काठमाडौं– कांग्रेस नेता गगन थापाले नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
आउँदो मंसीरमा हुने १४ औं महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा उनले गरेका हुन्।
सोमबार काठमाडौं महानगरपालिका वडा नं ३० को कांग्रेस कार्यकर्ता भेलामा थापाले यस्तो घोषणा गरे। ‘मैले कार्यकर्ता भेलामा औपचारिक घोषणा गरेको हुँ’, गगनले नेपाल लाइभसँग भने, ‘म महामन्त्रीको उम्मेदवार बन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।