• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

ज्योती मगर भन्छिन्- फरक धारको तीज गीत जोखिम लिएरै गाएकी हुँ

64x64
नेपाल लाइभ सोमबार, भदौ १४, २०७८  १५:२८
1140x725

काठमाडौं- गायिका ज्योती मगरको आफ्नै धार थियो। प्रायः गीतसंगीत क्षेत्रले ‘भड्किला’ र उत्तेजक भनिएका गीतहरुमा मात्रै सुन्न पाइन्थ्यो उनलाई। तर, यस पटकको तीजमा उनी फरक किसिमले प्रस्तुत भएकी छन्। ज्योतीमाथि शब्द चयनदेखि उनको प्रस्तुतिका कुरालाई लिएर थुप्रै पटक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा उजुरीसमेत परेका थिए।

तर, ‘जिम्मल बाउकी,’ ‘पिरतीमा दम छ’ गाउने ज्योतीले यस पटक भने ठीकविपरीत भएर मौलिक र भावुक गीतमा आफूलाई प्रस्तुत गरेकी छन्। शनिबार सार्वजनिक भएको उनको गीत ‘माइतीको मया बरीलै’मा न उनी उत्ताउलो भेषमा देखिएकी छन्, न उनले गाएको गीतको शब्द नै त्यस्तो छ। गीतको म्युजिक भिडियोदेखि शब्द तथा गायन सबै पक्षमा ज्योतीले आफूलाई फरक रुपमा प्रस्तुत गरेकी छन्। 

‘यो गीत मैले जोखिम मोलेरै सार्वजनिक गरेको हुँ,’ ज्योती भन्छिन्, ‘गीत चल्दैन, भ्युज आउँदैन भन्ने थाहा थियो। तर, मैले जोखिम नै लिएर सार्वजनिक गरेको हुँ।’

तीज विशेष भएर यो वर्ष ज्योतीका अन्य गीत पनि आएका छन्। तर, आफैंले निर्माण गरेको गीत भने यही मात्र हो। आफू बाल्यकालमै घरबाट टाढा हिँडेकाले माइतीसँग जोडिएको सम्झनासँगै आफूले आफ्नी आमाबाट सुनेका कथाहरुलाई गीतमा समेटेको उनले बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘तीजमा आफैंले एउटा गीत निकाल्ने सोचेको थिएँ,’ उनी भन्छिन्, ‘आफूले बाल्यकालमा सुनेका कथालाई समेटेर आमालाई सम्झिएर गीत लेखें।’

ज्योतीको नयाँ गीतलाई लिएर सकारात्मक मात्रै नभएर प्रशंसासहितका प्रतिक्रियाहरु आइरहेका छन्। अर्का लोक गायक बद्री पंगेनीले उनको गीतलाई यस वर्षकै तीजका गीतमध्येको सबैभन्दा मौलिक गीत भएको बताएका छन्। बद्रीले ज्योतीको गीतको प्रशंसा गर्दै लेखेका छन्, ‘मेरो नजरमा यो वर्ष मलाई सबैभन्दा मन परेको गीत माइतीको माया हो। शब्द, संगीत, स्वर, अभिनय अनि भिडियो उत्कृष्ट लाग्यो। हामी संगीतमा यथार्थ खोज्छौं, त्यो यथार्थ यो गीतमा छ।’

ज्योती आफूले कर्मसियल रुपमा गीतमार्फत् आशा नगरेको बताउँछिन्। आशा अनुरुप गीतमा भ्युज नआउँदा, उनका पुराना गीतहरुजस्तो यो गीत युट्युबको ट्रेन्डिङमा नपर्दा उनी निराश छैनन्। बरु, आफूले पाइरहेको प्रतिक्रियाले यस्ता गीतहरु थप ल्याउन उनलाई प्रोत्साहन गरेको बताउँछिन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘मसँगै अझै यस्ता गीतहरु छन्, तिनीहरुलाई बाहिर ल्याउन प्रोत्साहन मिलेको छ,’ ज्योतीले भनिन्, ‘भ्युज आउला नआउला। तर, अब आफूले गाइरहेको भन्दा फरक धारमा गएर गीत गाउने र त्यसलाई दर्शकमाझमा ल्याउने आँट गरेँ, त्यसमा राम्रो प्रतिक्रिया पाएकी छु।’

ज्योतीको फेरिएको धारलाई लिएर थुप्रैले अब ज्योतीले मौलिक र उत्तेजक भनिने गीतभन्दा फरक गीतमै काम गर्ने हो त भन्ने प्रश्न पनि गरेका छन्। ज्योती भने आफू मनोरञ्जनकर्मी भएकाले जुनसुकै रुपमा मनोरञ्जन दिनमै केन्द्रित हुने बताउँछिन्। उनी भन्छिन्, ‘म इन्टरटेनर हो। मेरो काम दर्शकलाई मनोरञ्जन दिने हो। जुन रुपमा भए पनि म मनोरञ्जन दिन्छु। तर, यो गीतपछि यस्ता अन्य गीत पनि मैले गर्ने आँट गरेकी छु।’

यो पनि पढ्नुहोस्

नयाँ स्वरुपमा ज्योती मगर, होलिन् त सफल?आइतबार, भदौ १३, २०७८

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्