काठमाडौं– नेकपा माओवादी केन्द्रको युवा दस्ता योङ कम्युनिस्ट लिग (बाईसीएल) नेपालका नेता, कार्यकर्ताहरुले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो बनाउने प्रतिवद्धता जनाएका छन्।
काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका उनीहरुले युवाहरुलाई परिचालन गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन्। सोही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउनुपर्ने वाईसीएलका नेता, कार्यकर्ताहरुको पार्टी नेतृत्वसँग माग छ।
आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने गरी युवाहरुलाई परिचालन गरेर अघि बढने योजनासहित आफूहरु परिचालित हुने वाईसीएल नेपाल भक्तपुरका संयोजक नरेश वाईबाले बताए। उनले त्यसका लागि देशभरका युवाहरुलाई परिचालन गरेर जनतामाझ जान सक्ने नेतृत्वको आवश्यक्ता रहेको बताए।
सिन्धुपाल्चोकका वाईसीएल संयोजक रुपेन्द्र आचार्यले आगामी निर्वाचनमा देशको पहिलो राजनीतिक पार्टी माओवादी केन्द्रलाई बनाउने गरी आफ्नो संगठनलाई सशक्त बनाएर अघि बढने बताए। उनले त्यसका लागि वाईसीएल नेपालले मुलुकभर राजनीतिक पहुँच वृद्धि गरेर अघि बढनुपर्ने भएकाले सोही अनुसारको नेतृत्व बनाउनुपर्नेमा जोड दिए।
उता, मकवानपुरकी जिल्ला संयोजक अनु लामाले युवाहरुलाई सक्षम र दक्ष बनाएर माओवादी केन्द्रलाई मुलुकको पहिलो पार्टी बनाउन वाईसीएलले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औंल्याइन्।
युवाहरुको परिचालन गरेर मात्रै माओवादी केन्द्रलाई सबल पार्टी बनाउन सकिने उनको भनाइ थियो। वाईसीएल नेपालको जारी राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ। मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।