काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का नेता प्रदीप नेपालले अध्यक्ष माधव कुमार नेपालको 'साथ' छाडेको संकेत गरेका छन्।
जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउने सन्दर्भमा 'धोका पाएको' भन्दै नेता नेपालले अध्यक्ष माधव नेपालको साथ छाड्ने संकेत गरेका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै नेता नेपालले भनेका छन्– 'बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ। तर, आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। बिदा।'
नेता नेपालले नेकपा एमालेमा नफर्किने पनि उक्त सन्देशमा उल्लेख गरेका छन्। 'म केपीसँग जान्न। किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ,' नेपालले सामाजिक सञ्जालको सन्देशमा लेखेका छन्।
अध्यक्ष माधव नेपालले पनि झेली कुरा गर्न सिकेको भन्दै नेपालले उनको आलोचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।