरिएको थियो। प्रहरी अधिकारीहरु भने निजामती भन्दा माथिल्लो श्रेणीको प्रहरी अधिकृत प्रदेश प्रमुख हुँदैमा समस्या नहुने दाबी गर्छन्। एक बहालवाला उच्च प्रहरी अधिकारी तर्क गर्छन्, ‘रक्षा सचिवभन्दा सेनापतिको पोर्टफोलियो माथि हुन्छ। त्यहाँ केही समस्या नहुने, अनि एआइजी प्रदेश प्रमुख हुनुपर्छ भन्दा चाहिँ पोर्टफोलियोको समस्या हुने?’

nimb
nimb
Ncell 2
Ncell 2

सधैँ चलखेल
यसअघि देउवा प्रधानमन्त्री रहेका बेला आफूनिकट डीआईजीहरुलाई बढुवा गर्न एआइजीका दरबन्दी थप गरेर १५ जनासम्म पुर्‍याइएको थियो। विशिष्ट श्रेणीको एआईजी पद आवश्यकता भन्दा धेरै हुँदा पदको वजन नै घटेको र एआईजीहरु कामबिहीन बनेको भन्दै पूर्वप्रहरी अधिकृतहरुले नै असन्तुष्टि पोख्दै आएका थिए। त्यसबाट राज्यलाई आर्थिक भारसमेत बढेको भनेर २०७५ जेठ २७ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी कटौती गरेको थियो। त्यसबेला १५ जनासम्म पुगेको एआईजीको दरबन्दी घटाएर ३ जना कायम गरिएको थियो। 

हचुवाको भरमा दरबन्दी कटौती गरेको ओली सरकारले नै फेरि गत मंसिरमा ओएण्डएम (संगठन व्यवस्थापन सर्वेक्षण) नै नगरी संघीय राजधानी प्रहरी कार्यालयका लागि भन्दै एक एआईजीको दरबन्दी थप्यो। उक्त दरबन्दीमा विश्वराज पोखरेल बढुवा भए। गत असारमा १४ गते फेरि ओली सरकारले एक एआइजीको दरबन्दी थप गर्दै सहकुल थापालाई एआइजी बनाएको थियो।

ओली सरकार ढलेपछि बनेको देउवा सरकारले फेरि एआइजी दरबन्दी थपको तयारी गरेको हो। यसका लागि प्रहरी अधिकारी नै शक्तिकेन्द्र धाएर एआइजीको दरबन्दी थप्न तीब्र लबिइङ गरिरहेका छन्। पूर्वगृहसचिव गोविन्दप्रसाद कुसुम स्वार्थ र हचुवाको भरमा दरबन्दी कटौती र थप हुने अभ्यास भने नौलो नभएको बताउँछन्। ‘सुरक्षा निकायलाई चलाउने भनेको विधि, विधान र कानुनबाट हो। तर, त्यसो भएको देखिँदैन। कुनैबेला प्रहरीका माथिल्लो पदहरु ह्वात्तै बढाउने र कुनै बेला ह्वात्तै घटाउने गरेको देखिन्छ। बढाउँदा र घटाउँदाको तार्किक कुराहरु बाहिर आउँदैन। केका लागि बढाइयो, फेरि किन घटाइयो र पुनः किन दरबन्दी थपियो भनेर भन्नुपर्दैन? यसको कारण शक्तिकेन्द्रले आफूअनुकुल प्रहरी चलाउन खोज्ने स्वार्थ नै हो’, कुसुम भन्छन्।

बिना तयारी र ओएण्डएम दरबन्दी थपघट गर्दा प्रहरी संगठन नै भद्रगोल हुँदै आएको छ। यसको पछिल्लो उदाहरण ठाकुर ज्ञवाली आईजीपी रहेको बेला देखिएको थियो। नेपाल प्रहरीमा प्राविधिकबाहेक २६ जनासम्म डीआईजी थिए। २०७६ चैतमा २६ डीआईजीको दरबन्दी कटौती गरेर सरकारले १४ मा झारेको थियो। त्यसबेला आईजीपी ज्ञवालीले बिना आधार दरबन्दी कटौती गरिएको भन्दै असन्तुष्टि जनाएका थिए।

आफ्नो कार्यकालको अन्तिमसम्म पनि ज्ञवालीले डीआईजीको दरबन्दी थप गर्नुपर्ने माग गर्दै आएका थिए। तर, गृह मन्त्रालयले दरबन्दी आवश्यक नरहेको भन्दै वास्तै गरेन। त्यसक्रममा उनको गृहसचिवसँग समेत नोकझोक भएको थियो।

तर, पहिले दरबन्दी कटौती गर्दाका गृहसचिव महेश्वर न्यौपानेकै संयोजकत्वमा रहेको समितिले पछि ५ जना डीआइजी थप गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्लाई ओएण्डएम रिपोर्ट बुझाएको थियो। त्यसपछि मन्त्रिपरिषद्ले पनि पहिले आफैंले घटाएको दरबन्दी २०७७ मंसिर पहिलो साता पुनः थप गरिदियो। एआइजीमा फेरि त्यही अवस्था पुनरावृत्ति गर्न खोजिँदैछ।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्