कञ्चनपुर- भारतको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ।
होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट सख्त घाइते भएका थिए। तत्कालै नजिकको अस्पतालमा उपचारका लागि पुर्याइएपछि उनको उपचारका क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।