• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बढुवाका आकांक्षीको ‘लबिइङ’मा फेरि सुरु भो एआइजी थप्ने खेल
64x64
नारायण अधिकारी सोमबार, भदौ १४, २०७८  २०:१६
1140x725

काठमाडौं– स्वार्थको कोपभाजनमा पर्दै आएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्न फेरि चलखेल सुरु भएको छ। पूर्ववर्ती केपी शर्मा ओली सरकारले बढाएर पाँच पुर्याएको एआइजीको दरबन्दीलाई थप गरी कम्तीमा १० सम्म पुर्‍याउनु पर्ने भन्दै प्रहरीकै उच्च अधिकारीहरु नै लबिइङमा लागेका छन्। 

एआइजी दरबन्दी थप गर्न प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वे (ओएण्डएम) गर्नुपर्छ। एआइजीको दरबन्दी थपका लागि प्रहरी प्रधान कार्यालयसमेत अहिले इच्छुक देखिएको छ। करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीमा थप पाँचजना एआइजीको दरबन्दी अपुग भएको र कम्तीमा पनि १० एआइजीको दरबन्दी पुर्‍याउनुपर्ने जोडबलमा प्रहरी प्रधान कार्यालयका अधिकारीहरुसमेत लागेका छन्। 

प्रहरीका अधिकारीहरुको यस्तो लबिइङका पछाडि बढुवा हुन चाहनेहरुको रुचि मुख्य कारण बनेको छ। र, त्यसमा गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेत सहमत रहेको उनीहरु बताउँछन्। तर, सत्ता गठबन्धनका दलहरुले एआइजीको दरबन्दी थपका लागि अहिले नै सहमति नजनाएकाले प्रक्रिया अघि बढ्न नसकेको स्रोतले नेपाल लाइभलाई बतायो। ‘अहिले एआइजीको दरबन्दी थप नगर्दा केपी शर्मा ओलीले अघि सारेका व्यक्ति नै आइजीपी हुने भन्दै बालुवाटार र गृह मन्त्रालय एआइजी थप गर्नुपर्ने विषयमा सहमत भएको देखिन्छ’, स्रोत भन्छ, ‘तर यसमा सत्ता गठबन्धनका दल अहिलेसम्म सहमत नभएकाले प्रक्रिया अघि बढ्न नसकेको हो।’

पाँच एआइजीको दरबन्दी थप भएकै अवस्थामा कहाँ पदस्थापन गर्ने भन्ने विषय पनि निकै जटिल छ। गत असारमा एक एआइजी थप गरिए पनि अहिलेसम्म उनी जिम्मेवारीबिहीन छन्। अपराध अनुसन्धान तथा कार्य विभागलाई छुट्टयाएर दुई विभाग बनाइए पनि बढुवा भएका एआइजी सहकुल थापाले दुई महिना बित्न लाग्दासमेत जिम्मेवारी पाएका छैनन्। ‘काम गर्नलाई खाँचो भएर एआइजी बनाएको होइन रहेछ भन्ने त यो घटनाले पुष्टि गरिसक्यो। फेरि बेकामे बनाउन किन एआइजी थप गर्नु पर्‍यो?’, एक पूर्वएआइजीले भने। 

पूर्वएआइजी विज्ञानराज शर्मा भने ८० हजार संख्याको सुरक्षा फौजमा पाँच एआइजीको दरबन्दी कम भएको बताउँछन्। ‘यत्रो फौजमा विशिष्ट श्रेणीका ५ अधिकृत मात्रै हुनुहुँदैन। एआइजी दरबन्दी थप हुनु आवश्यक छ। तर, त्यसो भन्दैमा हचुवा र स्वार्थको भरमा दरबन्दी थप हुनुहुँदैन’ उनी भन्छन्।

प्रदेशमा राख्न समस्या
अहिले एआइजीको दरबन्दी थप्न लबिइङ गरिरहेकाहरुले प्रदेशमा समेत एआइजी राख्नुपर्ने जिकिर गर्दै आएका छन्। तर, प्रदेशमा एआइजीको दरबन्दी राख्न प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बाधक छ। उक्त ऐन संशोधन नगरी अहिलेकै अवस्थामा प्रदेशमा एआइजीको दरबन्दी राख्न मिल्दैन। ऐनको दफा १० को (१) मा लेखिएको छ, ‘नेपाल सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई प्रदेश प्रहरी प्रमुखको रुपमा खटाउने छ।’

समायोजन ऐनमै प्रष्ट रुपमा डीआइजी हुने उल्लेख गरिएकाले अहिलेकै अवस्थामा दरबन्दी थप गरेर प्रदेशमा एआइजी राख्न सकिँदैन। सरकारले प्रदेशमा पनि एआइजी राख्ने तयारीका साथ दरबन्दी थप गर्न लाग्दा त्यसका लागि ऐन संशोधन गर्नुपर्छ। अहिले संसद नै नरहेको अवस्थामा अध्यादेशमार्फत् ऐन संशोधन गरेर भए पनि सरकारले प्रदेशमा एआइजी राख्न भने सक्छ। तर, त्यसका लागि देउवा सरकारले सत्ता गठबन्धनका दलहरुको सहमति जुटाउनुपर्नेछ।

यसअघि पनि प्रदेश (तत्कालीन क्षेत्रीय प्रहरी कार्यालयहरु)मा एआइजीको दर्बन्दी राख्ने प्रयास गरिएको थियो। एआइजी विशिष्ट श्रेणीको अधिकृत हुने तर, निजामती प्रशासनसँग पोर्टफोलियो नमिल्ने भन्दै पछि त्यसलाई अघि बढाइएन। अनि प्रदेशमा पनि डीआइजी राख्ने निर्णय गरिएको थियो। प्रहरी अधिकारीहरु भने निजामती भन्दा माथिल्लो श्रेणीको प्रहरी अधिकृत प्रदेश प्रमुख हुँदैमा समस्या नहुने दाबी गर्छन्। एक बहालवाला उच्च प्रहरी अधिकारी तर्क गर्छन्, ‘रक्षा सचिवभन्दा सेनापतिको पोर्टफोलियो माथि हुन्छ। त्यहाँ केही समस्या नहुने, अनि एआइजी प्रदेश प्रमुख हुनुपर्छ भन्दा चाहिँ पोर्टफोलियोको समस्या हुने?’

Ncell 2
Ncell 2

सधैँ चलखेल
यसअघि देउवा प्रधानमन्त्री रहेका बेला आफूनिकट डीआईजीहरुलाई बढुवा गर्न एआइजीका दरबन्दी थप गरेर १५ जनासम्म पुर्‍याइएको थियो। विशिष्ट श्रेणीको एआईजी पद आवश्यकता भन्दा धेरै हुँदा पदको वजन नै घटेको र एआईजीहरु कामबिहीन बनेको भन्दै पूर्वप्रहरी अधिकृतहरुले नै असन्तुष्टि पोख्दै आएका थिए। त्यसबाट राज्यलाई आर्थिक भारसमेत बढेको भनेर २०७५ जेठ २७ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी कटौती गरेको थियो। त्यसबेला १५ जनासम्म पुगेको एआईजीको दरबन्दी घटाएर ३ जना कायम गरिएको थियो। 

हचुवाको भरमा दरबन्दी कटौती गरेको ओली सरकारले नै फेरि गत मंसिरमा ओएण्डएम (संगठन व्यवस्थापन सर्वेक्षण) नै नगरी संघीय राजधानी प्रहरी कार्यालयका लागि भन्दै एक एआईजीको दरबन्दी थप्यो। उक्त दरबन्दीमा विश्वराज पोखरेल बढुवा भए। गत असारमा १४ गते फेरि ओली सरकारले एक एआइजीको दरबन्दी थप गर्दै सहकुल थापालाई एआइजी बनाएको थियो।

ओली सरकार ढलेपछि बनेको देउवा सरकारले फेरि एआइजी दरबन्दी थपको तयारी गरेको हो। यसका लागि प्रहरी अधिकारी नै शक्तिकेन्द्र धाएर एआइजीको दरबन्दी थप्न तीब्र लबिइङ गरिरहेका छन्। पूर्वगृहसचिव गोविन्दप्रसाद कुसुम स्वार्थ र हचुवाको भरमा दरबन्दी कटौती र थप हुने अभ्यास भने नौलो नभएको बताउँछन्। ‘सुरक्षा निकायलाई चलाउने भनेको विधि, विधान र कानुनबाट हो। तर, त्यसो भएको देखिँदैन। कुनैबेला प्रहरीका माथिल्लो पदहरु ह्वात्तै बढाउने र कुनै बेला ह्वात्तै घटाउने गरेको देखिन्छ। बढाउँदा र घटाउँदाको तार्किक कुराहरु बाहिर आउँदैन। केका लागि बढाइयो, फेरि किन घटाइयो र पुनः किन दरबन्दी थपियो भनेर भन्नुपर्दैन? यसको कारण शक्तिकेन्द्रले आफूअनुकुल प्रहरी चलाउन खोज्ने स्वार्थ नै हो’, कुसुम भन्छन्।

बिना तयारी र ओएण्डएम दरबन्दी थपघट गर्दा प्रहरी संगठन नै भद्रगोल हुँदै आएको छ। यसको पछिल्लो उदाहरण ठाकुर ज्ञवाली आईजीपी रहेको बेला देखिएको थियो। नेपाल प्रहरीमा प्राविधिकबाहेक २६ जनासम्म डीआईजी थिए। २०७६ चैतमा २६ डीआईजीको दरबन्दी कटौती गरेर सरकारले १४ मा झारेको थियो। त्यसबेला आईजीपी ज्ञवालीले बिना आधार दरबन्दी कटौती गरिएको भन्दै असन्तुष्टि जनाएका थिए।

आफ्नो कार्यकालको अन्तिमसम्म पनि ज्ञवालीले डीआईजीको दरबन्दी थप गर्नुपर्ने माग गर्दै आएका थिए। तर, गृह मन्त्रालयले दरबन्दी आवश्यक नरहेको भन्दै वास्तै गरेन। त्यसक्रममा उनको गृहसचिवसँग समेत नोकझोक भएको थियो।

तर, पहिले दरबन्दी कटौती गर्दाका गृहसचिव महेश्वर न्यौपानेकै संयोजकत्वमा रहेको समितिले पछि ५ जना डीआइजी थप गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्लाई ओएण्डएम रिपोर्ट बुझाएको थियो। त्यसपछि मन्त्रिपरिषद्ले पनि पहिले आफैंले घटाएको दरबन्दी २०७७ मंसिर पहिलो साता पुनः थप गरिदियो। एआइजीमा फेरि त्यही अवस्था पुनरावृत्ति गर्न खोजिँदैछ।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
जिप मादी नदीमा खस्दा ३ जनाको मृत्यु, २ जना घाइते घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । जिपमा पाँच जना सवार थ... आइतबार, जेठ ११, २०८२
डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप शनिबार दिउँसो ठूली भेरी नगरपालिका - १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको हो। शनिबार, जेठ १०, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी (विचौलिया) शान्ती प... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै आइतबार, जेठ ११, २०८२
बाढीपहिरो गएको हप्तादिन पछि हुम्ला पुग्यो कर्णाली प्रदेश सरकारको राहत, वितरण हुँदै आइतबार, जेठ ११, २०८२
आजको मौसमः देशका पहाडी क्षेत्रमा आंशिक बदली, वर्षाको सम्भावना आइतबार, जेठ ११, २०८२
जिप मादी नदीमा खस्दा ३ जनाको मृत्यु, २ जना घाइते आइतबार, जेठ ११, २०८२
प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायो आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
भारतमा कोरोना संक्रमित बढ्दै , यस्ता छन् पुरानो भेरियन्टसँग मिल्दोजुल्दो लक्षणहरू शनिबार, जेठ १०, २०८२
रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग शनिबार, जेठ १०, २०८२
शेखर कोइरालाले भने : गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ शनिबार, जेठ १०, २०८२
भिजिट भिसा प्रकरण : आरोप साँचो सावित भए मन्त्री पदमात्र होइन, राजनीति नै छोड्छुः गृहमन्त्री लेखक शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्