काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही गर्नुनपर्ने सभामुख अग्नि सापकोटाको निर्णय, पार्टी फुट्नुअघि माधव नेपालसहित ११ सांसदलाई गरिएको थियो कारबाही सिफारिस (जोगियो १४ सांसदको पद)
२) एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दिइयो भदौ २२ गतेसम्म दल रोज्ने समय, सम्बन्धित प्रदेश तथा जिल्लास्थित निर्वाचन कार्यालयमा गएर दल रोजेकोबारे जानकारी गराउन सक्ने (दल रोज्न जनप्रतिनिधिलाई ७ दिन)
३) अहिल्यै कुनै पार्टीसँग एकीकृत समाजवादीको एकता नहुने अध्यक्ष माधव नेपालको स्पष्टोक्ति, प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीकी अष्टलक्ष्मी शाक्य पार्टीमा नआए सरकार परिवर्तन गर्ने चेतावनी (संसदीय दलका नेता पनि माधव नेपाल)
४) भारतको आसाम राज्यका २४३ गाउँ बाढीको कारण डुबानमा, प्रकोप ब्यवस्थापन विभागका अनुसार बाढीका कारण ११ जिल्लाका एक लाख ३३ हजारभन्दा बढी नागरिक प्रभावित (आसाममा डुबान)
५) र, अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले आइतबार पीएसजीबाट डेब्यू गर्ने, राइम्सविरुद्धको खेलमा मेस्सीसँगै नेयमार र केलियन एम्बाप्पे एकैसाथ मैदानमा देखिने सम्भावना (पीएसजीबाट मेस्सीको डेब्यु)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।