• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत १६, २०८२ Mon, Mar 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

ज्योती मगर भन्छिन्- फरक धारको तीज गीत जोखिम लिएरै गाएकी हुँ

64x64
नेपाल लाइभ सोमबार, भदौ १४, २०७८  १५:२८
1140x725

काठमाडौं- गायिका ज्योती मगरको आफ्नै धार थियो। प्रायः गीतसंगीत क्षेत्रले ‘भड्किला’ र उत्तेजक भनिएका गीतहरुमा मात्रै सुन्न पाइन्थ्यो उनलाई। तर, यस पटकको तीजमा उनी फरक किसिमले प्रस्तुत भएकी छन्। ज्योतीमाथि शब्द चयनदेखि उनको प्रस्तुतिका कुरालाई लिएर थुप्रै पटक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा उजुरीसमेत परेका थिए।

तर, ‘जिम्मल बाउकी,’ ‘पिरतीमा दम छ’ गाउने ज्योतीले यस पटक भने ठीकविपरीत भएर मौलिक र भावुक गीतमा आफूलाई प्रस्तुत गरेकी छन्। शनिबार सार्वजनिक भएको उनको गीत ‘माइतीको मया बरीलै’मा न उनी उत्ताउलो भेषमा देखिएकी छन्, न उनले गाएको गीतको शब्द नै त्यस्तो छ। गीतको म्युजिक भिडियोदेखि शब्द तथा गायन सबै पक्षमा ज्योतीले आफूलाई फरक रुपमा प्रस्तुत गरेकी छन्। 

‘यो गीत मैले जोखिम मोलेरै सार्वजनिक गरेको हुँ,’ ज्योती भन्छिन्, ‘गीत चल्दैन, भ्युज आउँदैन भन्ने थाहा थियो। तर, मैले जोखिम नै लिएर सार्वजनिक गरेको हुँ।’

तीज विशेष भएर यो वर्ष ज्योतीका अन्य गीत पनि आएका छन्। तर, आफैंले निर्माण गरेको गीत भने यही मात्र हो। आफू बाल्यकालमै घरबाट टाढा हिँडेकाले माइतीसँग जोडिएको सम्झनासँगै आफूले आफ्नी आमाबाट सुनेका कथाहरुलाई गीतमा समेटेको उनले बताइन्।

Ncell 2
Ncell 2

‘तीजमा आफैंले एउटा गीत निकाल्ने सोचेको थिएँ,’ उनी भन्छिन्, ‘आफूले बाल्यकालमा सुनेका कथालाई समेटेर आमालाई सम्झिएर गीत लेखें।’

ज्योतीको नयाँ गीतलाई लिएर सकारात्मक मात्रै नभएर प्रशंसासहितका प्रतिक्रियाहरु आइरहेका छन्। अर्का लोक गायक बद्री पंगेनीले उनको गीतलाई यस वर्षकै तीजका गीतमध्येको सबैभन्दा मौलिक गीत भएको बताएका छन्। बद्रीले ज्योतीको गीतको प्रशंसा गर्दै लेखेका छन्, ‘मेरो नजरमा यो वर्ष मलाई सबैभन्दा मन परेको गीत माइतीको माया हो। शब्द, संगीत, स्वर, अभिनय अनि भिडियो उत्कृष्ट लाग्यो। हामी संगीतमा यथार्थ खोज्छौं, त्यो यथार्थ यो गीतमा छ।’

ज्योती आफूले कर्मसियल रुपमा गीतमार्फत् आशा नगरेको बताउँछिन्। आशा अनुरुप गीतमा भ्युज नआउँदा, उनका पुराना गीतहरुजस्तो यो गीत युट्युबको ट्रेन्डिङमा नपर्दा उनी निराश छैनन्। बरु, आफूले पाइरहेको प्रतिक्रियाले यस्ता गीतहरु थप ल्याउन उनलाई प्रोत्साहन गरेको बताउँछिन्।

‘मसँगै अझै यस्ता गीतहरु छन्, तिनीहरुलाई बाहिर ल्याउन प्रोत्साहन मिलेको छ,’ ज्योतीले भनिन्, ‘भ्युज आउला नआउला। तर, अब आफूले गाइरहेको भन्दा फरक धारमा गएर गीत गाउने र त्यसलाई दर्शकमाझमा ल्याउने आँट गरेँ, त्यसमा राम्रो प्रतिक्रिया पाएकी छु।’

ज्योतीको फेरिएको धारलाई लिएर थुप्रैले अब ज्योतीले मौलिक र उत्तेजक भनिने गीतभन्दा फरक गीतमै काम गर्ने हो त भन्ने प्रश्न पनि गरेका छन्। ज्योती भने आफू मनोरञ्जनकर्मी भएकाले जुनसुकै रुपमा मनोरञ्जन दिनमै केन्द्रित हुने बताउँछिन्। उनी भन्छिन्, ‘म इन्टरटेनर हो। मेरो काम दर्शकलाई मनोरञ्जन दिने हो। जुन रुपमा भए पनि म मनोरञ्जन दिन्छु। तर, यो गीतपछि यस्ता अन्य गीत पनि मैले गर्ने आँट गरेकी छु।’

यो पनि पढ्नुहोस्

नयाँ स्वरुपमा ज्योती मगर, होलिन् त सफल?आइतबार, भदौ १३, २०७८

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनताप्रतिको बोली व्यवहार सुधार्नु प्रहरीलाई गृहमन्त्रीको निर्देशन
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
आगामी बजेटबारे ४ मन्त्रालयसँग योजना आयोगको छलफल
सम्बन्धित सामग्री
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
ताजा समाचारसबै
जनताप्रतिको बोली व्यवहार सुधार्नु प्रहरीलाई गृहमन्त्रीको निर्देशन सोमबार, चैत १६, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
आगामी बजेटबारे ४ मन्त्रालयसँग योजना आयोगको छलफल सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै आइतबार, चैत १५, २०८२
ओली र लेखकको म्याद थपको बहस सकियो, निर्णय केही बेरमा आइतबार, चैत १५, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय आइतबार, चैत १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्